प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या ३ पृ. ८-९
  • वैज्ञानिकहरूले कुन कुरा बताउन सकेका छैनन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वैज्ञानिकहरूले कुन कुरा बताउन सकेका छैनन्‌?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • एक भ्रूणविज्ञ आफ्नो विश्‍वासबारे बताउँछन्‌
    ब्यूँझनुहोस्‌!—२०१६
  • सृष्टिकर्ताले तपाईंको जीवन अर्थपूर्ण बनाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • जीवनको सुरुवात कसरी भयो?
    थप लेखहरू
  • जीवनको सुरुवात कसरी भयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या ३ पृ. ८-९
विज्ञानका एक शिक्षक आफ्ना केही विद्यार्थीसित छलफल गर्दै छन्‌।

वैज्ञानिकहरूले कुन कुरा बताउन सकेका छैनन्‌?

वैज्ञानिकहरूले ब्रह्‍माण्डको विभिन्‍न पक्षबारे अध्ययन गरिसकेका छन्‌ जस्तो देखिन्छ। तैपनि तिनीहरूले थुप्रै महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन सकेका छैनन्‌।

के विज्ञानले ब्रह्‍माण्ड र जीवनको सुरुवात कसरी भयो भनेर बताउन सकेको छ? छैन। कसै-कसैको भनाइअनुसार विज्ञानको एउटा शाखा ब्रह्‍माण्डविज्ञानले ब्रह्‍माण्डको सुरुवात कसरी भयो भनेर बताउन सक्छ। तर डार्टमथ कलेजका खगोलविद्याका प्राध्यापक मार्सेलो ग्लिसर, जो अज्ञेयवादमा विश्‍वास गर्छन्‌, तिनले यसो भने: “वास्तवमा भन्‍ने हो भने हामीले ब्रह्‍माण्डको सुरुवातबारे केही पनि बताउनै सकेका छैनौँ।”

जीवनको सुरुवातबारे साइन्स न्युज पत्रिकाको एउटा लेखमा यसो भनिएको थियो: “पृथ्वीमा जीवनको सुरुवात कसरी भयो भन्‍ने कुरा ठ्याक्कै बताउन असम्भव छ किनभने पृथ्वी बनिँदाको सुरु-सुरुतिरका चट्टानहरू अनि जीवावशेषहरू सबै हराइसकेका छन्‌।” यी कुराहरूबाट के प्रस्ट हुन्छ भने विज्ञानले ‘ब्रह्‍माण्ड र जीवनको सुरुवात कसरी भयो?’ भन्‍ने प्रश्‍नको जवाफ दिन सकेको छैन।

तर तपाईँलाई लाग्न सक्छ: ‘यदि पृथ्वीमा जीवन कसैले सृष्टि गरेको हो भने सृष्टिकर्ता को हो त?’ तपाईँको मनमा यस्ता प्रश्‍नहरू पनि उठ्‌न सक्छन्‌: ‘बुद्धिमान्‌ र मायालु सृष्टिकर्ता हुनुहुन्छ भने उहाँले किन मानिसहरूलाई दुःखकष्ट भोग्न दिइरहनुभएको होला? आज संसारमा किन यत्ति धेरै धर्म छन्‌? उहाँको उपासना गर्ने दाबी गर्नेहरूले खराब काम गर्दा पनि उहाँले किन सहिरहनुभएको होला?’

विज्ञानले यस्ता प्रश्‍नहरूको जवाफ दिन सक्दैन। तर यसको मतलब यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफहरू पाउनै सकिँदैन भन्‍ने त होइन। थुप्रै मानिसहरूले बाइबलबाट यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफहरू भेट्टाएका छन्‌।

केही वैज्ञानिकहरूले बाइबल अध्ययन गरेपछि सृष्टिकर्तामा विश्‍वास गर्न सकेका छन्‌। त्यसबारे बुझ्न jw.org/ne मा “जीवनको सुरुवातसम्बन्धी धारणा” भिडियो शृङ्‌खला खोज्नुहोस्‌।

विज्ञान र बाइबलका कुराहरूले तिनीहरूलाई विश्‍वस्त बनायो

जर्जि एन. कोइडान, रसायनशास्त्री

“मेरो काम विभिन्‍न रसायनहरू मिसाएर अणुहरू बनाउनु हो। चेसमा कुन चाल कहिले चाल्ने भनेर पहिल्यै योजना बनाउनुपरेजस्तै अणु बनाउनको लागि पनि पहिल्यै योजनाहरू बनाउनुपर्छ। मिसाउने काममा एउटा मात्र गल्ती भयो भने पनि अणुहरू बन्दैनन्‌। हुनत मेरो काम धेरै नै जटिल छ तर जीवकोषहरूमा हुने हजारौँ रासायनिक प्रक्रियाहरू विचार गर्दा मेरो काम त केही पनि होइन। त्यसैले म के निष्कर्षमा पुगेँ भने एक जना महान्‌ रसायनशास्त्री अर्थात्‌ सृष्टिकर्ता हुनुहुन्छ।

“बाइबल पढेपछि यो अरू किताबहरूजस्तो साधारण किताब होइन भन्‍ने कुरामा म पक्का भएँ। यो लगभग २ हजार वर्षभन्दा अघि लेखिए तापनि यसका सल्लाहहरू आज पनि उत्तिकै उपयोगी छन्‌। जस्तै: छिमेकीहरूसित अनि परिवार र काममा शान्ति कायम गर्नेबारे दिइएको सल्लाह एकदमै प्रभावकारी छ। त्यसैले यसमा पाइने भरपर्दा सल्लाहहरू मानिसभन्दा धेरै नै बुद्धिमान्‌ व्यक्‍तिले दिएको हुनुपर्छ भन्‍ने निष्कर्षमा पुगेँ।”

यान-डर स्यू, भ्रूणविज्ञ

“भ्रूण विकास हुँदै जाँदा कोषहरू आपसमा मिलेर काम गर्छन्‌ र यसबाट नसा, मांसपेशी, हड्डी, रगत र तन्तुहरू बन्छन्‌। त्यसपछि बल्ल मानिस बन्छ। भ्रूण विकास हुने सबै प्रक्रिया हाम्रो समझबाहिरको कुरा हो। यी सबै अचम्मको प्रक्रिया देख्दा हामीलाई सृष्टि गर्नुहुने कोही बुद्धिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने निष्कर्षमा म पुगेँ।

“बाइबलको भजन १३९:१५, १६ मा आमाको गर्भमा भ्रूणको विकासबारे लेखिएको कुरा वैज्ञानिकहरूले हालैका दशकहरूमा पत्ता लगाएको कुरासँग मेल खान्छ। सृष्टिकर्ताले बाइबलका ती लेखकलाई यसबारे नबताउनुभएको भए तिनले त्यो जमानामै सही कुरा लेख्न सक्थे र?”

रोसियो पिकादो हेरेरो: रसायनशास्त्रका एक शिक्षक आफ्नो विश्‍वासबारे बताउँछिन्‌ भिडियो हेर्नुहोस्‌। jw.org/ne मा यो भिडियो खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने