प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. १ pp. १२-१५
  • परमेश्‍वरको राज्यमा “शान्ति छाउनेछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यमा “शान्ति छाउनेछ”
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्नेछ?
  • परमेश्‍वरको राज्यले पृथ्वीमा कसरी शासन गर्न थाल्नेछ?
  • यस राज्यले शासन गर्दा तपाईँलाई कस्तो लाभ हुनेछ?
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • ‘कहिल्यै नाश नहुने’ राज्य
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. १ pp. १२-१५
मानिसहरू प्रमोदवनमा आनन्द उठाउँदै

सबै समस्याहरूको समाधान—कसरी?

परमेश्‍वरको राज्यमा “शान्ति छाउनेछ”

मानिसहरूले लामो समयदेखि संसारमा शान्ति र एकता छाएको हेर्ने आशा गर्दै आएका छन्‌। परमेश्‍वरले स्थापना गर्नुभएको राज्यले मानिसहरूको यो आशा साकार पार्नेछ। भजनसङ्‌ग्रह ७२:७ मा “शान्ति छाउनेछ” भनेर गरिएको प्रतिज्ञा पूरा हुनेछ। तर परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्नेछ? अनि यस राज्यले शासन गर्दा तपाईँलाई कस्तो लाभ हुनेछ?

परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्नेछ?

परमेश्‍वरको राज्यले शासन गर्नुअघि पृथ्वीमा के कस्ता घटना हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। जस्तै: राज्यको विरुद्धमा राज्य उठ्‌ने, अनिकाल, महामारी, भूकम्प र दुष्टता बढ्‌ने। यस्ता घटनाहरू परमेश्‍वरको राज्यले चाँडै शासन गर्नेछ भन्‍ने कुराको “चिन्ह” हो।—मत्ति २४:३, ७, १२; लुका २१:११; प्रकाश ६:२-८.

अर्को भविष्यवाणी यसो भन्छ: “तर अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, . . . आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, . . . घमन्डले फुल्ने, परमेश्‍वरलाई नभई सुखविलासलाई प्रेम गर्ने” हुनेछन्‌। (२ तिमोथि ३:१-४) हुनत मानिसहरूले पहिला पनि यस्ता दुर्गुणहरू देखाउँथे। तर अहिले पाइलै पिच्छे यस्ता दुर्गुणहरू देखाउने मानिसहरू भेट्‌न सकिन्छ।

यी भविष्यवाणीहरू सन्‌ १९१४ देखि पूरा हुन थाले। सन्‌ १९१४ पछि संसारको अवस्थाले कसरी कोल्टे फेऱ्‍यो भनेर इतिहासकारहरू, नेताहरू र लेखकहरूले चर्चा गरेका छन्‌। उदाहरणको लागि, डेनमार्कको इतिहासकार पिटर मन्कले यस्तो लेखे, “सन्‌ १९१४ ले मानव इतिहासमा एउटा निर्णायक मोड लियो। सन्‌ १९१४ अघि मानिसहरू संसारको अवस्था सुध्रिँदै जानेछ भनेर सोच्थे। . . . तर त्यस वर्षदेखि यता संसारमा प्राकृतिक प्रकोप, डरत्रास, घृणा र असुरक्षा व्याप्त भएको छ।”

रातपछि दिन आउँछ भनेझैँ यस्ता नराम्रा घटनाहरू सधैँ हुनेछैनन्‌। बरु यस्ता घटनाहरूले परमेश्‍वरको राज्यले पूरै पृथ्वीमा शासन गर्ने समय नजिकै छ भनेर देखाउँछ। वास्तवमा येसुले अन्तको दिनका चिन्हहरूबारे बताउनुहुँदा एउटा राम्रो पक्ष पनि उल्लेख गर्नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.

यहोवाका साक्षीहरूले सुनाउने मुख्य सन्देश पनि यही सुसमाचार हो। तिनीहरूको मुख्य प्रकाशनको नाम पनि प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ भन्‍ने हो। यस पत्रिकाले परमेश्‍वरको राज्यले मानिसजाति र पृथ्वीको लागि के गर्नेछ भनेर बताउँदै आएको छ।

परमेश्‍वरको राज्यले पृथ्वीमा कसरी शासन गर्न थाल्नेछ?

यस प्रश्‍नको जवाफ निम्न बुँदाहरूमा पाइन्छ:

  1. १. यस राज्यले संसारका राजनैतिक नेताहरूमार्फत शासन गर्नेछैन।

  2. २. यस संसारका राजनैतिक नेताहरूले आफ्नो शासन त्याग्न चाहनेछैनन्‌ र परमेश्‍वरको राज्य विरुद्ध खडा हुनेछन्‌।—भजन २:२-९.

  3. ३. यस राज्यले सबै मानव सरकारको अन्त गर्नेछ। (दानिएल २:४४; प्रकाश १९:१७-२१) मानव सरकार र परमेश्‍वरको राज्यबीच हुने युद्धलाई आरमागेडोन भनिन्छ।—प्रकाश १६:१४, १६.

  4. ४. यस राज्यको अधीनमा बस्न चाहनेहरूलाई आरमागेडोनमा जोगाइनेछ। त्यसपछि तिनीहरू शान्तिमय नयाँ संसारमा सधैँभरि बाँच्न पाउनेछन्‌। तिनीहरू लाखौँको सङ्‌ख्यामा हुनेछन्‌। तिनीहरूलाई “ठूलो भीड” भनिन्छ।—प्रकाश ७:९, १०, १३, १४.

    परमेश्‍वरको राज्यले कसरी शासन गर्नेछ?

    पृथ्वीमा हुनुहुँदा येसुले आफू राजा भएपछि के-के गर्नेछु भनेर देखाउनुभयो। उहाँले बिरामी र अशक्‍तहरूलाई निको पार्नुभयो। (मत्ति ४:२३) हजारौँलाई खुवाउनुभयो। (मर्कुस ६:३५-४४) अनि प्राकृतिक शक्‍तिहरूलाई समेत आफ्नो नियन्त्रणमा राख्नुभयो।—मर्कुस ४:३७-४१.

    येसु आफूकहाँ आएका मानिसहरूलाई सिकाउनुहुन्छ

    येसुले मानिसहरूलाई शान्ति र एकतामा बस्न सिकाउनुभयो। उहाँको शिक्षाअनुसारै जीवन बिताउनेहरूले राम्रा गुणहरू विकास गर्न सक्छन्‌। यसले तिनीहरूलाई परमेश्‍वरको राज्यमा सधैँभरि आनन्दित भई जीवन बिताउन मदत गर्नेछ। यस्तो शिक्षा येसुले बाहेक अरू कसैले पनि सिकाउन सक्दैन। बाइबलको मत्ति अध्याय ५-७ मा येसुले सिकाउनुभएका थुप्रै असल शिक्षा पाइन्छ। त्यस शिक्षालाई डाँडाको उपदेश भनिन्छ। त्यसोभए एक चोटि यो उपदेश पढेर हेरे कसो होला? यसका शब्दहरू सरल छन्‌ तर शब्द भित्र लुकेको सन्देश भने सशक्‍त छ। यसले साँच्चै हाम्रो मन छुन्छ।

यस राज्यले शासन गर्दा तपाईँलाई कस्तो लाभ हुनेछ?

परमेश्‍वरको राज्यको प्रजा हुन चाल्नुपर्ने पहिलो कदम भनेको शिक्षा लिनु हो। कस्तो शिक्षा? यसको जवाफ येसुले परमेश्‍वरलाई गर्नुभएको यस प्रार्थनामा पाइन्छ: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।”—युहन्‍ना १७:३.

परमेश्‍वरलाई चिन्‍न थालेपछि हामीलाई धेरै फाइदा हुन्छ। तीमध्ये दुईवटा फाइदा विचार गरौँ: पहिलो, परमेश्‍वरप्रतिको हाम्रो विश्‍वास बलियो हुँदै जानेछ। यस्तो विश्‍वास भनेको अन्धाधुन्ध गरिने विश्‍वास होइन बरु प्रमाणमा आधारित भएर गरिने विश्‍वास हो। यस्तो विश्‍वासले हामीलाई परमेश्‍वरको राज्य वास्तविक हो र यसले चाँडै शासन गर्नेछ भन्‍ने कुरामा विश्‍वस्त बनाउँछ। (हिब्रू ११:१) दोस्रो, छिमेकी र परमेश्‍वरप्रतिको हाम्रो प्रेम बढ्‌दै जानेछ। परमेश्‍वरप्रतिको प्रेमले हामीलाई राजीखुसीले उहाँको आज्ञा पालन गर्न उत्प्रेरित गर्छ। छिमेकीप्रतिको प्रेमले हामीलाई येसुले बताउनुभएको यो आज्ञा आफ्नो जीवनमा उतार्न प्रोत्साहन दिन्छ: “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” यो आज्ञालाई सुनौलो नियम पनि भनिन्छ।—लुका ६:३१.

हाम्रो सृष्टिकर्ता एक जना मायालु बुबा जस्तै हुनुहुन्छ। उहाँ हामीले सबैभन्दा उत्तम कुरा अर्थात्‌ “साँच्चैको जीवन”-को आनन्द उठाएको चाहनुहुन्छ। (१ तिमोथि ६:१९) अहिलेको जीवनलाई “साँच्चैको जीवन” भन्‍न सकिँदैन। लाखौँ मानिसलाई जीवन धान्‍न धौधौ छ र तिनीहरू हरेक दिन बाँच्नको लागि सङ्‌घर्ष गर्छन्‌। “साँच्चैको जीवन” कस्तो हुनेछ? आउनुहोस्‌, यो कुरा बुझ्न परमेश्‍वरको राज्यले आफ्नो प्रजाको लागि के-के गर्नेछ, विचार गरौँ।

साँच्चैको जीवन कस्तो हुनेछ?

  • “तिनको [येसुको] शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ, . . . शान्ति छाउनेछ। तिनले . . . पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌।”—भजन ७२:७, ८, १३, १४.

  • “पृथ्वीबाट उहाँले [परमेश्‍वरले] युद्ध नामेट पार्नुहुन्छ। उहाँले धनु भाँचिदिनुहुन्छ र भालाहरू टुक्राटुक्रा पारिदिनुहुन्छ।”—भजन ४६:९.

  • “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।”—भजन ७२:१६.

  • “तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन; तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन। . . . मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌।”—यसैया ६५:२१, २२.

  • “परमेश्‍वरको वासस्थान मानिसहरूमाझ छ . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

मानिसहरू प्रमोदवनमा आनन्द उठाउँदै

परमेश्‍वरको राज्यले शासन गर्दा शान्ति र सुरक्षा छाउनेछ अनि खानेकुराको कुनै अभाव हुनेछैन।

मुख्य बुँदा

येसुको शिक्षाअनुसार चल्यौँ भने हामीले सही कुरा गर्ने बल पाउँछौँ र परमेश्‍वरको राज्यको प्रजा बन्‍न सक्नेछौँ। त्यस राज्यले पृथ्वीमा शासन गर्दा हामी पूर्णतया शान्ति र एकतामा बस्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने