प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. २ pp. १२-१३
  • चिन्ता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिन्ता
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के चिन्ता लिनु ठीक हो?
  • अनावश्‍यक चिन्ता कसरी कम गर्ने?
  • के हामी कहिल्यै चिन्ताबाट मुक्‍त हुन सक्छौं?
  • आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • पुरुषहरूले गर्ने चिन्ताफिक्री—बाइबलले कसरी मदत गर्न सक्छ?
    थप लेखहरू
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. २ pp. १२-१३

बाइबलको दृष्टिकोण

चिन्ता

चिन्ताको दुइटा पक्ष हुन्छ। चिन्ता लिनु कहिलेकाहीं लाभदायी हुन्छ भने कहिलेकाहीं हानिकारक। बाइबलले हामीलाई यी दुवै पक्षबारे बताएको छ।

के चिन्ता लिनु ठीक हो?

वास्तविकता:

चिन्ता लिंदा हामीलाई के गरौं, कसो गरौं हुन्छ। अनि हामी आत्तिन थाल्छौं। हामी अस्थिर संसारमा बाँचिरहेकोले जो कोहीलाई पनि चिन्ताले खान सक्छ।

बाइबल के भन्छ?

राजा दाऊदले यसरी लेखे, “दिनभरि मेरो हृदयमा शोक बोकिरहेर कहिलेसम्म म मेरो आत्मामा चिन्ता लिइरहूँ?” (भजन १३:२) चिन्ताको सामना गर्न दाऊदलाई कुन कुराले मदत गऱ्‍यो? परमेश्‍वरले करुणा देखाउनुहुनेछ भन्‍ने कुरामा पूरा भरोसा गरेर तिनले प्रार्थना गरे। (भजन १३:५; ६२:८) पहिलो पत्रुस ५:७ मा परमेश्‍वर हामीलाई चिन्ताको भारी बिसाउन यसरी आग्रह गर्नुहुन्छ, “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”

युवायुवतीहरूले एक वृद्ध महिलाको बगैंचा स्याहार गर्दा तिनी आँगनमा बसिरहेकी

माया गरेको व्यक्‍तिको लागि केही गरिदिंदा तिनीहरूप्रतिको हाम्रो चिन्ता कम हुन सक्छ

हामी विभिन्‍न तरिकामा चिन्ता कम गर्न सक्छौं। उदाहरणको लागि, बाइबलका लेखक पावललाई “सबै मण्डलीको चिन्ताले” सताउँदा तिनले के गरे? ज-जसको चिन्ता लागेको थियो, तिनीहरूलाई सान्त्वना अनि प्रोत्साहन दिन निकै मेहनत गरे। (२ कोरिन्थी ११:२८) पावलले यसरी चिन्ता गर्दा लाभदायी साबित भयो। किनभने तिनले अरूलाई आवश्‍यक मदत दिन सके। हाम्रो सन्दर्भमा पनि यस्तै भन्‍न सकिन्छ। चिन्ताको ठीक विपरीत अर्थात्‌ भावशून्य मनोवृत्ति राख्यौं भने अरूप्रति मायालु चासो देखाइरहेका हुँदैनौं।—हितोपदेश १७:१७.

“तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

अनावश्‍यक चिन्ता कसरी कम गर्ने?

वास्तविकता:

मानिसहरू आफूले विगतमा गरेको गल्ती, भविष्य वा पैसाको विषयलाई लिएर चिन्ता गर्छन्‌।a

बाइबल के भन्छ?

आफूले विगतमा गरेको गल्तीबारे चिन्ता: प्रथम शताब्दीका कोही-कोही व्यक्‍ति ख्रीष्टियन हुनुअघि पियक्कड, लुटाहा, चोर अनि अवैध यौनसम्बन्ध राख्नेहरू थिए। (१ कोरिन्थी ६:९-११) तिनीहरूले विगतबारे मात्रै सोचिरहनुको सट्टा आफ्नो आनीबानी परिवर्तन गरे अनि परमेश्‍वरले दया गर्नुहुन्छ भनेर उहाँमा भरोसा गरे। भजन १३०:४ यसो भन्छ, “तपाईंसित क्षमा पनि छ।” यसको अर्थ परमेश्‍वरले क्षमा दिन सक्नुहुन्छ।

भोलि के होला भन्‍ने चिन्ता: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ” भनी येशू ख्रीष्टले भन्‍नुभयो। (मत्ती ६:२५, ३४) यसको अर्थ के हो? उहाँले आजको समस्याबारे मात्रै चिन्ता गर्नू भन्‍न खोज्दै हुनुहुन्थ्यो। भोलिको चिन्ता गर्दा आजको चिन्ता झन्‌ बढ्‌छ। साथै हाम्रो निर्णय गर्ने क्षमता कमजोर हुन सक्छ र गलत निर्णय गर्न पुग्छौं। नबिर्सनुहोस्‌, हामीले लिने कतिपय चिन्ता त वास्तवमा लिनै नपर्ने हुन्छ।

पैसाको चिन्ता: एक जना बुद्धिमान्‌ मानिसले एक पटक यसरी प्रार्थना गरे, “मलाई नता दरिद्र बनाउनुहोस्‌, न मलाई धन दिनुहोस्‌।” (हितोपदेश ३०:८) तिनी थोरै कुरामा सन्तुष्ट हुन चाहन्थे। परमेश्‍वर यस्तै व्यक्‍तिलाई मन पराउनुहुन्छ। हिब्रू १३:५ मा यस्तो लेखिएको छ, “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, बरु अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ। किनकि उहाँले यसो भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।’” पैसाले सधैं साथ दिन सक्दैन तर परमेश्‍वरमा भरोसा गर्ने अनि सरल जीवन बिताउनेहरूलाई उहाँ सधैं साथ दिनुहुन्छ।

“धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।”—भजन ३७:२५.

के हामी कहिल्यै चिन्ताबाट मुक्‍त हुन सक्छौं?

मानिसहरू के भन्छन्‌?

सन्‌ २००८ मा प्रकाशित द गार्डियन भन्‍ने अखबारमा पत्रकार हेरिएट ग्रीनले यसरी लेखे, “हामी चिन्ताले भरिएको युगमा प्रवेश गर्दै छौं।” सन्‌ २०१४ मा प्याट्रिक ओकनरले एउटा अमेरिकी अखबारमा यसरी लेखे, “अमेरिकीहरू अहिले जति पहिला कहिल्यै चिन्तित थिएनन्‌।”

बाइबल के भन्छ?

“चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” (हितोपदेश १२:२५) पक्कै पनि दयालु वचन “परमेश्‍वरको राज्यको सुसमाचार”-मा पाइन्छ। (मत्ती २४:१४) यो राज्य परमेश्‍वरको सरकार हो। यसले हामीले कहिल्यै गर्न नसक्ने कुरा अब चाँडै गर्नेछ। जस्तै: चिन्तालाई जरैसमेत उखेल्नेछ, रोग निको पार्नेछ अनि मृत्युलाई हटाउनेछ। “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।”—प्रकाश २१:४. (g16-E No. 2)

“आशा दिनुहुने परमेश्‍वरले, तिमीहरूले गरेको विश्‍वासको आधारमा तिमीहरूलाई सारा खुसी र शान्तिले भरिदिऊन्‌।”—रोमी १५:१३

a चिन्ताले सताउने गम्भीर रोग लागेको छ भने डाक्टरसित परामर्श लिनु बेस हुन्छ। ब्यूँझनुहोस्‌! पत्रिकाले कुनै खास किसिमको थेरापी वा उपचार सिफारिस गर्दैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने