प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १६२
  • गर्भपतनबारे बाइबलले के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गर्भपतनबारे बाइबलले के भन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • मानव जीवन कहिले सुरु हुन्छ?
  • गर्भपतन गरेकाहरूलाई के परमेश्‍वरले क्षमा दिनुहुन्छ?
  • आमा वा बच्चाको जीवन खतरामा छ भने पनि के गर्भपतन गर्नु गलत हो?
  • गर्भपतन
    ब्यूँझनुहोस्‌!—२०१७
  • उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १६२
एक जना गर्भवती स्त्री ऐनाअगाडि उभिरहेकी छिन्‌

गर्भपतनबारे बाइबलले के भन्छ?

बाइबलको जवाफ

बाइबलमा “गर्भपतन” भन्‍ने शब्द प्रयोग गरिएको छैन। तर बाइबलका थुप्रै पदबाट मानव जीवन, यहाँसम्म कि गर्भमा रहेको बच्चाप्रति समेत परमेश्‍वरको दृष्टिकोण कस्तो छ भनेर हामी बुझ्न सक्छौँ।

जीवन परमेश्‍वरले दिनुभएको उपहार हो। (उत्पत्ति ९:६; भजन ३६:⁠९) परमेश्‍वरको नजरमा सबै जीवन अनमोल छ, गर्भमा रहेको बच्चाको समेत। त्यसैले यदि कसैले जानाजानी गर्भमा रहेको बच्चालाई मार्छ भने त्यो हत्या गर्नु सरह नै हो।

परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा यस्तो लेखिएको छ: “मानिसहरू आपसमा झगडा गर्दा गर्भवती स्त्रीलाई चोट लाग्यो र उसले महिना नपुगी बच्चा जन्माई तर आमा र बच्चाको ज्यान गएन भने पनि चोट पुऱ्‍याउने मानिसले त्यस स्त्रीको पतिले मागेअनुसार क्षतिपूर्ति तिरोस्‌; त्यो क्षतिपूर्ति न्यायकर्ताहरूले तोकेअनुसारको होस्‌। तर आमा र बच्चामध्ये कसैको ज्यान गयो भने ज्यानको साटो ज्यान।”​—⁠प्रस्थान २१:​२२, २३. a

  • मानव जीवन कहिले सुरु हुन्छ?

  • गर्भपतन गरेकाहरूलाई के परमेश्‍वरले क्षमा दिनुहुन्छ?

  • आमा वा बच्चाको जीवन खतरामा छ भने पनि के गर्भपतन गर्नु गलत हो?

मानव जीवन कहिले सुरु हुन्छ?

परमेश्‍वरको नजरमा गर्भमा बच्चा बसेदेखि नै मानव जीवन सुरु हुन्छ। परमेश्‍वरको वचन बाइबलमा उहाँले गर्भमा रहेको बच्चालाई छुट्टै व्यक्‍तिको रूपमा हेर्नुहुन्छ भनेर बताइएको छ। गर्भमा रहेको बच्चा र जन्मिसकेको बच्चा दुवैलाई परमेश्‍वरले अनमोल ठान्‍नुहुन्छ भनेर सङ्‌केत गर्ने केही उदाहरण विचार गरौँ।

  • पवित्र शक्‍तिको प्रेरणा पाएर राजा दाउदले परमेश्‍वरलाई यसो भने: “म मेरी आमाको गर्भमा छँदै तपाईँका आँखाहरूले मलाई देखेका थिए।” (भजन १३९:१६) दाउद गर्भमै छँदादेखि परमेश्‍वरले तिनलाई छुट्टै व्यक्‍तिको रूपमा हेर्नुभयो।

  • साथै भविष्यवक्‍ता यर्मिया जन्मिनुअघि नै परमेश्‍वरले तिनलाई विशेष जिम्मेवारी दिनेबारे सोचिसक्नुभएको थियो। परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “मैले तिमीलाई आमाको गर्भमा रच्नुअघि नै चिनेको थिएँ, तिमी जन्मनुअघि नै मैले तिमीलाई रोजेँ। जातिजातिहरूको भविष्यवक्‍ता हुन मैले तिमीलाई नियुक्‍त गरेँ।”​—⁠यर्मिया १:⁠५.

  • बाइबल लेखक लुका जो वैद्य थिए, तिनले गर्भमा रहेको बच्चा र भर्खरै जन्मिएको बच्चा दुवैलाई बुझाउन एउटै ग्रीक शब्द प्रयोग गरे।​—⁠लुका १:४१; २:​१२, १६.

गर्भपतन गरेकाहरूलाई के परमेश्‍वरले क्षमा दिनुहुन्छ?

गर्भपतन गरेकाहरूले अहिले जीवनप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राखेका छन्‌ भने तिनीहरूले परमेश्‍वरको क्षमा पाउन सक्छन्‌। त्यसैले तिनीहरूले आफूलाई दोषी भावनाले बढ्‌तै पिरोल्न दिनु हुँदैन। “यहोवा कृपालु र दयालु हुनुहुन्छ, . . . पूर्वबाट पश्‍चिम जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।”b (भजन १०३:​८-१२) पहिले गरेको पापको लागि साँचो पश्‍चात्ताप गर्नेहरूलाई यहोवाले क्षमा दिनुहुन्छ, त्यसमा गर्भपतन पनि पर्छ।​—⁠भजन ८६:⁠५.

आमा वा बच्चाको जीवन खतरामा छ भने पनि के गर्भपतन गर्नु गलत हो?

परमेश्‍वरले गर्भमा रहेको बच्चाको जीवनलाई अनमोल ठान्‍नुहुन्छ भनेर हामीले थाह पायौँ। त्यसैले आमा वा बच्चाको जीवनलाई केही खतरा हुन सक्छ भन्दैमा गर्भपतन गर्नु यहोवाको नजरमा स्वीकार्य हुँदैन।

विरलै मात्र आउन सक्ने एउटा आकस्मिक अवस्था पनि छ। बच्चा जन्मिने बेला आमा र बच्चामध्ये एक जनालाई बचाउनुपर्ने भयो भने के गर्ने? त्यस्तो अवस्थामा कसको जीवन जोगाउने भनेर पति-पत्नीले नै निर्णय गर्नुपर्छ।

a बाइबलका केही अनुवादमा इस्राएलीहरूलाई दिइएको यो व्यवस्थालाई गर्भमा रहेको बच्चाको जीवनभन्दा आमाको जीवन बहुमूल्य हुन्छ भनेर बुझाउने तरिकाले अनुवाद गरिएको छ। तर यहाँ चलाइएको हिब्रू शब्दले आमा र बच्चामध्ये कसैको ज्यान जाने घटनालाई बुझाउँछ।

b बाइबलमा बताइएअनुसार परमेश्‍वरको नाम यहोवा हो।​—⁠भजन ८३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने