प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. १ pp. १०-११
  • गर्भपतन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गर्भपतन
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • व्यक्‍तिगत छनौट मात्र हो कि?
  • तपाईंले गर्भपतन गर्नुभएको थियो भने नि?
  • गर्भपतनबारे बाइबलले के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. १ pp. १०-११
पतिको इच्छा जे भए पनि एक महिला गर्भपतन नगर्ने निर्णय गर्दै

बुद्धिमान्‌ स्त्री आफ्नो अन्तस्करणको आवाज सुन्छिन्‌

बाइबलको दृष्टिकोण

गर्भपतन

प्रत्येक वर्ष ५ करोडभन्दा धेरै शिशु गर्भपतनको सिकार हुन्छन्‌। यो सङ्‌ख्या थुप्रै देशको कुल जनसङ्‌ख्याभन्दा धेरै हो।

व्यक्‍तिगत छनौट मात्र हो कि?

मानिसहरू के भन्छन्‌?

थुप्रै कारणले गर्दा महिलाहरू गर्भपतन गर्छन्‌। जस्तै: आर्थिक कठिनाइ, सम्बन्धमा आएको गडबडी, थप शिक्षा लिने वा करिअर राम्रो बनाउने चाहना अथवा अविवाहित आमा बन्‍ने इच्छा नहुनु। अरू कतिपयचाहिं गर्भपतन गर्नुलाई नैतिक पाप ठान्छन्‌। उनीहरूको विचारमा गर्भपतन गर्नु भनेको गर्भवती महिलाले आफ्नो नैतिक जिम्मेवारीलाई बेवास्ता गर्नु हो।

बाइबल के भन्छ?

ईश्‍वर जीवनलाई—अझ विशेषगरि मानव जीवनलाई पवित्र ठान्‍नुहुन्छ। (उत्पत्ति ९:६; भजन ३६:९) यो सिद्धान्त गर्भमा हुर्कंदै गरेको बच्चाको सन्दर्भमा पनि लागू हुन्छ। किनकि गर्भमा हुर्कंदै गरेको बच्चाको लागि यो ईश्‍वरले तोक्नुभएको सुरक्षित ठाउँ हो। बाइबलका एक लेखकले यसो भने, “तपाईंले मलाई मेरी आमाको गर्भैमा रच्नुभयो।” तिनले यसो पनि भने, “मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए, र मेरा सबै अङ्‌ग जो दिनदिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।”—भजन १३९:१३, १६.

गर्भमा भएको बच्चाको जीवनलाई ईश्‍वर कस्तो ठान्‍नुहुन्छ भन्‍ने कुरा प्राचीन समयको इस्राएल राष्ट्रलाई उहाँले दिनुभएको व्यवस्था र उहाँले हामीलाई दिनुभएको अन्तस्करणले प्रस्ट पार्छ। उहाँले दिनुभएको व्यवस्थाअनुसार गर्भवती महिलालाई आक्रमण गरेर गर्भमा रहेको बच्चाको हत्या गर्ने व्यक्‍तिलाई मृत्युदण्ड दिनुपर्थ्यो। बच्चाको ज्यान लिएकोले त्यस व्यक्‍तिले पनि आफ्नो ज्यान गुमाउनुपर्थ्यो। (प्रस्थान २१:२२, २३) न्यायकर्ताहरूले त्यस व्यक्‍तिको मनसाय र अवस्थालाई भने विचार गर्नुपर्थ्यो।—गन्ती ३५:२२-२४, ३१.

मानिसजातिलाई अन्तस्करण पनि दिइएको छ। कुनै स्त्रीले आफ्नो अन्तस्करणको आवाज अर्थात्‌ भित्री आवाज सुनेर गर्भमा भएको बच्चाको जीवनको मोल गरिन्‌ भने तिनको अन्तस्करणले तिनलाई इनाम दिन्छ।a तर तिनले अन्तस्करणको आवाज सुनिनन्‌ भने त्यसले तिनलाई पीडा दिन सक्छ, दोषीसमेत ठहराउन सक्छ। (रोमी २:१४, १५) अध्ययनहरूले के देखाएको छ भने गर्भपतन गर्ने महिलाहरूलाई डिप्रेसन र नैराश्‍यले सताउने सम्भावना धेरै हुन्छ।

बच्चा हुर्काउने काम एकदमै गाह्रो लाग्छ भने नि, खासगरि नचाहँदा नचाहँदै गर्भधारण भएमा? वफादार हुँदै ईश्‍वरको स्तर अनुरूप जीवन बिताउने मानिसहरूबारे बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “वफादारप्रति तपाईं वफादार हुनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्छ।” (भजन १८:२५, NRV) भजन ३७:२८ मा पनि यस्तो भनिएको छ: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न।”

“तिनीहरूको अन्तस्करणले . . . साक्षी दिन्छ। अनि तिनीहरूको सोचविचारले नै तिनीहरूलाई दोषी वा निर्दोष ठहराउँछ।”—रोमी २:१५.

तपाईंले गर्भपतन गर्नुभएको थियो भने नि?

मानिसहरू के भन्छन्‌?

एक्ली आमा रूपा भन्छिन्‌: “तीन साना बच्चाहरू भइसकेका थिए। चार जना हुर्काउन त सक्षम छैन जस्तो लाग्यो। गर्भपतन गरिसकेपछि भने एकदमै नराम्रो लाग्यो।”b तर के तिनले ईश्‍वरले माफी नै नदिने काम गरेकी थिइन्‌?

बाइबल के भन्छ?

ईश्‍वरको जस्तै विचार राख्दै येशू ख्रीष्टले यसो भन्‍नुभयो: “म धर्मीहरूलाई बोलाउन आएको होइन तर पापीहरूलाई पश्‍चात्ताप गर्न बोलाउन आएको हुँ।” (लूका ५:३२) हो, आफूले गरेको गल्तीहरूको लागि साँच्चै पश्‍चात्ताप गर्छौं र ईश्‍वरसित माफी माग्छौं भने उहाँले खुसीसाथ माफी दिनुहुन्छ—गम्भीर गल्तीहरूको लागि समेत। (यशैया १:१८) भजन ५१:१७ भन्छ: “हे परमेश्‍वर, चूर्ण र पूरा पश्‍चात्तापी हृदयलाई तपाईंले तुच्छ ठान्‍नुहुन्‍न।”

नम्र हुँदै ईश्‍वरलाई पुकाऱ्‍यौं भने उहाँले हामीलाई सफा अन्तस्करणको साथै मनोशान्ति पनि दिनुहुन्छ। फिलिप्पी ४:६, ७ मा यसो भनिएको छ: “हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। अनि परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।”c रूपाले बाइबल अध्ययन गरिन्‌ अनि ईश्‍वरलाई आफ्नो मनको सबै व्यथा पोखाइन्‌। त्यसपछि तिनले मनोशान्ति पाइन्‌। ईश्‍वरले “क्षमा” दिनुहुन्छ भनेर तिनले थाह पाइन्‌।—भजन १३०:४

“[ईश्‍वरले ] हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ।”—भजन १०३:१०.

a आमा वा बच्चाको स्वास्थ्य खतरामा पर्ने सम्भावना छ भन्दैमा गर्भपतन गर्न मिल्दैन। बच्चा जन्मिने बेला आमा र बच्चामध्ये एउटा छान्‍नुपर्ने अवस्था आएमा पति-पत्नीले नै त्यसको निर्णय गर्नुपर्छ। तर आजकल थुप्रै देशमा चिकित्सा क्षेत्रमा भएको उन्‍नतिले गर्दा यस्तो अवस्था विरलै मात्र हुने गर्छ।

b नामहरू परिवर्तन गरिएका छन्‌।

c पुनर्जीवनको आशाले पनि मानिसलाई मनोशान्ति दिन्छ। अप्रिल १५, २००९ को प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌। त्यस लेखमा गर्भमा रहेको शिशुको मृत्यु भएमा उसको पुनर्जीवनको सम्भावनाबारे केही बाइबल सिद्धान्तहरू दिइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने