प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. २ pp. ८-९
  • असल साथी कसरी बनाउने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल साथी कसरी बनाउने?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • तपाईँका साथीहरूसितको मित्रतालाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • असल साथीहरू—खराब साथीहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. २ pp. ८-९
दुई जना साथी गफ गर्दै

परिवारका लागि | युवाहरू

असल साथी कसरी बनाउने?

चुनौती

पुल वारि र पारि उभिरहेका दुई युवक

यो प्रविधिको युग हो। प्रविधिले गर्दा धेरैभन्दा धेरै मानिससित सञ्चार कायम राख्न सजिलो भएको छ। यो एउटा चमत्कारजस्तै भएको छ। तर मानिस-मानिसबीचको सम्बन्ध भने दिगो हुन सकेको छैन। एक युवक यसो भन्छन्‌, “मेरो बुबाको थुप्रै पुराना साथीहरू हुनुहुन्छ। उहाँहरू साथी बन्‍नुभएको दशकौं भइसक्यो। तर मैले त्यस्तो मित्रता गाँस्न सकेको छैनँ।”

असल साथी बनाउनु र मित्रता कायम राख्नु अहिले किन गाह्रो भएको छ?

तपाईंले के बुझ्नुपर्छ?

प्रविधिले केही हदसम्म गाह्रो बनाएको छ। मित्रता कायम राख्न भेट्‌नै पर्छ भन्‍ने छैन; मेसेज वा इमेल पठाएर, च्याट गरेर वा त्यस्तै अन्य तरिकामा साथीहरूसित सम्पर्कमा रहिरहन सकिन्छ भन्‍ने भान प्रविधिले पारेको छ। मानिसहरू साथीहरूसित सँगै बसेर कुराकानी गर्नुको सट्टा मेसेज र ट्‌वीट गर्न रुचाउँछन्‌। एउटा किताबअनुसारa “मानिसहरू एक-अर्कासित भेटेर कुराकानी गर्नै छाडेजस्तो देखिन्छ। विद्यार्थीहरू पनि साथीहरूसित समय बिताउनुको साटो मोबाइल, कम्प्युटर वा अन्य इलेक्ट्रोनिक साधन चलाउनमै व्यस्त रहन्छन्‌।”

कहिलेकाहीं प्रविधिले मानिसहरूलाई एकअर्कासित घनिष्ठ भएको महसुस गराउँछ। तर वास्तवमा भने त्यसो हुँदैन। बाइस वर्षीय बिराजb यसो भन्छन्‌, “साथीहरूको हालचाल बुझ्न जहिले पनि मैले नै सुरुमा मेसेज गर्दो रहेछु भनेर महसुस गरें। कति जनाले मेसेज पठाउँदा रहेछन्‌ भनेर हेर्न मेसेज पठाउनै छोडिदिएँ। तर साँच्चै भन्‍नुपर्दा थोरैले मात्र पठाए। वास्तवमा मैले मात्र पो तिनीहरूलाई घनिष्ठ ठानेको रहेछु।”

साथीहरूसित सम्पर्कमा रहिरहन अनि तिनीहरूसित घनिष्ठ भइरहन प्रविधिको के कुनै योगदानै छैन त? त्यसो त होइन। प्रविधिले दुई जनाबीच पुल त बनाइदिन्छ तर नजिक भने ल्याइदिंदैन। त्यसैले साथीहरूसित घनिष्ठ हुन अनलाइन मात्र कुराकानी गरेर पुग्दैन, भेटेरै कुराकानी गर्नु आवश्‍यक छ।

तपाईं के गर्न सक्नुहुन्छ?

असल साथी कस्तो हुन्छ, पत्ता लगाउनुहोस्‌। बाइबलले “मित्र चाहिं ता दाजुभाइभन्दा पनि नजिकको हुन्छ” भनेको छ। (हितोपदेश १८:२४) तपाईं यस्तै साथी चाहनुहुन्‍न र? के तपाईं आफू पनि यस्तै साथी हुनुहुन्छ? यो कुरा थाह पाउन यसो गर्नुहोस्‌: साथीमा हुनुपर्ने तीन वटा गुण र आफूमा हुनुपर्ने तीन वटा गुण लेख्नुहोस्‌। अनि आफैलाई सोध्नुहोस्‌: ‘मैले बनाएको कुनचाहिं अनलाइन साथीमा मैले चाहेजस्तै गुण छ? ममा कुन-कुन गुण भएको मेरो साथी चाहन्छ?’—बाइबल सिद्धान्त: फिलिप्पी २:४.

सोचाइ अनि व्यक्‍तित्व थाह पाउनुहोस्‌। प्रायजसो अनलाइन साथीहरूमा एउटै किसिमको रुचि अनि सोख भएको पाइन्छ। तर एउटै रुचि अनि सोखभन्दा पनि साथीहरूमा एउटै किसिमको सोचाइ अनि व्यक्‍तित्व हुनु महत्त्वपूर्ण छ। एक्काइस वर्षीया प्रिती यसो भन्छिन्‌, “मेरा साथीहरू थोरै छन्‌। तर जति छन्‌, तिनीहरू म असल व्यक्‍ति बनोस्‌ भन्‍ने चाहन्छन्‌।”—बाइबल सिद्धान्त: हितोपदेश १३:२०.

भेटेरै कुराकानी गर्नुहोस्‌। भेटेरै कुराकानी गर्नु र नगर्नुमा आकाश जमिनको फरक छ। साथीसित भेटेरै कुराकानी गर्दा एकअर्काको स-साना कुराहरू पनि याद गर्न सकिन्छ। जस्तै: बोल्ने तरिका, अनुहारको भाव, शरीरको हावभाव, आदि।—बाइबल सिद्धान्त: १ थिस्सलोनिकी २:१७.

चिठी लेख्नुहोस्‌। यो तरिका एकदमै पुरानो जमानाको जस्तो लाग्ला। तर कसैलाई चिठी लेख्दा तपाईं तिनको साँच्चै चासो राख्नुहुन्छ भन्‍ने देखिन्छ। तर आजको व्यस्त संसारमा यसरी चासो देखाउनेहरू छैनन्‌ भने पनि हुन्छ। सेरी टर्कलले आफ्नो किताबमाc एक जना युवकबारे लेखेकी छिन्‌। ती युवकले कहिल्यै चिठी पाएका वा अरूलाई पठाएका छैनन्‌। तैपनि मानिसहरू एकअर्कालाई चिठीपत्र लेख्ने गरेको समयबारे तिनी यसो भन्छन्‌, “म त्यतिबेला जन्मेको भए हुन्थ्यो जस्तो लाग्छ।” असल साथी बनाउन अहिले पनि यही पुरानो तरिका अपनाए कसो होला?

निष्कर्ष: साथीहरूसित सम्पर्क भइरहन्छ भन्दैमा त्यो साँचो मित्रता हो भन्‍न मिल्दैन। तपाईं र तपाईंको साथी दुवैसित प्रेम अनि धैर्य जस्ता गुणहरू हुनुपर्छ। साथै एक-अर्कालाई बुझ्नुपर्छ; क्षमा दिन सक्नुपर्छ। यस्ता गुणहरूले तपाईंको मित्रतालाई साँच्चै अटुट बनाउँछ। तर अनलाइन मात्र कुरा गर्दा यस्तो मित्रता कहिल्यै गाँस्न सकिंदैन। (g16-E No. 1)

a Artificial Maturity

b यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।

c Alone Together

मूल शास्त्रपद

  • “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

  • “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

  • ‘तिमीहरूको मुहार हेर्न, तिमीहरूलाई भेट्‌न हामीले भरमग्दुर कोसिस गऱ्‍यौं।’—१ थिस्सलोनिकी २:१७.

एलिसाबेल

एलिसाबेल

“निराश हुँदा हामी सबैलाई कुरा गर्न कोही न कोही चाहिन्छ। हाम्रो अवस्था बुझ्ने अनि हामीलाई प्रोत्साहन दिने साथीहरू नै हुन्‌। तिनीहरू सुखमा मात्र होइन, दुःखमा पनि साथ दिन्छन्‌।”

जोर्डन

जोर्डन

“युवावस्थामा छँदा म अरूसित त्यति घुलमिल हुन सक्दिनथें। त्यो मेरो जीवनको सबैभन्दा नरमाइलो समय थियो। तर बिस्तारै-बिस्तारै अरूसित घुलमिल हुन सिकें। दुःख-सुखमा साथ दिने साथीहरू साँच्चै चाहिंदो रहेछ भनेर मैले बुझें।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने