प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या ३ पृ. ३
  • शोकमा पर्दाको पीडा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शोकमा पर्दाको पीडा
  • ब्यूँझनुहोस्‌!—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • विषयवस्तु
    ब्यूँझनुहोस्‌!—२०१८
  • शोकमा परेकाहरूका लागि मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?
    ब्यूँझनुहोस्‌!—२०१८
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या ३ पृ. ३
रेस्टुरेन्टमा एक्लै बसिरहेको शोकित व्यक्‍ति

शोकमा परेकाहरूका लागि मदत

शोकमा पर्दाको पीडा

“रीतासँगa विवाह भएको ३९ वर्षभन्दा धेरै भइसकेको थियो। तर दीर्घकालीन रोगको कारण उसको मृत्यु भयो। एक वर्षसम्म मलाई उसको यादले पिरोलिरह्‍यो। हुनत साथीहरूबाट धेरै मदत पाएँ र आफूलाई पनि व्यस्त बनाइराखेँ। तैपनि आफ्नो भावनालाई काबूमा राख्न असाध्यै गाह्रो हुन्थ्यो। उसलाई गुमाएको अहिले तीन वर्ष भइसक्यो तैपनि कहिलेकाहीँ एक्कासि उसको याद आएर असाध्यै पीडा हुन्छ।”—सन्जय

के मृत्युको कारण तपाईँले प्रियजन गुमाउनुपरेको छ? छ भने तपाईँले सन्जयले जस्तै महसुस गर्नुभयो होला। जीवनसाथी, आफन्त वा मिल्ने साथी गुमाउँदा असाध्यै चिन्ता र पीडा हुन्छ। कसैको मृत्युले गर्दा हुने पीडाबारे अध्ययन गरेका विशेषज्ञहरू पनि यस कुरामा सहमत छन्‌। यसबारे मनोचिकित्सासम्बन्धी एउटा अमेरिकी पत्रिकाले (दि अमेरिकन जरनल अफ सायकायट्रि) यस्तो टिप्पणी गऱ्‍यो, “प्रियजनको मृत्यु हुँदा तिनलाई सधैँको लागि गुमाएकोले असाध्यै पीडा हुन्छ।” यस्तो असह्‍य पीडा महसुस गरिरहेकाहरूको मनमा यी कुराहरू खेल्न सक्छ: ‘यस्तो भावना कहिलेसम्म रहन्छ? म फेरि खुसी हुन सकुँला? सान्त्वना कहाँ पाउन सक्छु?’

यी प्रश्‍नहरूबारे यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा छलफल गरिनेछ। हालसालै तपाईँले प्रियजन गुमाउनुभएको छ भने कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ, त्यसबारे यसपछिको लेखमा छलफल गरिनेछ। यी शृङ्‌खलाबद्ध लेखहरूमा शोकको पीडा कम गर्न चाल्न सकिने कदमहरूबारे छलफल गरिनेछ।

शोकमा परेकाहरूले यी लेखहरूबाट सान्त्वना र व्यावहारिक मदत पाउनेछन्‌ भनेर हामी आशा गर्छौँ।

a यी शृङ्‌खलाबद्ध लेखहरूमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने