प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या २ पृ. १०-११
  • एक भ्रूणविज्ञ आफ्नो विश्‍वासबारे बताउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक भ्रूणविज्ञ आफ्नो विश्‍वासबारे बताउँछन्‌
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • कोषहरूको विभाजन हुने क्षमता
    सृष्टि या संयोग
  • वैज्ञानिकहरूले कुन कुरा बताउन सकेका छैनन्‌?
    ब्यूँझनुहोस्‌!—२०२१
  • जीवरसायन शास्त्री आफ्नो विश्‍वासबारे बताउँछिन्‌
    ब्यूँझनुहोस्‌!—२०१३
  • के कुनै प्रकारको जीव साँच्चै सरल हुन्छ?
    जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या २ पृ. १०-११
यान-डर स्यू माइक्रोस्कोपमा हेर्दै

अन्तरवार्ता | यान-डर स्यू

एक भ्रूणविज्ञ आफ्नो विश्‍वासबारे बताउँछन्‌

प्राध्यापक यान-डर स्यू टाइवान नेशनल पिङ्‌टुङ विश्‍वविद्यालयका भ्रूण अनुसन्धानका निर्देशक हुन्‌। तिनी पहिला क्रमविकासमा विश्‍वास गर्थे तर अनुसन्धानमा लागेपछि भने तिनले आफ्नो सोचाइ बदले। यसको कारणबारे तिनले ब्यूँझनुहोस्‌! पत्रिकालाई बताएका छन्‌।

तपाईंको विगतबारे केही बताउनुहोस्‌।

यान-डर स्यू

म सन्‌ १९६६ मा जन्में र टाइवानमा हुर्कें। बुबाआमा टाओ र बौद्ध धर्म मान्‍नुहुन्थ्यो। हामी पितृ र मूर्तिहरूको उपासना गर्थ्यौं। तर सबै थोक बनाउने एक जना सृष्टिकर्ता हुनुहुन्छ भनेर हामीले कहिल्यै सोचेनौं।

तपाईंले किन जीवविज्ञान विषय लिनुभयो?

सानो छँदा मलाई जनावरहरूको हेरविचार गर्न खुब मन पर्थ्यो। तिनीहरूलाई अनि मानिसहरूलाई पीडाबाट छुटकारा कसरी दिने भनेर सोचिरहन्थें। केही समय मैले भेटेरिनरी विषय लिएर पढें। जीवनको सुरुवातबारे बुझ्न चाहेकोले पछि भ्रूण विज्ञान विषय लिएर पढें।

तपाईं पहिला किन क्रमविकासमा विश्‍वास गर्नुहुन्थ्यो?

विश्‍वविद्यालयका प्राध्यापकहरूले क्रमविकासबारे पढाउनुहुन्थ्यो। क्रमविकासको शिक्षा सही हो भनेर प्रमाणित गर्ने थुप्रै कुरा छन्‌ भनेर उहाँहरू दाबी गर्नुहुन्थ्यो। उहाँहरूको कुरा विश्‍वास गर्थें।

तपाईंले किन बाइबल पढ्‌न थाल्नुभयो?

दुइटा कारणले गर्दा। पहिलो, मानिसहरूले उपासना गर्ने थुप्रै देवीदेवताहरूमध्ये एक जना सबैभन्दा उच्च हुनुपर्छ भनेर सोच्थें। तर कुन चाहिं? दोस्रो, बाइबल लोकप्रिय किताब हो भनेर मलाई थाह थियो। त्यसैले बाइबलको कुरा अझ धेरै सिक्न चाहन्थें।

सन्‌ १९९२ मा बेल्जियमको ल्युभेनको क्याथोलिक विश्‍वविद्यालयमा पढ्‌न थालें। म क्याथोलिक चर्च गएँ अनि त्यहाँको पादरीसित बाइबलको कुरा बुझ्न मदत मागें। तर उहाँले वास्तै गर्नुभएन।

ईश्‍वरबारे सिक्ने तपाईंको इच्छा कसरी पूरा भयो त?

त्यसको दुई वर्षपछि म बेल्जियममै थिएँ अनि विज्ञान क्षेत्रमा अनुसन्धान गर्दै थिएँ। पोल्याण्डको एक जना यहोवाका साक्षीलाई भेटें। उहाँको नाम रूथ थियो अनि उहाँले चिनियाँ भाषा सिक्नुभएको रहेछ। उहाँ विश्‍वविद्यालयका चिनियाँ भाषा बोल्ने विद्यार्थीहरूलाई ईश्‍वरबारे सिकाउनुहुन्थ्यो। मैले त्यस्तै मदतको लागि प्रार्थना गरेको थिएँ। उहाँलाई भेटेर मलाई धेरै खुसी लाग्यो।

रूथले बाइबल विज्ञानको किताब नभए तापनि विज्ञानसित मेल खान्छ भनेर बाइबलबाटै देखाउनुभयो। उदाहरणको लागि, बाइबलका एक जना लेखक दाऊदले यस्तो प्रार्थना गरे, “मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए, र मेरा सबै अङ्‌ग जो दिनदिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजन १३९:१६) हुन त दाऊदले यो कुरा कवितात्मक शैलीमा लेखे तर तिनको कुरा सही हो। मानिसको शरीरका अङ्‌गहरू नबनिंदै त्यसको विकासको लागि सम्पूर्ण जानकारी डिएनएमा पहिल्यै हुन्छ। बाइबलका कुराहरू सही भएकोले यो किताब ईश्‍वरको वचन हो भनेर म विश्‍वस्त भएँ। एक मात्र साँचो ईश्‍वर यहोवा हुनुहुन्छ भनेर बुझें।१

ईश्‍वरले नै सृष्टि गर्नुभएको हो भनेर तपाईं कसरी विश्‍वस्त हुनुभयो?

वैज्ञानिकहरूले अनुसन्धान गर्नुको उद्देश्‍य सत्य पत्ता लगाउनु हो; पहिले विश्‍वास गरिएका कुराहरूलाई समर्थन गर्नु होइन। भ्रूणको विकासको अध्ययनले मेरो सोचाइ परिवर्तन गरिदियो। जीवन सृष्टि गरिएको हो भनेर बुझें। उदाहरणको लागि, कुनै मेसिन बनाउँदा इन्जिनियरहरू पार्टपुर्जा ठीक ठाउँमा र व्यवस्थित तरिकामा जोड्‌न लाइन लागेर (एसेम्ब्‌ली लाइन) काम गर्छन्‌। भ्रूणको विकास पनि यस्तै किसिमले हुन्छ तर यो प्रक्रिया धेरै जटिल छ।

भ्रूणको विकास एउटा मात्र निषेचित कोषबाट हुन्छ नि, होइन?

हो। यो सानो कोष विभाजन हुँदै जान्छ। कोष १२ देखि २४ घण्टाभित्र सङ्‌ख्यामा दोब्बर हुन्छ। यो प्रक्रिया केही समयसम्म मात्र हुन्छ। अनि यसको सुरुको चरणमा स्टेम सेल्स (विभिन्‍न कोषहरू बन्‍ने मुख्य कोष) बन्छ।२ स्टेम सेल्स्‌ले २०० कोषहरूमध्ये जुनसुकै कोष पनि विकास गर्न सक्छ। एउटा शिशु बन्‍न विभिन्‍न कोषहरू चाहिन्छ। जस्तै: रक्‍त कोष, हाड कोष, स्नायु कोष, आदि। यी सबै प्रकारका कोषहरू स्टेम सेल्स्‌बाट नै बन्छ।

भ्रूण विकासको अध्ययनले गर्दा जीवन सृष्टि गरिएको हो भन्‍ने निष्कर्षमा पुगें

कोषहरू व्यवस्थित तरिकामा र सही ठाउँमा बन्‍नुपर्छ। पहिला ती कोषहरू मिलेर तन्तु बन्छ अनि तन्तुहरू मिलेर हातखुट्टा र अङ्‌गहरू बन्छ। भ्रूण विकास हुनको लागि सबै निर्देशन डिएनएमा पहिल्यै लेखिएको हुन्छ। यस्तो प्रक्रियाको निर्देशन लेख्नेबारे इन्जिनियरहरूले सपनामा समेत सोचेका हुँदैनन्‌। यस्तो अचम्मको प्रणाली देखेर ईश्‍वरले नै जीवन सृष्टि गर्नुभएको हो भन्‍ने कुरामा म पक्का भएँ।

तपाईं किन यहोवाको साक्षी हुनुभयो?

एकै शब्दमा भन्‍नुपर्दा “प्रेम”-ले गर्दा। येशूले भन्‍नुभयो, “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूहन्‍ना १३:३५) यो प्रेमले भेदभाव गर्दैन। मानिसको देश, संस्कृति र रङ्‌गको वास्ता गर्दैन। यहोवाका साक्षीहरूसित सङ्‌गत गर्न थालेपछि मैले तिनीहरूमाझ यस्तै प्रेम देखें र अनुभव पनि गरें। (g16-E No. 2)

^ १. प्रकाश ४:११; १ कोरिन्थी ८:५, ६.

^ २. प्राध्यापक यान-डर स्यू आफ्नो ख्रीष्टियन अन्तस्करणले गर्दा मानिसको भ्रूणको स्टेम सेल्स्‌सित सम्बन्धित काम गर्दैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने