प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या १ पृ. ८-९
  • प्रेम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेम
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “पूर्ण एकतामा गाँस्ने बन्धन”
  • प्रेम (अगापे) के होइन र के हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
  • प्रेम—एउटा अनमोल गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या १ पृ. ८-९
एक आनन्दित दम्पती

आनन्दतर्फ लैजाने बाटो

प्रेम

मानिसहरू प्रेमको चाह गर्छन्‌। कसैको पनि वैवाहिक जीवन, परिवार वा मित्रता प्रेमविना फस्टाउन सक्दैन। त्यसैले मानसिक रूपमा स्वस्थ रहन र आनन्दित हुन प्रेम चाहिन्छ। वास्तवमा प्रेम के हो?

यहाँ उल्लेख गरिएको प्रेम रोमान्टिक प्रेम होइन, जसको आफ्नै महत्त्व छ। बरु यहाँ उल्लेख गरिएको प्रेमचाहिँ यस्तो उत्कृष्ट प्रेम हो, जसले आफ्नो भन्दा अरूको हित खोज्न उत्प्रेरित गर्छ। यो प्रेम बाइबलको सिद्धान्तमा आधारित छ तर यसमा न्यानोपन र भावना पनि समावेश छ।

प्रेमबारे गरिएको एउटा मन छुने व्याख्या यस्तो छ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, फुर्ती लगाउँदैन, घमन्डले फुल्दैन, अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ। यसले सबै कुरा खप्छ, . . . सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ। प्रेम कहिल्यै अन्त हुँदैन।”—१ कोरिन्थी १३:४-८.

यस्तो प्रेम “कहिल्यै अन्त” हुँदैन, यो सधैँ टिकिरहन्छ। यो समयसँगै अझ बलियो हुँदै जान्छ। अनि यो प्रेम धीरजी, दयालु र क्षमाशील हुने भएकोले यो “पूर्ण एकतामा गाँस्ने बन्धन हो।” (कलस्सी ३:१४) त्यसकारण त्रुटिपूर्ण भए तापनि यस्तो प्रेमद्वारा बाँधिएको बन्धन सुरक्षित हुन्छ र हामीलाई आनन्दित बनाउँछ। उदाहरणको लागि, वैवाहिक बन्धनबारे विचार गर्नुहोस्‌।

“पूर्ण एकतामा गाँस्ने बन्धन”

येशू ख्रीष्टले वैवाहिक जीवनबारे महत्त्वपूर्ण सिद्धान्तहरू सिकाउनुभयो। उदाहरणको लागि, उहाँले यसो भन्‍नुभयो: “‘पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्‌’ . . . त्यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ती १९:५, ६) येशूको यस भनाइमा कम्तीमा दुइटा महत्त्वपूर्ण सिद्धान्त समावेश छन्‌।

“ती दुई एउटै शरीर हुनेछन्‌।” वैवाहिक सम्बन्ध सबैभन्दा घनिष्ठ सम्बन्ध हो अनि प्रेमले यो सम्बन्धलाई सुरक्षित राख्छ। प्रेमले पति र पत्नीलाई अरूसित नाजायज सम्बन्ध राख्नदेखि रोक्छ अर्थात्‌ आफ्नो पति वा पत्नीबाहेक अरूसित “एउटै शरीर” हुन दिँदैन। (१ कोरिन्थी ६:१६; हिब्रू १३:४) विश्‍वासघातले एकअर्काप्रतिको भरोसा तोड्‌छ र वैवाहिक जीवनलाई तहसनहस पार्छ। छोराछोरी छन्‌ भने तिनीहरूलाई भावनात्मक रूपमा चोट पुग्न सक्छ। यसले गर्दा तिनीहरूलाई आफूले माया नपाएको जस्तो लाग्न सक्छ र असुरक्षित महसुस गर्नुका साथै मनमा द्वेष पाल्न सक्छन्‌।

“जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ।” विवाह पवित्र बन्धन हो। यो कुरा मानिलिएका दम्पतीहरूले आफ्नो वैवाहिक सम्बन्ध बलियो बनाउन निकै मेहेनत गर्छन्‌। तिनीहरू समस्या आउँदा आफ्नो वैवाहिक सम्बन्ध तोड्‌ने बहाना खोज्दैनन्‌। तिनीहरूको प्रेम बलियो र सहनशील हुन्छ। यस्तो प्रेमले “सबै कुरा खप्छ,” समस्याहरू आइपर्दा पनि सुमधुर सम्बन्ध र शान्ति कायम राख्न मदत गर्छ।

आमाबुबाबीच निःस्वार्थ प्रेम छ भने छोराछोरीलाई पनि निकै फाइदा हुन्छ। जेसिका नाम गरेकी एक युवतीले यसो भनिन्‌: “ममीड्याडीले मनैदेखि एकअर्कालाई प्रेम र आदर गर्नुहुन्छ। ममीले ड्याडीको आदर गर्नुभएको देख्दा मलाई पनि उहाँजस्तै हुन मन लाग्छ। विशेषगरि हामी केटाकेटीहरूसित कुराकानी गर्नुहुँदा उहाँ ड्याडीलाई कति धेरै आदर गर्नुहुन्छ भनेर स्पष्टै देखिन्छ।”

परमेश्‍वरको प्रमुख गुण प्रेम हो। बाइबल पनि यसो भन्छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) त्यसैले यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरामा छक्क मान्‍नुपर्दैन। (१ तिमोथी १:११) हाम्रो सृष्टिकर्ताका गुणहरू—विशेषगरि उहाँको प्रेमको अनुकरण गर्न भरमग्दुर प्रयास गऱ्‍यौँ भने हामी पनि आनन्दित हुनेछौँ। एफिसी ५:१, २ ले यस्तो आग्रह गर्छ: “प्यारा केटाकेटीहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ, अनि . . . तिमीहरू पनि प्रेमको बाटोमा हिँडिरहो।”

मुख्य बुँदाहरू

‘प्रेम धीरजी र दयालु हुन्छ। यसले सबै कुरा खप्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ। प्रेम कहिल्यै अन्त हुँदैन।’—१ कोरिन्थी १३:४-८.

प्रेमले हाम्रो आनन्द बढाउँछ किनभने . . .

  • यसले निःस्वार्थ भई अरूको हित खोज्न झकझकाउँछ

  • यो समयसँगै बलियो हुँदै जान्छ

  • यसले मित्रता र वैवाहिक सम्बन्धलाई बलियो र दिगो बनाउँछ

  • यसले छोराछोरीलाई उन्‍नति गर्न र सुरक्षित महसुस गर्न मदत गर्छ

  • यसले सृष्टिकर्ताको अनुकरण गर्न उत्प्रेरित गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने