प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. ५ pp. १०-११
  • युद्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्ध
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्राचीन समयका इस्राएलीहरूले किन युद्ध लडे?
  • के परमेश्‍वर अहिले हुने युद्धहरूमा कसैको पक्ष लिनुहुन्छ?
  • युद्ध नहुने समय कहिले आउला?
  • पुरातन इस्राएलीहरूले युद्ध लडे तर हामी किन लड्‌दैनौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • युद्धको अन्त
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • युद्ध, यो पछि के हुनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. ५ pp. १०-११
बन्दुक टुक्रा-टुक्रा भएको

बाइबलको दृष्टिकोण

युद्ध

प्राचीन समयमा इस्राएलीहरू यहोवा परमेश्‍वरको नाममा युद्ध लड्‌थे। के यसको मतलब अहिले हुने युद्धहरूलाई परमेश्‍वर समर्थन गर्नुहुन्छ?

प्राचीन समयका इस्राएलीहरूले किन युद्ध लडे?

मानिसहरू के भन्छन्‌?

इस्राएलीहरू रक्‍तपिपासु “युद्ध देवता”-को उपासना गर्थे।

बाइबल के भन्छ?

इस्राएलीहरूले जुन राष्ट्रहरूसँग युद्ध गरे ती राष्ट्रका मानिसहरू एकदमै हिंस्रक र भ्रष्ट थिए। तिनीहरूको लागि पशुसम्भोग, हाडनाताकरणी र बच्चाहरूको बलिदान गर्नु सामान्य कुरा थियो। सुध्रिनको लागि तिनीहरूलाई सयौं वर्षको समय दिंदा पनि तिनीहरूले आफ्नो चालचलन सुधारेनन्‌। त्यसैले परमेश्‍वरले यसो भन्‍नुभयो, “म तिमीहरूका सामनेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामानै अशुद्ध भएका छन्‌।”—लेवी १८:२१-२५; यर्मिया ७:३१.

“यी जातिको दुष्टताले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले यिनीहरूलाई तिमीहरूका सामनेबाट निकाल्नुहुनेछ।”—व्यवस्था ९:५.

के परमेश्‍वर अहिले हुने युद्धहरूमा कसैको पक्ष लिनुहुन्छ?

तपाईंले याद गर्नुभएको छ होला

युद्ध गर्ने दुवै पक्षका धार्मिक नेताहरू परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ भनेर दाबी गर्छन्‌। एउटा किताबa यसो भन्छ, “अहिलेसम्म लडिएका प्रत्येक युद्धहरू कतै न कतै धर्मसित सम्बन्धित छ।”

बाइबल के भन्छ?

साँचो ख्रीष्टियनहरू आफ्ना शत्रुहरूसँग युद्ध लड्‌दैनन्‌। प्रेषित पावलले ख्रीष्टियनहरूलाई यस्तो आग्रह गरे, “सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर। प्रियहरू हो, साटो नफेर।”—रोमी १२:१८, १९.

आफ्ना चेलाहरूलाई युद्धमा पठाउनुको साटो येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो। यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्‍न सक्नेछौ।” (मत्ती ५:४४, ४५) आफू बसिरहेको देश नै युद्ध लड्‌न गए पनि ख्रीष्टियनहरू तटस्थ रहनुपर्छ; तिनीहरू ‘यस संसारका होइनन्‌।’ (यूहन्‍ना १५:१९) परमेश्‍वर सबै राष्ट्रका आफ्ना उपासकहरूले शत्रुहरूलाई पनि प्रेम गरेको र संसारबाट अलग रहेको चाहनुहुन्छ। त्यसोभए के परमेश्‍वर आफैचाहिं युद्धमा कसैको पक्ष लिनुहुन्छ र?

“मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, म यहूदीहरूको हातमा नपरोस्‌ भनेर मेरा सेवकहरूले लडाइँ गर्नेथिए। तर कुरा के हो भने, मेरो राज्य यस संसारको होइन।”—यूहन्‍ना १८:३६.

युद्ध नहुने समय कहिले आउला?

मानिसहरू के भन्छन्‌?

युद्ध रोक्न सकिंदैन। एउटा किताबअनुसारb युद्ध भनेको त सधैं भइरहने कुरा हो।

बाइबल के भन्छ?

यदि कसैसँग युद्ध गर्ने इच्छा छैन अनि युद्धको लागि चाहिने हातहतियार पनि छैन भने युद्ध नै हुनेछैन। स्वर्गबाट शासन गर्ने परमेश्‍वरको राज्यले अब चाँडै युद्धका हातहतियार नष्ट गर्नेछ र मानिसहरूलाई शान्तिमा बस्न सिकाउनेछ। परमेश्‍वरले “टाढा टाढासम्मका सामर्थी जातिहरूको झगडाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्नो तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्‌। जाति जातिहरूले एकअर्काको विरुद्धमा तरवार चलाउनेछैनन्‌ नता तिनीहरूले फेरि कहिल्यै लडाइँ गर्न सिक्नेछन्‌।”—मीका ४:३.

अहिलेका सरकारहरू आफ्नो स्वार्थी इच्छा पूरा गर्न मात्र तल्लीन छन्‌। सरकारहरूले बनाएका अन्यायी नीतिले गर्दा जातीय विभाजन, भाँडभैलो अनि युद्ध जस्ता कुराहरू निम्तिएको छ। तर परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्न थालेपछि युद्धलगायत अरू सबै नराम्रा कुराहरूको अन्त हुनेछ। परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ, “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌ किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.

“पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:९.

a The Causes of War

b War and Power in the 21st Century

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने