प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या २ पृ. १४
  • ११ मेहनती हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ११ मेहनती हुनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • कामप्रति सन्तुलित दृष्टिकोण कसरी खेती गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या २ पृ. १४
एउटी युवती दौडँदै

मेहनती हुनु भनेको व्यायाम गर्नुजस्तै हो, जसले तपाईँलाई अहिले र पछिसम्म फाइदा पुऱ्‍याउँछ

युवाहरूका लागि

११ मेहनती हुनुहोस्‌

यसको अर्थ के हो?

मेहनती मानिस काम गर्न आलेटाले गर्दैन। अरूको नजरमा सानोतिनो जस्तो देखिने काम पनि रमाई-रमाई गर्छ। आफ्नो व्यक्‍तिगत आवश्‍यकता पूरा गर्न अनि अरूलाई मदत गर्न परिश्रम गर्छ।

यस विषयमा किन चासो राख्नुपर्छ?

हामीले जीवनमा थुप्रै जिम्मेवारी उठाउनुपर्छ। यो एउटा तीतो सत्य हो। आजकलका मानिसहरू मेहनत गर्न त्यति रुचाउँदैनन्‌। तर मेहनती हुनुभयो भने तपाईँलाई नै फाइदा हुन्छ।—उपदेशक ३:१३.

“मेहनत गरेर काम गर्दा मनैदेखि खुसी र सन्तुष्ट हुन्छु। काम गर्ने जोस-जाँगर पनि बढ्‌छ। मेहनती र जिम्मेवार भएर काम गर्दा राम्रो नाम कमाउन सक्नुहुन्छ।”—रेयोन

बाइबलको सिद्धान्त: “मेहनतको फल मीठो हुन्छ।”—हितोपदेश १४:२३.

तपाईँ के गर्न सक्नुहुन्छ?

तल दिइएका सल्लाहहरूले तपाईँलाई काममा रमाउन मदत गर्नेछ:

काममा अझै सिपालु हुनुहोस्‌। घरको काम गर्दा होस्‌ या स्कुलको होमवर्क गर्दा वा जागिर खाँदा नै किन नहोस्‌, आफूले पाएको काम तनमनले पूरा गर्नुहोस्‌। काम सिक्नुभएपछि उन्‍नति गर्न अझ के गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌। काममा जति सिपालु हुँदै जानुहुन्छ, काम गर्न तपाईँलाई त्यति नै रमाइलो लाग्नेछ।

बाइबलको सिद्धान्त: “आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्‌? निपुण कारीगरले राजाको सेवा गर्छ, त्यसले साधारण मानिसको सेवा गर्दैन।”—हितोपदेश २२:२९.

आफ्नो सोचाइ फराकिलो बनाउनुहोस्‌। आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्दा अरूलाई पनि फाइदा हुन्छ। जस्तै: मेहनती भएर घरको काम गर्दा अरू सदस्यको कामको भार कम हुन्छ।

बाइबलको सिद्धान्त: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

थप काम गर्न इच्छुक हुनुहोस्‌। आफूलाई दिइएको काम मात्र गर्नुको साटो अझ बढी गर्ने प्रयास गर्नुहोस्‌। करकापमा परेर होइन तर स्वेच्छाले थप काम गर्नुभयो भने तपाईँ जीवनको आनन्द उठाउन सक्नुहुन्छ।—मत्ती ५:४१.

बाइबलको सिद्धान्त: “तिमीले करकापमा परेर होइन तर स्वेच्छाले असल काम गरेको म चाहन्छु।”—फिलेमोन १४.

सन्तुलित हुनुहोस्‌। मेहनती मानिसहरू काम गर्न अल्छी गर्दैनन्‌ न त काममा लग्गू नै हुन्छन्‌। तिनीहरू सन्तुलित हुन्छन्‌। तर कसरी? तिनीहरू काम गर्न कडा मेहनत गर्छन्‌ अनि समय-समयमा आराम पनि गर्छन्‌। त्यसैले तिनीहरू आनन्दित हुन्छन्‌।

बाइबलको सिद्धान्त: “दुवै मुठी भएर व्यर्थको परिश्रम गरेको भन्दा एक मुठी विश्राम असल हो।”—उपदेशक ४:६, NW.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने