प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. १ pp. ४-५
  • साँचो ईश्‍वरको नाम के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो ईश्‍वरको नाम के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो ईश्‍वरको नाम जानेर के फरक पर्छ?
  • यो नामले के प्रकट गर्छ?
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परमेश्‍वरको नाम—यसको प्रयोग अनि अर्थ
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • ईश्‍वरको नाम थाह पाउनुहोस्‌ र प्रयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. १ pp. ४-५

साँचो ईश्‍वरको नाम के हो?

नयाँ व्यक्‍तिसित चिनजान बढाउन पहिला हामी तिनको नाम सोध्छौँ। तपाईँले साँचो ईश्‍वरलाई “तपाईँको नाम के हो?” भनेर सोध्नुभयो भने उहाँले के जवाफ दिनुहुन्छ होला?

“म यहोवा हुँ। मेरो नाम त्यही हो।”—यसैया ४२:८.

के यो नाम तपाईँले पहिला कहिल्यै सुन्‍नुभएको थियो? सायद थिएन होला। यो नाम हिब्रू भाषाको चार वटा व्यञ्जन वर्ण मिलेर बनेको हो। यी अक्षरहरूलाई अङ्‌ग्रेजीमा YHWH वा JHVH लेखिन्छ। यसलाई अङ्‌ग्रेजीमा “जेहोभा” र नेपालीमा “यहोवा” भनेर उच्चारण गरिन्छ। वास्तवमा बाइबलको मूल भाषाका लेखोटहरूमा साँचो ईश्‍वरको नाम लगभग ७ हजार पटक उल्लेख गरिएको छ। तर अहिले थुप्रै बाइबल अनुवादकहरूले यो नाम आफ्नो अनुवादमा कतै-कतै मात्र उल्लेख गरेका छन्‌ र त्यसको ठाउँमा “परमप्रभु” भन्‍ने पदवी चलाएका छन्‌। त्यसैले यो नाम ओझेलमा परेको छ।

मृत सागरमा फेला परेको पाण्डुलिपिमा ईश्‍वरको नाम हिब्रू भाषामा

मृत सागरमा फेला परेको भजनसङ्‌ग्रहको पाण्डुलिपि इस्वी संवत्‌ प्रथम शताब्दी, हिब्रू

टिन्डेलको अनुवादमा ईश्‍वरको नाम अङ्‌ग्रेजी भाषामा

टिन्डेलको अनुवाद १५३०, अङ्‌ग्रेजी

रेना-भालेरा संस्करणको स्पेनिश बाइबलमा ईश्‍वरको नाम

रेना-भालेरा संस्करण १६०२, स्पेनिश

युनियन भर्सनको बाइबलमा ईश्‍वरको नाम चिनियाँ भाषामा

युनियन भर्सन १९१९, चिनियाँ

साँचो ईश्‍वरको नाम हिब्रू भाषाको मौलिक लेखोट र थुप्रै अनुवादमा पाइन्छ

साँचो ईश्‍वरको नाम जानेर के फरक पर्छ?

साँचो ईश्‍वर आफ्नो नामलाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ। उहाँले आफ्नो नाम आफैले रोज्नुभएको हो; उहाँको नाम कसैले राखिदिएको होइन। यहोवाले यस्तो घोषणा गर्नुभयो: “मेरो नाम सधैँका लागि यही रहनेछ अनि पुस्तौँपुस्तासम्म म यही नामले चिनिनेछु।” (प्रस्थान ३:१५) बाइबलमा ईश्‍वरको नाम सर्वशक्‍तिमान्‌, बुबा, परमप्रभु वा परमेश्‍वर जस्ता ईश्‍वरको पदवीभन्दा धेरै पटक उल्लेख गरिएको छ। साथै उहाँको नाम अब्राहाम, मोसा, दाउद वा येसु जस्ता बाइबल पात्रहरूको नामभन्दा धेरै पटक उल्लेख भएको पाइन्छ। अझ महत्त्वपूर्ण कुरा, आफ्नो नाम यहोवा हो भनेर सबैले थाह पाएको उहाँ चाहनुहुन्छ। बाइबल भन्छ: “मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।”—भजन ८३:१८.

साँचो ईश्‍वरको छोरा येसु यस नामलाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ। येसुले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) उहाँ आफैले पनि प्रार्थना गर्नुहुँदा यसो भन्‍नुभयो: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” (युहन्‍ना १२:२८) येसुले साँचो ईश्‍वरको नाम महिमित पार्ने कामलाई जीवनमा पहिलो स्थान दिनुभयो। त्यसैले उहाँले प्रार्थना गर्दा यसो भन्‍न सक्नुभयो: “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।”—युहन्‍ना १७:२६.

साँचो ईश्‍वरलाई चिन्‍नेहरू यस नामलाई महत्त्वपूर्ण ठान्छन्‌। प्राचीनकालमा साँचो ईश्‍वरका सेवकहरूले सुरक्षा र छुटकारा पाउन उहाँको नाम पुकार्नुपर्छ भनेर बुझेका थिए। “यहोवाको नाम बलियो धरहरा हो; धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।” (हितोपदेश १८:१०) “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।” (योएल २:३२) साँचो ईश्‍वरको उपासकहरू उहाँको नाम पुकार्छन्‌। त्यसैले तिनीहरू अरू धर्म मान्‍ने मान्छेहरूभन्दा फरक छन्‌ भनी बाइबलले देखाउँछ। “जातिजातिका मानिसहरू आ-आफ्ना देवताको नाममा हिँड्‌नेछन्‌ तर हामी भने सदासर्वदा यहोवा हाम्रा परमेश्‍वरको नाममा हिँड्‌नेछौँ।”—मिका ४:५; प्रेषित १५:१४.

यो नामले के प्रकट गर्छ?

यो नामले ईश्‍वरको छुट्टै चिनारी दिन्छ। थुप्रै शास्त्रविद्‌अनुसार यहोवा नामको अर्थ “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ” भन्‍ने हो। आफ्नो नामको अर्थ के हो भनेर बुझाउन यहोवाले मोसालाई यसो भन्‍नुभयो: “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु।” (प्रस्थान ३:१४) स्पष्ट छ, उहाँको नामले उहाँलाई सबै थोकको सृष्टिकर्ताको रूपमा मात्र चिनाउँदैन। यसले उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न आवश्‍यकताअनुसार जे पनि बन्‍न सक्नुहुन्छ र आफ्नो सृष्टिलाई जे पनि बनाउन सक्नुहुन्छ भन्‍ने कुरा बुझाउँछ। ईश्‍वरलाई पुकार्न चलाइने उपनामहरूले उहाँको ओहदा, अख्तियार वा शक्‍तिलाई बुझाउँछ। तर उहाँको नाम यहोवाले मात्र उहाँ वास्तवमा कस्तो व्यक्‍ति हुनुहुन्छ र के बन्‍न सक्नुहुन्छ भनेर प्रकट गर्छ।

यो नामले ईश्‍वर हाम्रो चासो लिनुहुन्छ भनेर देखाउँछ। ईश्‍वरको नामको अर्थबाट उहाँ हामीलगायत आफ्ना सबै सृष्टिको ख्याल राख्नुहुन्छ भनेर बुझिन्छ। हामीले उहाँको नाम थाह पाएको र प्रयोग गरेको चाहनुभएकोले नै उहाँले आफ्नो नाम प्रकट गर्नुभएको हो। कुरा स्पष्ट छ, हामीले उहाँलाई कुनै परिचय नभएको काल्पनिक व्यक्‍ति होइन तर वास्तविक व्यक्‍तिको रूपमा हेरेको उहाँ चाहनुहुन्छ।—भजन ७३:२८.

साँचो ईश्‍वरलाई नाम लिएर पुकार्दा उहाँप्रतिको हाम्रो चासो देखिन्छ। उदाहरणको लागि, कसैसित मित्रता गाँस्न चाहनुहुन्छ भने तिनले पक्कै पनि तपाईँको नाम लिएको चाहनुहुन्छ। तर तिनले तपाईँको नाम लिँदैनन्‌ भने तपाईँलाई कस्तो लाग्छ? तिनी तपाईँसित मित्रता गाँस्न चाहँदैनन्‌ भन्‍ने निष्कर्षमा पुग्नुहुन्छ होला। ईश्‍वरको विषयमा पनि त्यस्तै हो। उहाँले आफ्नो नाम प्रकट गर्नुभएको छ र त्यो नाम हामीले प्रयोग गरेको उहाँ चाहनुहुन्छ। हामीले नामै लिएर उहाँलाई पुकाऱ्‍यौँ भने उहाँसित घनिष्ठ हुन चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ। किन? “उहाँको नामबारे सोच्नेहरू [वा “उहाँको नामलाई अनमोल ठान्‍नेहरू,” फुटनोट]”-लाई उहाँ याद गर्नुहुन्छ।—मलाकि ३:१६.

साँचो ईश्‍वरको नाम थाह पाउनु उहाँलाई चिन्‍ने पहिलो कदम हो। तर उहाँको नाम थाह पाएर मात्र पुग्दैन। उहाँ वास्तवमा कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर पनि बुझ्नुपर्छ।

साँचो ईश्‍वरको नाम के हो? साँचो ईश्‍वरको नाम यहोवा हो। यो नामले उहाँको छुट्टै चिनारी दिन्छ। यसले उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न सक्षम हुनुहुन्छ भनी चिनाउँछ

साँचो ईश्‍वर कहाँबाट आउनुभयो?

यो प्रश्‍न धेरैजसो मानिसको मनमा उठ्‌छ। सायद तपाईँको मनमा पनि उठेको थियो होला। यसलाई यसरी विचार गर्न सक्छौँ: यस ब्रह्‍माण्ड र यसमा भएका सबै कुराहरू कुनै स्रोत वा सृष्टिकर्तामार्फत अस्तित्वमा आएका हुन्‌ भने ईश्‍वरचाहिँ कहाँबाट आउनुभयो त?

यो भौतिक ब्रह्‍माण्डको सुरुवात छ भनेर प्रायजसो वैज्ञानिकहरूले मानिलिन्छन्‌। यो कुरा बाइबलले पनि मानिलिन्छ। यसको पहिलो शास्त्रपदमा यस्तो लेखिएको छ: “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”—उत्पत्ति १:१.

यो ब्रह्‍माण्ड आफै अस्तित्वमा आएन; यो अस्तित्वमै नभएको कुराबाट आएको हुनै सक्दैन। अस्तित्वमै नभएको कुराबाट कुनै कुरा अस्तित्वमा आउन सक्दैन। यदि ब्रह्‍माण्डको सुरुवातअघि कुनै कुरा थिएन भने आज यो ब्रह्‍माण्ड पनि अस्तित्वमा हुने थिएन। हुनत यसबारे हामी सबै कुरा बुझ्न सक्दैनौँ तर सधैँ अस्तित्वमा भएको अदृश्‍य स्रोतबाट नै यो ब्रह्‍माण्ड अस्तित्वमा आएको हुनुपर्छ। साँचो ईश्‍वर यहोवा जो सर्वशक्‍तिमान्‌ र बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ, उहाँ नै सबै कुराको स्रोत हुनुहुन्छ।—युहन्‍ना ४:२४.

बाइबलले यहोवाबारे यसो भन्छ: “पहाडहरूको जन्म हुनुअघि नै, तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै, अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्‍वर हुनुहुन्छ।” (भजन ९०:२) हो, साँचो ईश्‍वर सधैँ अस्तित्वमा हुनुहुन्छ। उहाँले नै “सुरुमा” ब्रह्‍माण्ड सृष्टि गर्नुभयो।—प्रकाश ४:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने