प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. १ pp. १४-१५
  • कृतज्ञता कसरी व्यक्‍त गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कृतज्ञता कसरी व्यक्‍त गर्ने?
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • ३ आदर गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • मेलमिलाप गर्नुहोस्‌, तर कसरी?
    ब्यूँझनुहोस्‌!—२०१५
  • समस्याबारे कसरी कुरा गर्ने?
    ब्यूँझनुहोस्‌!—२०१६
  • तपाईँको वैवाहिक सम्बन्धलाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. १ pp. १४-१५
आफ्नी पत्नीलाई फूलको गुच्छा दिन लागेका पति

परिवारका लागि | वैवाहिक जीवन

कृतज्ञता कसरी व्यक्‍त गर्ने?

चुनौती

वैवाहिक जीवन सफल बनाउने हो भने आपसमा कृतज्ञता व्यक्‍त गर्नु जरुरी छ। तर थुप्रै पतिपत्नीले आफ्नो जोडीको राम्रा गुणहरू याद गर्न छोड्‌छन्‌ अनि कृतज्ञता पनि व्यक्‍त गर्दैनन्‌। वैवाहिक जीवनसम्बन्धी एउटा किताबमाa एक जना सल्लाहकारले बताएअनुसार तिनीसित सल्लाह लिन आउने थुप्रै जोडी “वैवाहिक जीवनमा भइरहेको कुरामा भन्दा नभएको कुराहरूको विषयमा धेरै चिन्ता गर्छन्‌। तिनीहरू के कुरा छाँटकाँट गर्नुपर्छ भनेर सुन्‍न मेरो अफिसमा आउँछन्‌, के कुरा उस्तै राख्नुपर्छ भन्‍ने कुरा सुन्‍न होइन। तिनीहरू सबै जनाको कमजोरी भनेको तिनीहरू कृतज्ञता व्यक्‍त गर्न चुक्छन्‌।”

तपाईं र तपाईंको जोडी यो खतरादेखि कसरी जोगिन सक्नुहुन्छ?

तपाईंले के बुझ्नुपर्छ?

कृतज्ञता व्यक्‍त गर्दा वैवाहिक जीवनमा आउने तनाव कम हुन्छ। पतिपत्नीले एकअर्काका राम्रा गुणहरू याद गर्दा र स्वीकार्दा तिनीहरूको सम्बन्ध सुध्रिन्छ। विवाहित जोडी एकअर्काप्रति कृतज्ञ हुँदा ठूलठूला तनावसमेत कम हुन्छ।

श्रीमतीको लागि। अगाडि उल्लेख गरिएको किताबमा यस्तो लेखिएको छ, “परिवारको पालनपोषण गर्दा पुरुषहरूले कत्ति दबाब महसुस गर्छन्‌ भन्‍ने कुरा थुप्रै स्त्रीले यादै गर्दैनन्‌।” पतिपत्नी दुवै जना काम गर्छन्‌ भने पनि पतिलाई दबाब महसुस भइरहन सक्छ।

श्रीमान्‌को लागि। पत्नीले काम गरेर, छोराछोरी हुर्काएर वा घरायसी कामकाज गरेर परिवारको लागि गरिरहेको त्यागलाई पतिहरू अक्सर यादै गर्दैनन्‌। विवाह गरेको लगभग तीन वर्ष भएकी सुजाताb भन्छिन्‌: “हामी सबै जना गल्ती गर्छौं। मैले गल्ती गर्दा मलाई नरमाइलो लाग्छ। त्यसैले श्रीमान्‌ले मेरो घरायसी कामकाजको प्रशंसा गर्नुहुँदा मेरो गल्तीको बाबजुद पनि उहाँ मलाई माया गर्नुहुन्छ भन्‍ने महसुस गर्छु। अनि उहाँको साथ पाएको महसुस गर्छु र खुसी हुन्छु।”

यसको विपरीत, आफ्नो जोडीले वास्तै नगरेको महसुस गर्दा वैवाहिक बन्धन खतरामा पर्न सक्छ। दिया नाम गरेकी पत्नी भन्छिन्‌: “श्रीमान्‌ वा श्रीमतीले कदर नगर्दा आफ्नो कदर गर्ने अर्को व्यक्‍तिसित नजिकिन केही बेर लाग्दैन।”

तपाईं के गर्न सक्नुहुन्छ?

अवलोकन गर्नुहोस्‌। आउँदो हप्ता, तपाईंको जोडीले देखाउने राम्रा गुणहरू याद गर्नुहोस्‌। घर-व्यवहार राम्ररी चलाउन तपाईंको जोडीले के-कस्ता काम गर्छन्‌, त्यसलाई पनि ध्यान दिनुहोस्‌। कतिपय कुरा तपाईंले अहिलेसम्म याद नगर्नुभएको हुन सक्छ। हप्ताको अन्तमा यी कुराहरूको सूची बनाउनुहोस्‌: (१) आफ्नो जोडीमा याद गर्नुभएका राम्रा गुणहरू (२) तपाईंको जोडीले परिवारको फाइदाको लागि गरेको कामहरू।—बाइबलको सिद्धान्त: फिलिप्पी ४:८.

अवलोकन गर्नु किन आवश्‍यक छ? सपना नाम गरेकी पत्नी भन्छिन्‌, “विवाह गरेको केही वर्ष बितेपछि तपाईंले आफ्नो जोडीलाई सामान्य तरिकाले लिन थाल्नुहुन्छ। तपाईं आफ्नो जोडीले गरेका असल कामहरू याद गर्न छोड्‌नुहुन्छ अनि तिनले नगरेका कामहरूमा धेरै ध्यान दिन थाल्नुहुन्छ।”

आफैलाई सोध्नुहोस्‌: ‘के म आफ्नो जोडीको मेहनतको मोल गर्छु?’ जस्तै, तपाईंको श्रीमान्‌ले घरको कुनै मर्मतकार्य गर्नुभयो भने के तपाईं यो त उहाँको कर्तव्य नै हो भन्‍ने सोचेर धन्यवाद दिनदेखि पछि हट्‌नुहुन्छ? यदि तपाईं श्रीमान्‌ हुनुहुन्छ भने तपाईंकी श्रीमतीले बच्चा हुर्काउन गरेको कडा परिश्रमलाई हल्कासित लिंदै यो त उनले गर्नै पर्ने काम हो भन्‍ने सोचेर प्रशंसा गर्नुहुन्‍न कि? तपाईंको परिवारको फाइदाको लागि तपाईंको जोडीले गरेको काम चाहे सानो होस्‌ या ठूलो, सबै परिश्रमलाई याद गर्ने र त्यसको लागि कृतज्ञता व्यक्‍त गर्ने लक्ष्य राख्नुहोस्‌।—बाइबलको सिद्धान्त: रोमी १२:१०.

खुला मनले प्रशंसा गर्नुहोस्‌। बाइबलले कृतज्ञ होओ मात्र भनेको छैन तर “कृतज्ञ छौ भनी देखाओ” भनेको छ। (कलस्सी ३:१५) त्यसैले आफ्नो जोडीलाई कृतज्ञता व्यक्‍त गर्ने बानी बसाल्नुहोस्‌। विनय नाम गरेका पति भन्छन्‌: “मेरी श्रीमतीले मैले गरेको कुराको लागि कृतज्ञता व्यक्‍त गर्दा अझ असल श्रीमान्‌ बन्‍न अनि वैवाहिक सम्बन्ध बलियो पार्न अझ धेरै प्रयास गर्न मन लाग्छ।”—बाइबलको सिद्धान्त: कलस्सी ४:६.

आपसमा कृतज्ञता व्यक्‍त गर्ने पतिपत्नीको वैवाहिक सम्बन्ध बलियो हुन्छ। मनिष नाम गरेका पति यसो भन्छन्‌: “विवाहित जोडीले एकअर्काको राम्रो कुरामा ध्यान दिए भने थुप्रैको वैवाहिक सम्बन्ध टुट्‌दैन जस्तो लाग्छ। तिनीहरूले एकअर्कामा भएको राम्रो कुराहरूलाई सम्झिरहने भएकोले समस्या आइपर्दा सम्बन्ध टुटाइहाल्ने विचार गर्दैनन्‌।”

a Emotional Infidelity

b केही नामहरू परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “जुन कुराहरू प्रशंसायोग्य छन्‌, तिनै कुराहरूको विचार गरिरहो।”—फिलिप्पी ४:८.

  • “एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।”—रोमी १२:१०.

  • “तिमीहरूको बोली सधैं . . . दयालु होस्‌।”—कलस्सी ४:६.

इथन र टिया

इथन र टिया

“दैनिक जीवनमा तीनथुप्रो समस्या भोग्नुपर्छ जसले गर्दा शारीरिक र भावनात्मक रूपमा कमजोर हुन्छु। तर पतिको रूपमा मैले गरिरहेको कामको कदर गरेको कुरा टिया बारम्बार बताउने गर्छिन्‌। उनको कृतज्ञताका शब्दहरूले गर्दा म फेरि ताजगी पाउँछु।”

“मेरो कामको कारणले म भावनात्मक रूपमा एकदमै थकित हुन्छु। तर जब मेरो श्रीमान्‌ इथनले मेरो कामको प्रशंसा गर्नुहुन्छ अनि दिनभरिको कुरा उहाँलाई सुनाउँदा ध्यान दिएर सुन्‍नुहुन्छ, म ठूलो सान्त्वना पाउँछु। यसले गर्दा उहाँ मलाई माया गर्नुहुन्छ भनेर ढुक्क हुन्छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने