प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ११/१ pp. ३-४
  • माफी माग्न किन असाध्यै गाह्रो हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • माफी माग्न किन असाध्यै गाह्रो हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • माफी माग्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • के तपाईंले क्षमा माग्नु साँच्चै खाँचो छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • माफी माग्नु शान्ति स्थापना गर्ने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: माफी माग्नुहोस्‌
    परिवारका लागि
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ११/१ pp. ३-४

माफी माग्न किन असाध्यै गाह्रो हुन्छ?

संयुक्‍त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको विधानसभाले जुलाई २००० मा कस्तो विधेयक पारित गऱ्‍यो भने, दुर्घटनामा आफूले घाइते बनाएकाहरूप्रति सहानुभूति प्रकट गरेको खण्डमा तिनीहरूको जरिवाना माफी गरिनेछ। किन यस्तो विधेयक पारित गर्नुपऱ्‍यो? दुर्घटनाहरूमा परेर कोही घाइते वा केही हानि-नोक्सानी हुँदा माफी माग्यो भने, त्यसलाई गल्ती स्वीकारेको प्रमाणको रूपमा अदालतमा पेस गरिने हो कि भनेर मानिसहरू डराएको पाइयो। अर्को तर्फ, तुरुन्तै माफी नमाग्दा पीडित पक्ष रिसाउन सक्छ र सानो दुर्घटनासमेत ठूलो विवादमा परिणत हुन सक्छ।

निस्सन्देह, आफ्नो कुनै गल्ती नै नभएको दुर्घटनाको लागि तपाईंले माफी माग्नु आवश्‍यक छैन। अनि कहिलेकाहीं तपाईं आफूले बोल्ने कुराबारे होसियार हुनु पनि आवश्‍यक पर्न सक्छ। एउटा पुरानो उपदेश यसो भन्छ: “मानिसहरू जति धेरै बोल्छन्‌ उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ। बुद्धिमान मानिस चूप लागिबस्छ।” (हितोपदेश १०:१९; २७:१२) यद्यपि, तपाईं शिष्ट र मदतकारी हुन सक्नुहुन्छ।

तथापि, मुद्दा-मामिला बिथोलित नभएको अवस्थाहरूमा समेत थुप्रै मानिसहरूले माफी माग्नै छोडिसके, होइन र? घरमा एक जना गृहिणीले यस्तो दुःखेसो पोख्न सक्छिन्‌: ‘मेरो श्रीमान्‌ले कहिल्यै माफी माग्नुहुन्‍न।’ काम गर्ने ठाउँमा प्रबन्धकले यस्तो गुनासो गर्न सक्छन्‌: ‘मेरा कामदारहरूले आफ्ना गल्तीहरू पटक्कै स्वीकार्दैनन्‌, अनि तिनीहरूको मुखबाट “माफ गर्नुहोस्‌ है” भनेको त विरलै सुनिन्छ।’ स्कूलमा एक जना शिक्षकले यसो भन्‍न सक्छन्‌: ‘बच्चाहरूलाई “मलाई माफ गर्नुहोस्‌” भन्‍न सिकाइएको छैन।’

मानिसहरू माफी माग्न हिचकिचाउनुको एउटा कारण अरूबाट अपहेलित हुनुपर्ला भन्‍ने डर हुन सक्छ। आफूले माफी मागे तापनि यसको बेवास्ता पो गरिने हो कि भन्‍ने सोचेर कोही-कोही आफूले कस्तो महसुस गर्दैछु भन्‍ने कुरा नबताउन सक्छन्‌। वास्तवमा, चोट लागेको व्यक्‍तिले दोषी व्यक्‍तिको अनुहारसमेत हेर्न मन नपराउन सक्छ, जसले गर्दा मेलमिलाप कायम गर्न झनै गाह्रो हुन्छ।

कोही-कोही व्यक्‍तिहरू माफी माग्न हिचकिचाउनुको अर्को कारण, अरू व्यक्‍तिहरूको भावनाप्रति त्यत्ति चासो नदेखाउनाले हुन सक्छ। तिनीहरूले यस्तो तर्क गर्न सक्छन्‌, ‘माफी माग्दैमा मैले गरेको गल्ती सुध्रने होइन क्यारे।’ अझ अरूले चाहिं सजाय भोग्नुपर्ला भन्‍ने डरले माफी माग्न हिचकिचाउँछन्‌। तिनीहरू यस्तो सोच्छन्‌, ‘कतै मलाई नै दोषी देखाएर जरिवाना तिराउने त हैन?’ तथापि, गल्ती स्वीकार्न प्रमुख बाधक भनेको घमण्ड नै हो। आफ्नो अहम्‌ताले गर्दा “मलाई माफ गर्नुहोस्‌” नभन्‍ने व्यक्‍तिले वास्तवमा यसो भनिरहेको हुन्छ, ‘म आफ्नो गल्ती स्वीकारेर बेइज्जती भोग्न चाहन्‍नँ। यसो गरेमा मेरो पकड कमजोर हुन्छ।’

कारण जेसुकै होस्‌, थुप्रै मानिसहरूलाई माफी माग्न गाह्रो लाग्छ। तर के वास्तवमा माफी माग्न आवश्‍यक छ? माफी माग्दा के-कस्ता लाभहरू हुन्छन्‌?

[पृष्ठ ३-मा भएको चित्र]

“बच्चाहरूलाई ‘मलाई माफ गर्नुहोस्‌’ भन्‍न सिकाइएको छैन”

[पृष्ठ ३-मा भएको चित्र]

“मेरा कामदारहरूले आफ्ना गल्तीहरू पटक्कै स्वीकार्दैनन्‌”

[पृष्ठ ३-मा भएको चित्र]

“मेरो श्रीमान्‌ले कहिल्यै माफी माग्नुहुन्‍न”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने