प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या ३ पृ. १४-१५
  • शोकमा परेकाहरूका लागि साँचो मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शोकमा परेकाहरूका लागि साँचो मदत
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मृतकहरूका लागि कस्तो आशा छ भनेर अझ थाह पाउनुहोस्‌
  • विषयवस्तु
    ब्यूँझनुहोस्‌!—२०१८
  • शोकमा परेकाहरूका लागि मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • शोकाकुल छौं तर आशाविहीन छैनौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “सबै सान्त्वनाका परमेश्‍वर[बाट]” ढाडस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या ३ पृ. १४-१५
नयाँ संसारमा पुनर्जीवित भएका प्रियजनहरूलाई स्वागत गर्दै

शोकमा परेकाहरूका लागि मदत

शोकमा परेकाहरूका लागि साँचो मदत

शोकमा पर्दाको पीडा हालसालै खोज-अनुसन्धानको एउटा जल्दोबल्दो विषय बनेको छ। अघिल्लो लेखमा उल्लेख गरिएझैँ उत्कृष्ट विज्ञहरूले दिने सल्लाहहरू बुद्धिका कुरा भएको पुरानो किताब बाइबलसित मेल खान्छ। यसबाट बाइबलमा पाइने सल्लाह अहिले पनि उत्तिकै भरपर्दो छ भनेर स्पष्ट हुन्छ। त्यति मात्र होइन, यसमा शोकमा परेकाहरूका लागि सान्त्वनादायी जानकारी पाइन्छ, जुन अरू कतै पाइँदैन।

  • मरिसकेका प्रियजनहरूले सास्ती भोगिरहेका छैनन्‌ भन्‍ने आश्‍वासन

    उपदेशक ९:५ भन्छ: “मरेकाहरूलाई भने केही पनि थाह हुँदैन।” तिनीहरूका “विचारहरू बिलाइजान्छन्‌।” (भजन १४६:४) त्यसैले बाइबलमा मृत्युलाई चिर निद्रासित तुलना गरिएको छ।—युहन्‍ना ११:११.

  • मायालु ईश्‍वरमा विश्‍वास गर्दा पाइने सान्त्वना

    बाइबलको भजन ३४:१५ भन्छ: “धर्मीहरूमाथि यहोवाकोa नजर रहन्छ अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।” त्यसैले प्रार्थना गरेर आफ्नो भावना ईश्‍वरलाई व्यक्‍त गर्दा पीडा कम हुन्छ र यो राम्रो थेरापीभन्दा प्रभावकारी हुन्छ। यसले मानसिक तनाव कम गर्न मदत गर्छ। साथै सान्त्वना दिनुहुने हाम्रा शक्‍तिशाली सृष्टिकर्तासित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गर्छ।

  • उज्ज्वल भविष्यको आशा

    मृत्युको चिर निद्रामा परेकाहरू भविष्यमा यसै पृथ्वीमा फेरि जीवित भएर आउँदा कस्तो हुन्छ, कल्पना गर्नुहोस्‌। बाइबलमा यसबारे थुप्रै पटक उल्लेख गरिएको छ। त्यतिबेला पृथ्वीको अवस्था कस्तो हुन्छ भन्‍नेबारे बाइबलले बताएको छ। ईश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:३, ४.

बाइबलमा उल्लेख गरिएको ईश्‍वर यहोवामा विश्‍वास गर्नेहरूले शोकमा पर्दा सहने बल पाउँछन्‌। किनकि तिनीहरूसित मरिसकेका प्रियजनलाई फेरि भेट्‌ने आशा छ। उदाहरणको लागि, विवाह भएको ६५ वर्षपछि पति गुमाएकी अनिता भन्छिन्‌: “हाम्रा मृतक प्रियजनहरूले सास्ती भोगिरहेका छैनन्‌ र ईश्‍वरले आफ्नो सम्झनामा हुनेहरूलाई जीवित पार्नुहुन्छ भनेर बाइबलबाट आश्‍वासन पाएकी छु। श्रीमान्‌ बित्नुभएको कुरा याद आउनेबित्तिकै यस आशामा मनन गर्छु। यसले सहने बल दिएको छ!”

यस शृङ्‌खलाबद्ध लेखहरूमा उल्लिखित रीना भन्छिन्‌: “सरद बित्नुभएको दिनदेखि नै ईश्‍वरको साथ पाएको महसुस गरेकी छु। दुःखको बेला यहोवाले साँच्चै मदत गर्नुभएको छ। बाइबलमा उल्लिखित पुनर्जीवनको आशा मलाई वास्तविक लाग्छ। त्यस आशाले सरदलाई फेरि भेट्‌ने दिनसम्म स्थिर रहन मलाई बल दिएको छ।”

बाइबलको कुरामा विश्‍वास गर्ने लाखौँ मानिसले पनि यस्तै महसुस गर्छन्‌। हुनत बाइबलले दिएको आशा तपाईँलाई काल्पनिक लाग्ला। तर यसमा भएको सल्लाह र प्रतिज्ञा सत्य छन्‌ भन्‍ने प्रमाण जाँच्नु बेस हो। शोकित व्यक्‍तिहरूका लागि सबैभन्दा उपयोगी सल्लाह बाइबलमा नै पाइन्छ भनेर तपाईँ आफैले थाह पाउनुहुनेछ।

मृतकहरूका लागि कस्तो आशा छ भनेर अझ थाह पाउनुहोस्‌

सम्बन्धित भिडियो हेर्न चाहनुहुन्छ भने jw.org/ne मा जानुहोस्‌

नयाँ संसारमा पुनर्जीवित भएका प्रियजनहरूलाई स्वागत गर्दै

मरिसकेका प्रियजनहरू भविष्यमा फेरि जीवित हुने र तिनीहरूलाई स्वागत गर्ने दिनबारे बाइबलले प्रतिज्ञा गरेको छ

मरिसकेकाहरूको अवस्था कस्तो छ?

मरिसकेकाहरूको अवस्था कस्तो छ?

मरेपछि के हुन्छ? बाइबलले दिने जवाफ सान्त्वनादायी र भरपर्दो छ

लाइब्रेरी > भिडियो हेर्नुहोस्‌ (भिडियो: बाइबल > बाइबलको शिक्षा)

के तपाईँ सुसमाचार सुन्‍न चाहनुहुन्छ?

के तपाईँ सुसमाचार सुन्‍न चाहनुहुन्छ?

नराम्रो समाचार व्याप्त भएको समयमा सुसमाचार कहाँ पाउन सक्नुहुन्छ?

बाइबलको शिक्षा > शान्ति र आनन्द हेर्नुहोस्‌

a यहोवा बाइबलमा उल्लेख गरिएको ईश्‍वरको नाम हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने