प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. ६ pp. १४-१५
  • परमेश्‍वरको नाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको नाम
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको नाम के हो?
  • परमेश्‍वरको नामको अर्थ के हो?
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • परमेश्‍वरको नाम—यसको प्रयोग अनि अर्थ
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • ईश्‍वरको नाम थाह पाउनुहोस्‌ र प्रयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. ६ pp. १४-१५
टेट्राग्रामटन

बाइबलका पुराना पाण्डुलिपिहरूमा हिब्रू अक्षरमा परमेश्‍वरको नाम प्रशस्तै भेटिन्छ

बाइबलको दृष्टिकोण

परमेश्‍वरको नाम

संसारका लाखौं मानिस परमेश्‍वरलाई विभिन्‍न पदवीले सम्बोधन गर्छन्‌। जस्तै: प्रभु, ईश्‍वर, भगवान्‌, अल्लाह र परमेश्‍वर। तर परमेश्‍वरको आफ्नै नाम छ। के तपाईंले उहाँको नाम प्रयोग गर्नुपर्छ?

परमेश्‍वरको नाम के हो?

मानिसहरू के भन्छन्‌?

थुप्रै ख्रीष्टियन भनौंदाहरूले परमेश्‍वरको नाम येशू हो भन्छन्‌। कोही भने सर्वशक्‍तिमान्‌ परमेश्‍वर एकै जना हुनुभएकोले उहाँको नाम तोकेरै लिइराख्नु त्यति आवश्‍यक छैन भन्‍ने गर्छन्‌। अनि अरू कतिपयले भने परमेश्‍वरको नाम लिनु उचित छैन भनेर तर्क गर्छन्‌।

बाइबल के भन्छ?

सर्वशक्‍तिमान्‌ परमेश्‍वरको नाम येशू होइन किनभने येशू सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्‍न। येशूले आफ्नो चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे बुबा, तपाईंको नाम पवित्र पारियोस्‌।” (लूका ११:२) येशू आफैले पनि यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, तपाईंको नाम महिमित पार्नुहोस्‌।”—यूहन्‍ना १२:२८.

बाइबलमा परमेश्‍वरले यस्तो भन्‍नुभएको छ: “म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो। औ मेरो महिमा म अरूलाई दिनेछैनँ।” (यशैया ४२:८) थुप्रै बाइबल अनुवादबाट परमेश्‍वरको नाम हटाइएको छ र त्यसको सट्टामा “परमप्रभु” जस्ता पदवी प्रयोग गरिएको छ। परमेश्‍वरको नाउँ चारवटा हिब्रू व्यञ्जनवर्ण (अङ्‌ग्रेजीमा YHWH) मिलेर बनेको छ। यसलाई नेपालीमा साधारणतया “यहोवा” भनी अनुवाद गरिन्छ। बाइबलको हिब्रू धर्मशास्त्रमा लगभग ७,००० पटक “यहोवा” नाम प्रयोग गरिएको छ।a यो सङ्‌ख्या बाइबलमा प्रयोग गरिएको “परमेश्‍वर”, “सर्वशक्‍तिमान्‌” वा “परमप्रभु” जस्ता पदवीहरूभन्दा धेरै हो। अनि बाइबलमा अब्राहाम, मोशा, दाऊद जस्ता नामभन्दा पनि धेरै ‘यहोवा’ नाम प्रयोग गरिएको छ।

यहोवा नामको उचित ढङ्‌गमा प्रयोग गर्न बाइबलमा कतै पनि रोक लगाइएको छैन। बरु परमेश्‍वरका सेवकहरूले परमेश्‍वरको नाम नहिचकिचाईकन प्रयोग गर्थे भनेर बाइबलले देखाउँछ। तिनीहरूले आफ्ना छोराछोरीलाई दिएको नामबाट यो कुरा स्पष्ट हुन्छ। जस्तै: बाइबलका पात्र ‘एलिया’-को नामको अर्थ “मेरो परमेश्‍वर यहोवा हुनुहुन्छ” हो अनि ‘जकरिया’-को नामको अर्थचाहिं “यहोवाले सम्झनुभएको छ” हो। परमेश्‍वरका सेवकहरू दिनहुँ कुराकानी गर्दा परमेश्‍वरको नाम लिन हिचकिचाउँदैन थिए।—रूथ २:४.

परमेश्‍वर हामीले उहाँको नाम प्रयोग गरेको चाहनुहुन्छ। बाइबलले यस्तो प्रोत्साहन दिएको छ, “परमप्रभुमा धन्यवाद चढाओ, उहाँको नाउँमा पुकारा गर।” (भजन १०५:१) ‘उहाँको नाउँको सोच गर्ने’ व्यक्‍तिहरूलाई उहाँले बिर्सनुहुन्‍न।—मलाकी ३:१६.

“तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—भजन ८३:१८.

परमेश्‍वरको नामको अर्थ के हो?

केही बाइबलविद्‌हरू हिब्रू भाषामा यहोवा भन्‍ने नामको अर्थ “उहाँले गराउनुहुन्छ” हो भन्‍ने गर्छन्‌। यसको मतलब यहोवा आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ आफै जे-जस्तो बन्‍नु परे पनि बन्‍न सक्नुहुन्छ अथवा आफ्नो सृष्टिलाई जे-जस्तो बनाउनु पऱ्‍यो भने पनि बनाउन सक्नुहुन्छ भन्‍ने हो। सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई मात्र यस्तो नाम सुहाउँछ।

यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

परमेश्‍वरको नाम थाह पायौं भने यसले उहाँप्रतिको हाम्रो दृष्टिकोणलाई बदलिदिन्छ। परमेश्‍वरको नाम थाह पाएपछि उहाँसित नजिक हुन अझ सजिलो हुन्छ। हुन पनि कसैको नाम नै थाह छैन भने कसरी नजिक हुने? परमेश्‍वरले आफ्नो नाम हामीलाई बताउनुभएको कुराबाट हामीले उहाँलाई चिनेको र उहाँसित नजिक भएको चाहनुहुन्छ भन्‍ने कुरा थाह पाउन सक्छौं।—याकूब ४:८.

आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुने परमेश्‍वर सधैं आफ्नो नामअनुसारै चल्नुहुनेछ भन्‍ने कुरामा पक्का हुनुहोस्‌। त्यसैले त बाइबल भन्छ: “तपाईंको नाउँ जान्‍नेहरू जत्तिचाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌।” (भजन ९:१०) परमेश्‍वरको वफादार प्रेम, दया, करुणा र न्याय जस्ता अद्वितीय गुणहरू उहाँको नामसित सम्बन्धित छन्‌। (प्रस्थान ३४:५-७) यो कुराले उहाँप्रतिको तपाईंको भरोसा अझ बढाउनेछ। उहाँ कहिल्यै पनि आफ्ना गुणहरू देखाउन चुक्नुहुनेछैन र सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउनु कत्ति सान्त्वनादायी!

सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई व्यक्‍तिगत नामले चिनिन पाउनु ठूलो सुअवसर हो। यसले गर्दा तपाईंले अहिले र भविष्यमा थुप्रै आशिष्‌ पाउन सक्नुहुन्छ। परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु।”—भजन ९१:१४, NRV.

“हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”—प्रेषित २:२१.

परमेश्‍वरको नाम विभिन्‍न भाषामा

विभिन्‍न भाषामा परमेश्‍वरको नाम

a कुनै-कुनै अनुवादमा भने काहीं-काहीं मात्र परमेश्‍वरको नाम भेटिन्छ। पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा परमेश्‍वरको नाम जहाँ-जहाँ हुनपर्ने हो, त्यहाँ-त्यहाँ प्रयोग गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने