प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 No. १ pp. १४-१५
  • आशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आशा
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति आउनुअघिको आँधी
  • परमेश्‍वरको राज्यमा “शान्ति छाउनेछ”
    ब्यूँझनुहोस्‌!—२०१९
  • भविष्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • भविष्यमा पूरा हुने प्रतिज्ञाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 No. १ pp. १४-१५
एक जना मानिस भीडबाट टाढा जाँदै

आनन्दतर्फ लैजाने बाटो

आशा

“जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु ती तिमीहरूका भलाइको निम्ति हुन्‌, बुराइको निम्ति होइन। तिमीहरूलाई भविष्य सुधार्न र एउटा आशा दिनलाई हो।”—यर्मिया २९:११.

‘आशा हाम्रो आध्यात्मिक जीवनको लागि नभई नहुने तत्त्व हो,’ आशाबारे लेखिएको एउटा किताब भन्छ। उक्‍त किताब यसो पनि भन्छ, “अनि यो निस्सहायपन, एक्लोपन र डरलाई जित्ने सबैभन्दा राम्रो ओखती हो।”

हामीलाई आशा कति आवश्‍यक छ, त्यसबारे बाइबलमा उल्लेख गरिएको पाउँछौँ तर बाइबलले हामीलाई झूटो आशादेखि होसियार रहन पनि चेतावनी दिन्छ। भजन १४६:३ ले भन्छ, “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” हामी बचाउको लागि मानिसहरूको प्रयासमा भर पर्नुभन्दा हाम्रा सृष्टिकर्तामा भर पर्छौँ, जोसित आफ्ना सबै प्रतिज्ञा पूरा गर्ने शक्‍ति छ। यसो गर्नु साँच्चै बुद्धिमानी कुरा हो। उहाँले कस्ता प्रतिज्ञाहरू गर्नुभएको छ? आउनुहोस्‌, विचार गरौँ।

दुष्टताको अन्त हुनेछ; धर्मीहरूले सदाको लागि शान्ति पाउनेछन्‌: “किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌,” भनी भजन ३७:१०, ११ ले बताउँछ। ‘धर्मात्माहरू सधैँभरि’ पृथ्वीमा रहन्छन्‌ भनी पद २९ ले भन्छ।

युद्ध हुनेछैन: ‘परमप्रभुले पृथ्वीको अन्तसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।’—भजन ४६:८, ९.

बिमारी, दुःखकष्ट र मृत्यु हुनेछैन: “परमेश्‍वरको बासस्थान मानिसहरूसित भएको छ . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।”—प्रकाश २१:३, ४.

सबैका लागि प्रशस्त खानेकुरा हुनेछ: “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

संसारभरि एउटै सरकारले—ख्रीष्टको राज्यको सरकारले न्यायपूर्ण शासन गर्नेछ: “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले [येशू ख्रीष्टको] सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो। उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदासर्वदैको सर्वाधिकार छ, औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।”—दानियल ७:१४.

यी प्रतिज्ञाहरूमा हामी कसरी भरोसा गर्न सक्छौँ? पृथ्वीमा छँदा येशूले आफू भविष्यको राजा हुन योग्य भएको कुरा सबै मानिससामु प्रमाणित गर्नुभयो। उहाँले रोगीहरूलाई निको पार्नुभयो, गरिबहरूलाई खुवाउनुभयो अनि मरेकाहरूलाई ब्युँताउनुभयो। यीभन्दा पनि महत्त्वपूर्ण कुरा त उहाँको शिक्षा थियो। उहाँको शिक्षामा सिद्धान्तहरू समावेश छन्‌, जसले मानिसहरूलाई सधैँभरि शान्ति र एकतामा बस्न मदत गर्नेछ। उहाँले भविष्यमा हुने थुप्रै घटनाबारे पनि बताउनुभयो, जसमध्ये केही यस संसारको अन्तिम दिनको चिन्ह हुने थिए।

शान्ति आउनुअघिको आँधी

अन्तको दिनको चिन्ह शान्ति र सुरक्षा हुनेछैन बरु परिस्थिति ठ्याक्कै त्यसको उल्टो हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। उहाँले बताउनुभएको ‘यस युगको आखिरी समयको चिन्हमा’ अन्तरराष्ट्रिय युद्ध, अनिकाल, रुढी अनि ठूलठूला भूकम्प समावेश छन्‌। (मत्ती २४:३, ७; लूका २१:१०, ११; प्रकाश ६:३-८) उहाँले अझ यसो पनि भन्‍नुभयो: “अनि दुष्टता बढ्‌ने भएकोले धेरै जनाको प्रेम सेलाएर जानेछ।”—मत्ती २४:१२.

प्रेम सेलाएर जाने कुरा वास्तविक हो भनेर विभिन्‍न तरिकामा देखिन्छ, जसबारे बाइबलका अर्का लेखकले तोकेरै भविष्यवाणी गरे। दोस्रो तिमोथी ३:१-५ मा “अन्तको दिन”-का मानिसहरू आफूबारे मात्र सोच्ने, पैसालाई प्रेम गर्ने अनि सुखविलास खोज्ने हुनेछन्‌ भनेर लेखिएको पाउँछौँ। तिनीहरू रिसाहा र निष्ठुर हुनेछन्‌। परिवारमा स्वाभाविक स्नेहको कमी हुनेछ र छोराछोरीहरू आमाबाबुको आज्ञा पालन गर्नेछैनन्‌। परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्ने कुरा सामान्य हुनेछ।

संसारको यस्तो आँधीरूपी अवस्थाले हामी अन्तिम दिनमा छौँ भनेर प्रमाणित गर्छ। यसले परमेश्‍वरको राज्यले ल्याउने शान्ति नजिकै छ भनेर पनि पुष्टि गर्छ। वास्तवमा येशूले अन्तको दिनबारे गर्नुभएको भविष्यवाणीमा यस्तो आश्‍वासन पाउँछौँ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ती २४:१४.

यस सुसमाचारले गलत काम गर्नेहरूलाई चेतावनी दिन्छ भने धर्मीहरूलाई आशा दिन्छ। प्रतिज्ञा गरिएका आशिष्‌हरू वास्तविकतामा परिणत हुनेछ भनेर ती धर्मीहरूले आश्‍वासन पाउँछन्‌। के तपाईँ यी आशिष्‌हरूबारे अझ बुझ्न चाहनुहुन्छ? चाहनुहुन्छ भने यस पत्रिकाको अन्तिम पानामा हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने