प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ३ पृ. ३
  • बाइबल—“परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल—“परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “प्रेरणाद्वारा लेखिएको” भन्‍नुको अर्थ के हो?
  • ‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • बाइबल लेख्न परमेश्‍वरले मानिसहरूलाई कसरी प्रेरित गर्नुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • बाइबल—परमेश्‍वरले हाम्रो लागि दिनुभएको सन्देश
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ३ पृ. ३
एक व्यापारीले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाउँछ

आवरण लेख | के बाइबल साँच्चै ईश्‍वरको वचन हो?

बाइबल—“परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?

बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? अथवा यो मानिसहरूको विचारधाराले भरिएको किताब मात्र हो जस्तो लाग्छ कि?

ख्रीष्टियन हुँ भनेर दाबी गर्ने मानिसहरूसमेत यस विषयमा विवाद गर्दै छन्‌। उदाहरणको लागि, सन्‌ २०१४ मा अमेरिकामा एउटा आम सर्वेक्षण गरियो। त्यस सर्वेक्षणअनुसार ख्रीष्टियन हुँ भनेर दाबी गर्नेमध्ये धेरैजसो मानिस “बाइबल कुनै न कुनै तरिकामा परमेश्‍वरसित सम्बन्धित छ” भन्‍ने कुरामा सहमत थिए। अर्कोतर्फ, सर्वेक्षणमा पाँच जनामा लगभग एक जनाले चाहिं बाइबललाई “लोक कथा, दन्त्य कथा र इतिहासको किताब अनि मानिसको विचारले भरिएको किताबको” रूपमा लिए। यसरी कुरा बाझिएकोले “प्रेरणाद्वारा लेखिएको” भन्‍नुको वास्तविक अर्थ बुझ्नु अपरिहार्य भएको छ।—२ तिमोथी ३:१६.

“प्रेरणाद्वारा लेखिएको” भन्‍नुको अर्थ के हो?

बाइबल ६६ वटा स-साना किताबहरूको सङ्‌गालो हो। यो लगभग १६ सय वर्षको अवधिमा ४० जना जति मानिसहरूले लेखेको किताब हो। तर प्रश्‍न उठ्‌छ, बाइबल मानिसहरूले लेखेको किताब हो भने यसलाई “परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” किताब भन्‍न कसरी मिल्छ? सरल भाषामा भन्‍नुपर्दा, “परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” भन्‍नुको अर्थ यसमा भएका जानकारीहरूको स्रोत परमेश्‍वर हुनुहुन्छ भन्‍ने हो। यसबारे बाइबल यसो भन्छ: “पवित्र शक्‍ति पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।” (२ पत्रुस १:२१) अर्को शब्दमा भन्‍नुपर्दा, बाइबल लेखकहरूलाई सन्देश दिन परमेश्‍वरले आफ्नो सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति प्रयोग गर्नुभयो। यसलाई एक जना व्यापारीले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाएको कुरासित तुलना गर्न सकिन्छ। त्यो पत्रको स्रोत लेख्ने व्यक्‍ति होइन, लेख्न लगाउने व्यक्‍ति हुन्छ।

केही बाइबल लेखकले परमेश्‍वरको सन्देश स्वर्गदूतबाट मौखिक रूपमा सुने। कतिले भने परमेश्‍वरबाट दर्शन देखे। अरूले चाहिं निदाइरहेको बेला सपनाको रूपमा परमेश्‍वरको सन्देश पाए। परमेश्‍वरले कहिलेकाहीं मानिसहरूलाई तिनीहरूको आफ्नै शैलीमा सन्देश लेख्न छुट दिनुभयो भने कहिलेकाहीं चाहिं उहाँले भन्‍नुभएको एउटा-एउटा शब्द जस्ताको तस्तै लेख्न लगाउनुभयो। कुरा जेसुकै भए पनि ती लेखकहरूले आफ्नो विचार होइन, परमेश्‍वरको विचार लेखे।

बाइबल लेखहरूलाई प्रेरणा दिनुहुने परमेश्‍वर नै हुनुहुन्थ्यो भनेर हामी कसरी पक्का हुन सक्छौं? बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भन्‍ने कुरामा हामीलाई विश्‍वस्त पार्ने तीन वटा प्रमाण विचार गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने