प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ४ पृ. १६
  • पोलिया बेरिको चहकिलो निलो रङ्‌ग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पोलिया बेरिको चहकिलो निलो रङ्‌ग
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
  • उफ्रने बेरी चाख्नुभएको छ?
    ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ४ पृ. १६
पोलिया बेरि

सृष्टि या संयोग?

पोलिया बेरिको चहकिलो निलो रङ्‌ग

अफ्रिकाको विभिन्‍न ठाउँमा पाइने यो सानो बेरि पोलिया कन्डेनसेटा भनिने बोटमा फल्छ। वनस्पतिहरूमध्ये सबैभन्दा चम्किलो निलो रङ्‌ग भएको बेरि यही नै हो। तर यसमा कुनै निलो रङ्‌ग दिने पदार्थ (pigment) भने हुँदैन। त्यसोभए यसको यस्तो सानदार रङ्‌गको रहस्य के होला?

विचार गर्नुहोस्‌: यो बेरिको बोक्रामा भएको कोष भित्तामा (cell wall) स-साना रेसाहरू हुन्छन्‌ जुन सलाईको काँटीहरू जस्तै मिलेर बसेका हुन्छन्‌। यी रेसाहरूको विभिन्‍न तह एक आपसमा घुमाउरो तरिकामा खप्टिएका हुन्छन्‌। यी रेसाहरू आफैमा निला हुँदैनन्‌ बरु, रेसाहरू खप्टिएको तरिकाले गर्दा यस्तो निलो रङ्‌ग देखिएको हो। त्यसैले रङ्‌ग दिने पदार्थले गर्दा नभई यसको बनौटले गर्दा नै यो बेरि गाढा अनि चम्किलो रङ्‌गको देखिन्छ। यो बेरिको प्रायजसो कोषहरू निला देखिन्छन्‌। तहहरूको संरचनाको कारण यो बेरिलाई विभिन्‍न कोणबाट हेर्दा यसको कुनै-कुनै भाग हरियो, गुलाबी वा पहेंलो देखिन्छ। यसलाई ध्यान दिएर हेर्ने हो भने यसको रङ्‌ग एकनासको देखिंदैन।

अघि बताइएझैं पोलिया बेरिमा रङ्‌ग दिने पदार्थ हुँदैन त्यसैले यसको रङ्‌ग उड्‌दैन। यहाँसम्म कि सय वर्षभन्दा अघि बटुलेका बेरि पनि भर्खरै टिपेको बेरिझैं ताजा देखिन्छन्‌। अनुसन्धानकर्ताहरूले बताएअनुसार यो बेरिमा खान मिल्ने गुदी हुँदैन केवल बिउ मात्र हुन्छ। तैपनि यसको चम्किलो रङ्‌गले चराहरूलाई आकर्षित गर्छ।

वैज्ञानिकहरूले पोलिया बेरिको यस्तो अद्‌भुत डिजाइन हेरेर रङ्‌ग नजाने खालको पेन्ट अनि नक्कल गर्न नसकिने कागज बनाउन सकिन्छ भनी अनुमान लगाएका छन्‌।

तपाईंको विचार कस्तो छ? पोलिया बेरिको यस्तो चहकिलो निलो रङ्‌ग क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने