प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अक्टोबर pp. ९-१३
  • माफी माग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • माफी माग्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • के तपाईंले क्षमा माग्नु साँच्चै खाँचो छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • माफी माग्नु शान्ति स्थापना गर्ने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • माफी माग्न किन असाध्यै गाह्रो हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: माफी माग्नुहोस्‌
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अक्टोबर pp. ९-१३
रिसाएर अन्तै हेरिरहेकी श्रीमतीसित कुरा गरिरहेका श्रीमान्‌

परिवारका लागि | विवाह

माफी माग्नुहोस्‌

चुनौती

तपाईं र तपाईंको जीवनसाथीको भर्खरै भनाभन परेको थियो। तपाईं यस्तो सोच्नुहुन्छ, “मैले किन माफी माग्नुपऱ्‍यो र? झगडा मैले सुरु गरेको हो र?”

झगडा नचर्के पनि तपाईंको मनमा भने शान्ति हुँदैन। तपाईं माफी माग्ने कि भनेर फेरि सोच्नुहुन्छ। तर “मलाई माफ गरिदेऊ/गरिदिनुस्‌” भन्‍ने जस्ता साधारण शब्दहरू पनि भन्‍न सक्नुहुन्‍न।

चुनौतीका कारण

घमन्ड। रबिनa नाम गरेका पतिले यसो भने, “घमन्डले गर्दा ‘मलाई माफ गरिदेऊ’ भन्‍न कहिलेकाहीं धेरै गाह्रो हुन्छ।” हो, अचाक्ली घमन्डले गर्दा आफ्नो दोष स्वीकार्न लाज लाग्न सक्छ।

दृष्टिकोण। समस्या आफ्नो कारणले भएको होइन भने माफी माग्नु पर्दैन जस्तो तपाईंलाई लाग्न सक्छ। जीना नाम गरेकी पत्नी यसो भन्छिन्‌, “गल्ती आफ्नै हो भनेर शतप्रतिशत पक्का हुँदा ‘माफ गरिदिनुस्‌’ भन्‍न सजिलो छ। तर दुवै जनाले भन्‍न नहुने कुरा भनेका छौं भने माफी माग्न गाह्रो हुन्छ। कुरा दुवैले गर्दा बिग्रेको हो भने किन मैले माफी माग्नुपऱ्‍यो?”

गल्ती तपाईंको जीवनसाथीको मात्र हो जस्तो लाग्दा माफी माग्न झन्‌ गाह्रो हुन सक्छ। प्रकाश नाम गरेका पति यसो भन्छन्‌, “आफूले केही गल्ती गरेको छैन भनेर पक्का हुँदा माफी नमागेर आफूलाई निर्दोष साबित गर्न खोजिरहेका हुन्छौं।”

हुर्केको वातावरण। तपाईं माफी माग्ने चलन नभएको परिवारमा हुर्कनुभएको हुन सक्छ। त्यसो हो भने तपाईंले आफ्नो गल्ती स्वीकार्न सिक्नुभएको छैन होला। सानैदेखि माफी माग्ने बानी नभएकोले वयस्क भइसकेपछि आफ्नो गल्ती स्वीकार्न धेरै गाह्रो हुन सक्छ।

तपाईं के गर्न सक्नुहुन्छ?

पति-पत्नी आगोमा पानी खन्याउँदै

माफी माग्नुभयो भने झगडाको आगो निभाउन सक्नुहुन्छ

जीवनसाथीबारे सोच्नुहोस्‌। कसैले तपाईंसित माफी मागेको थियो? त्यतिखेर कस्तो महसुस गर्नुभएको थियो? पक्कै खुसी लागेको थियो होला। तपाईंको जीवनसाथीलाई पनि त्यस्तै महसुस गराए कसो होला? तपाईंले गल्ती गर्नुभएको छैन होला तैपनि जीवनसाथीको चित्त दुखेकोमा वा आफूले अनजानमा गरेको व्यवहारको लागि माफी माग्न सक्नुहुन्छ। माफी माग्नुभयो भने जीवनसाथीको चोट निको पार्न सक्नुहुन्छ।—बाइबल सिद्धान्त: लूका ६:३१.

वैवाहिक सम्बन्धबारे सोच्नुहोस्‌। माफी माग्नु भनेको हार्नु हो भनेर नसोच्नुहोस्‌। बरु यसलाई वैवाहिक सम्बन्ध बलियो बनाउने मौकाको रूपमा लिनुहोस्‌। हितोपदेश १८:१९, NRV मा बताइएजस्तै “किल्लाबन्दी गरिएको सहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन्‌ गाह्रो हो।” गल्ती नस्वीकार्दा शान्ति कायम गर्न धेरै गाह्रो हुन्छ। तर माफी माग्नुभयो भने तिलजस्तो कुरा पहाड बन्‍न पाउँदैन। यसरी तपाईंले आफूभन्दा आफ्नो वैवाहिक सम्बन्ध महत्त्वपूर्ण छ भनेर देखाइरहनुभएको हुन्छ।—बाइबल सिद्धान्त: फिलिप्पी २:३.

माफी माग्न ढिलो नगर्नुहोस्‌। हो, आफ्नो गल्ती छैन भने माफी माग्न धेरै गाह्रो हुन्छ। तर जीवनसाथीको गल्ती हो भन्दैमा तपाईंले नराम्रो व्यवहार गर्नु राम्रो होइन। समय बित्दै जाँदा सबै कुरा ठीक भइहाल्छ नि भन्‍ने सोचेर माफी माग्न नहिचकिचाउनुहोस्‌। माफी माग्नुभयो भने तपाईंको जीवनसाथीलाई पनि माफी माग्न सजिलो लाग्नेछ। साथै माफी माग्ने बानी बसाल्नुभयो भने समस्या जस्तोसुकै भए पनि माफी माग्न गाह्रो हुनेछैन।—बाइबल सिद्धान्त: मत्ती ५:२५.

मनैदेखि माफी मागेको देखाउनुहोस्‌। आफूले गरेको व्यवहारको लागि सफाइ दिन खोज्नु माफी माग्नु होइन। साथै व्यङ्‌ग्यात्मक तरिकामा तपाईं यसो भन्‍नुहोला, “यति सानो कुरालाई तपाईंले यति ठूलो बनाउनुहुन्छ भनेर मैले सोचेकै थिइनँ, माफ गर्नुस्‌।” यसो भन्‍नु भनेको माफी माग्नु पटक्कै होइन। जीवनसाथीको चित्त दुख्नु जायजै हो जस्तो लागे पनि वा नलागे पनि आफूले नराम्रो व्यवहार गरेकोमा र जीवनसाथीको चित्त दुखेकोमा माफी माग्नुहोस्‌।

वास्तविकताको सामना गर्नुहोस्‌। तपाईंबाट पनि गल्ती हुन सक्छ भनेर नम्र भई स्वीकार्नुहोस्‌। किनभने गल्ती सबैबाट हुन्छ। कुनै-कुनै अवस्थामा तपाईंलाई आफू निर्दोष छु जस्तो लाग्न सक्छ। तर वास्तवमा तपाईंलाई मात्र त्यस्तो लागिरहेको हुन सक्छ। बाइबल यसो भन्छ, “मुद्दा-मामिलामा अगि आएर प्रश्‍न नगरुञ्जेल पहिले बोल्ने नै ठीक देखा पर्छ।” (हितोपदेश १८:१७) त्यसैले आफूप्रति र आफ्नो कमीकमजोरीप्रति उचित दृष्टिकोण राख्नुभयो भने माफी माग्न सजिलो हुन्छ।(g15-E 09)

a यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” —लूका ६:३१.

  • “विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलिप्पी २:३.

  • “तुरुन्तै सम्झौता गरिहाल।” —मत्ती ५:२५.

जेसन र एलेक्सजान्द्रा

जेसन र एलेक्सजान्द्रा

“माफी नमाग्दा वैवाहिक जीवनमा ठूलठूला समस्याहरू आउँछ र तनाव हुन्छ। तर माफी माग्नुभयो भने जस्तोसुकै समस्या पनि सानो लाग्न सक्छ। माफी माग्नु भनेको एकअर्कालाई प्रेम गरेको देखाउनु हो।”

काइ र युलिया

काइ र युलिया

“माफी माग्नुको मुख्य उद्देश्‍य शान्ति कायम गर्नु र खुसी रहनु हो; को सही र को गलत भन्‍ने प्रमाण दिनु होइन। जीवनसाथीको चित्त दुखेको छ भने उनलाई खुसी बनाउन सक्दो गर्नुहोस्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने