प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ४८ points १-५
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • असल साथी कसरी छान्‍न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ३. परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ४८ points १-५
पाठ ४८. चार जना साथी सँगै सेल्फी खिच्छन्‌।

पाठ ४८

बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

घनिष्ठ साथीहरूसित रमाइलो गर्दा हामी खुसी हुन्छौँ र तिनीहरू हामीलाई दुःखमा पनि साथ दिन्छन्‌। तर सबै मानिस हाम्रो असल साथी हुन सक्दैनन्‌ भनेर बाइबलले सजग गराउँछ। त्यसोभए तपाईँ कसरी असल साथीहरू छान्‍न सक्नुहुन्छ? आउनुहोस्‌, तल दिइएका प्रश्‍नहरू विचार गरौँ।

१. तपाईँले छान्‍नुभएका साथीहरूले तपाईँमा कस्तो प्रभाव पार्छन्‌?

हामी जस्तो मानिससित धेरै समय बिताउँछौँ, आफू पनि त्यस्तै बन्‍ने सम्भावना हुन्छ। तिनीहरूले हामीमा राम्रो वा नराम्रो प्रभाव पार्न सक्छन्‌। यो कुरा तिनीहरूसित प्रत्यक्ष रूपमा भेटेर सङ्‌गत गर्दा होस्‌ वा सामाजिक सञ्जालमा, दुवै अवस्थामा लागू हुन्छ। बाइबलले भन्छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित [यहोवालाई प्रेम नगर्ने मानिससित] सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।” (हितोपदेश १३:२०) यहोवालाई प्रेम गर्ने र उहाँको उपासना गर्ने साथीहरूले तपाईँलाई उहाँसित नजिक भइरहन र सही निर्णय गर्न मदत गर्न सक्छन्‌। तर मण्डलीबाहिरका मानिसहरूलाई घनिष्ठ साथी बनायौँ भने तिनीहरूले हामीलाई यहोवाबाट टाढा लैजान सक्छन्‌। त्यसैकारण त बाइबलले हामीलाई बुद्धिमानीपूर्वक साथीहरू छान्‍न प्रोत्साहन दिन्छ। हामीले यहोवालाई प्रेम गर्ने मानिसहरूलाई साथी बनाएका छौँ भने दुवैले एकअर्कामा राम्रो प्रभाव पार्न सक्छौँ। हामी ‘एकअर्कालाई प्रोत्साहन दिइरहन अनि एकअर्काको उत्थान गरिरहन’ सक्छौँ।—१ थिस्सलोनिकी ५:११.

२. के साथीहरू छान्‍ने सन्दर्भमा तपाईँको निर्णयले यहोवालाई कुनै फरक पार्छ?

यहोवा जोकोहीलाई आफ्नो साथी बनाउनुहुन्‍न। “सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।” (हितोपदेश ३:३२) यहोवालाई प्रेम नगर्ने मानिसहरूलाई हामीले साथी बनायौँ भने उहाँलाई कस्तो लाग्नेछ? उहाँलाई असाध्यै दुःख लाग्नेछ। (याकुब ४:४ पढ्‌नुहोस्‌।) तर हामीले नराम्रो सङ्‌गतलाई तिरस्कार गऱ्‍यौँ अनि यहोवासित र उहाँलाई प्रेम गर्ने मानिसहरूसित नजिक भयौँ भने उहाँलाई खुसी लाग्नेछ र उहाँले हामीलाई आफ्नो साथी बनाउने छनौट गर्नुहुनेछ।—भजन १५:१-४.

अझ खोतल्नुहोस्‌

हामी कस्ता साथीहरू छान्छौँ भन्‍ने कुरा किन एकदमै महत्त्वपूर्ण छ, बुझ्नुहोस्‌। साथै तपाईँको जीवनलाई अर्थपूर्ण बनाउने मित्रता कसरी गाँस्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

३. नराम्रो सङ्‌गतदेखि होसियार रहनुहोस्‌

परमेश्‍वर र उहाँका स्तरहरूलाई प्रेम नगर्ने मानिसहरू नराम्रो सङ्‌गत हुन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: खराब सङ्‌गतलाई तिरस्कार गर्नुहोस्‌ (६:१७)

  • हामीले कसरी चालै नपाई नराम्रो सङ्‌गत छानिरहेका हुन सक्छौँ?

पहिलो कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • तपाईँको लागि कस्तो व्यक्‍ति नराम्रो सङ्‌गत हुन सक्छ? किन?

भजन ११९:६३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँले कस्तो व्यक्‍तिलाई साथी बनाउनुपर्छ?

स्याउहरू राखिएको टोकरी। एउटा कुहिएको स्याउमा झिँगाहरू भन्कँदै छन्‌ र त्यस स्याउले गर्दा अरू स्याउ पनि कुहिँदै छन्‌।

एउटा कुहिएको स्याउले बाँकी सबै स्याउलाई कुहाउन सक्छ। त्यसरी नै एक जना खराब साथीले तपाईँमा कस्तो असर पार्न सक्छ?

४. हामीभन्दा फरक व्यक्‍तिहरू हाम्रो मिल्ने साथी बन्‍न सक्छन्‌

बाइबलमा प्राचीन इस्राएल राष्ट्रका दुई जना पुरुष दाउद र जोनाथनबारे बताइएको छ। तिनीहरूको उमेर र पृष्ठभूमि एकदमै फरक थियो। तैपनि तिनीहरू घनिष्ठ मित्र थिए। पहिलो समुएल १८:१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हाम्रा साथीहरू किन हाम्रै उमेरका वा आफ्नो जस्तै सामाजिक पृष्ठभूमिका हुनुपर्छ भन्‍ने छैन?

रोमी १:११, १२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवालाई प्रेम गर्ने साथीहरूले कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छन्‌?

एक जना युवकले कसरी सोच्दै नसोचेको ठाउँमा साथीहरू भेट्टाए भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: सोच्दै नसोचेको ठाउँमा साथीहरू (५:०६)

  • भिडियोमा देखाइएका अकिलको स्कुलको साथीसङ्‌गतबारे तिनका आमाबुबा किन चिन्तित थिए?

  • अकिललाई सुरुमा ती साथीहरू मन पर्नुको कारण के थियो?

  • तिनले आफ्नो एक्लोपन कसरी हटाउन सके?

५. असल साथीहरू बनाउने तरिका

हामी कसरी साँचो साथीहरू भेट्टाउन सक्छौँ र आफू पनि कसरी साँचो साथी बन्‍न सक्छौँ, बुझ्नुहोस्‌। भिडियो हेर्नुहोस्‌।

भिडियो: साँचो साथी कसलाई भन्‍न सकिन्छ? (४:१४)

‘साँचो साथी कसलाई भन्‍न सकिन्छ?’ भिडियोको एक दृश्‍य। एउटी किशोरीको वरिपरि विभिन्‍न उमेर, जाति र सीप भएका साथीहरू छन्‌।

हितोपदेश १८:२४ र २७:१७ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • साँचो साथीहरूले कसरी एकअर्कालाई मदत गर्छन्‌?

  • के तपाईँका साथीहरू यस्तै छन्‌? यदि छैनन्‌ भने तपाईँ कसरी त्यस्तो साथी बनाउन सक्नुहुन्छ?

फिलिप्पी २:४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • असल साथीहरू बनाउन तपाईँ आफू पनि असल साथी बन्‍नुपर्छ। तपाईँ कसरी त्यस्तो साथी बन्‍न सक्नुहुन्छ?

चित्रहरूको सँगालो: एउटी युवती आफ्ना तीन जना घनिष्ठ साथीसित कुराकानी गर्दै छिन्‌। १. तिनी एक जनासित फोनमा कुरा गर्छिन्‌। २. तिनी पाको उमेरकी साथीसित सभाभवनमा कुरा गर्छिन्‌। ३. तिनी शोक मनाइरहेकी साथीलाई भेट्‌न जान्छिन्‌।

असल साथीहरू बनाउन तपाईँ आफू पनि असल साथी बन्‍नुपर्छ

कोही-कोही भन्छन्‌: “‘नहुनु मामाभन्दा कानो मामा निको’ भनेझैँ साथी हुँदै नहुनुभन्दा त जसलाई भए पनि साथी बनाउनु बेस!”

  • तपाईँ के भन्‍नुहुन्छ?

सारांश

हामीले बुद्धिमानीपूर्वक साथीहरू छान्यौँ भने यहोवालाई खुसी लाग्छ र हाम्रै हित हुन्छ।

तपाईँले के सिक्नुभयो?

  • साथीहरू छान्‍ने सन्दर्भमा हाम्रो निर्णयलाई यहोवा किन महत्त्वपूर्ण ठान्‍नुहुन्छ?

  • हामीले कस्ता मानिसलाई साथी बनाउनु हुँदैन?

  • तपाईँ कसरी असल मानिसहरूलाई घनिष्ठ मित्र बनाउन सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

असल साथीहरूले हामीलाई गाह्रो समयमा कसरी मदत गर्न सक्छन्‌, पढ्‌नुहोस्‌।

“अन्त आउनुअघि नै बलियो मित्रता गाँस्नुहोस्‌” (प्रहरीधरहरा, नोभेम्बर २०१९)

असल साथीहरू बनाउन तपाईँ कस्ता व्यावहारिक कदम चाल्न सक्नुहुन्छ, बुझ्नुहोस्‌।

“म कसरी असल साथीहरू बनाउन सक्छु?” (युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड १, अध्याय ८)

सामाजिक सञ्जालमा साथीहरू बनाउँदा कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ?

सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌ (४:१२)

एक जना पुरुषले पहिलेका साथीहरू छोड्‌नुपर्ने आवश्‍यकता किन महसुस गरे भनी थाह पाउन “म बुबाको माया पाउन तड्‌पिन्थें” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, जुलाई १, २०१२)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने