प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. १ pp. ८-९
  • तिनीहरूको जीवनले नयाँ मोड लियो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूको जीवनले नयाँ मोड लियो
  • ब्यूँझनुहोस्‌!—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • “मैले आफ्नो मृत्यु आफै निम्त्याइरहेको थिएँ”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • “म झडङ्‌ग रिसाउँथेँ”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • “तपाईंहरूले यहोवाका साक्षीहरूबारे मेरो विचारधारा नै परिवर्तन गरिदिनुभयो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. १ pp. ८-९

तिनीहरूले चुनौती पार गरे

तिनीहरूको जीवनले नयाँ मोड लियो

बाइबलले दिने शिक्षाले मानिसहरूको जीवनमा आमूल परिवर्तन ल्याउन सक्छ। यसको दुई वटा उदाहरण हुन्‌: रिकार्डो र आन्द्रेस।

रिकार्डो: पन्ध्र वर्षको कलिलो उमेरमै म एउटा ग्याङ्‌को सदस्य बने। नयाँ साथीहरूसितको सङ्‌गतले ममा नराम्रो असर पाऱ्‍यो। मेरो लक्ष्य भनेको कम्तीमा पनि १० वर्षको लागि जेल जानु थियो। मैले कस्तो मूर्ख लक्ष्य राखेको जस्तो तपाईँलाई लाग्ला। तर म बस्ने ठाउँका मानिसहरूले जेलमा गएकाहरूलाई निकै आदर गर्थे। अनि म पनि तिनीहरूजस्तै हुन चाहन्थेँ।

रिकार्डो विगतमा बन्दुक चलाउने र धूम्रपान गर्ने गर्थे; रिकार्डो एकजना यहोवाको साक्षीको रूपमा

मेरो जीवनशैली एकदम खराब थियो। लागूपदार्थ सेवन गर्नु, सेक्स अनि मारपिट गर्नु मेरो लागि सामान्य थियो। एक रात हाम्रो र अर्को ग्याङ्‌बिच गोली हानाहान भयो। अब मर्ने भइयो भनेर मैले सोचेँ तर कुनै चोटपटकविना म त्यहाँबाट भाग्न सफल भएँ। त्यसपछि मैले आफ्नो जीवन अनि लक्ष्यहरूबारे गम्भीर भएर सोच्न थालेँ र जीवनमा छाँटकाँट गर्ने निर्णय गरेँ। तर कसरी?

मेरा थुप्रै आफन्तहरूको जीवन समस्यै-समस्याले भरिएको थियो। तर मेरो एक जना मामाको परिवार भने सुखी थियो र उहाँहरू बाइबल सिद्धान्तअनुसार चल्नुहुन्थ्यो। मैले उहाँहरूबाटै परमेश्‍वरको नाम यहोवा हो भनेर थाह पाएको थिएँ। ग्याङ्‌ फाइट भएको केही समय नबित्दै मैले यहोवालाई उहाँको नाम पुकारेरै मदतको लागि बिन्ती गरेँ। अचम्मको कुरा, त्यसको भोलिपल्ट नै एक जना यहोवाको साक्षीले मेरो ढोका ढकढक्याए। उहाँसितै मैले बाइबल अध्ययन गरेँ।

त्यसको केही समयपछि नै मैले ठूलो चुनौतीको सामना गरेँ। मेरा पहिलेका साथीहरूले मलाई घरीघरी फोन गरेर भेटौँ भन्थे। तिनीहरूलाई नाइँ भन्‍न गाह्रो थियो तर मैले तिनीहरूसित सङ्‌गत गरिनँ। मैले बाइबल अध्ययनलाई जारी राख्ने निर्णय गरेँ। त्यस्तो निर्णय गरेकोमा म साँच्चै खुसी छु। मेरो जीवनले नयाँ मोड लियो। मैले साँचो आनन्द पाउन सकेँ।

मानिसहरूबाट आदर पाउनको लागि म पहिला १० वर्ष जेल जान चाहन्थेँ। तर अब कम्तीमा पनि १० वर्ष पूर्ण-समय सेवा गर्न चाहन्छु भनेर परमेश्‍वरलाई प्रार्थना गरेँ। किनकि मैले जस्तो मदत पाएँ, त्यस्तै मदत अरूलाई पनि गर्न चाहन्छु। परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुभयो। मैले पूर्ण-समय सेवा गरेको अहिले १७ वर्ष भइसक्यो। अनि खुसीको कुरा, म कहिल्यै जेल जानु परेन।

मेरा कतिपय पुराना साथीहरू अहिले जेलमा छन्‌। अरू भने मरिसके। मेरा साक्षी आफन्तहरूप्रति म धेरै कृतज्ञ छु। बाइबलअनुसार जीवन बिताएकोले उहाँहरू अरूभन्दा भिन्‍न हुनुहुन्थ्यो। अहिले म ग्याङ्‌को सदस्यहरूलाई भन्दा साक्षी आफन्तहरूलाई झन्‌ धेरै आदर गर्छु। म परमेश्‍वरप्रति मनैदेखि आभारी छु किनकि उहाँले मलाई जीवन बिताउने सबैभन्दा राम्रो तरिका सिकाउनुभयो।

आन्द्रेस: म गरिब परिवारमा हुर्किएँ। हामी बस्ने ठाउँमा लागूपदार्थको दुर्व्यसन, लुटपाट, हत्या अनि वेश्‍यावृत्ति सामान्य थियो। मेरो बुबा धेरै रक्सी पिउनुहुन्थ्यो र उहाँलाई कोकिनको लत पनि थियो। बुबा र आमा सधैँ झगडा गर्नुहुन्थ्यो, कहिले मुखामुख गर्नुहुन्थ्यो भने कहिले कुटाकुट।

आन्द्रेस विगतमा चोर्ने र अत्यधिक रक्सी पिउने गर्थे; आन्द्रेस एकजना यहोवाको साक्षीको रूपमा

सानै उमेरदेखि मैले रक्सी पिउन थालेँ अनि लागूपदार्थको दुर्व्यसनमा फसेँ। मेरो बास प्रायजसो सडकहरूमै हुन्थ्यो। म चोरी गर्थेँ अनि चोरीको सामान बेच्थेँ। अलि ठूलो भएपछि मेरो बुबाले मलाई चासो दिएको जस्तो गर्नुभयो तर यसमा उहाँको स्वार्थ लुकेको थियो। उहाँले मलाई लागूपदार्थ र अरू सामानहरू अवैध तरिकामा कसरी भित्र्याउने अनि बेच्ने भनेर सिकाउनुभयो। मैले रातारात पैसा कमाउन थालेँ। एक दिन प्रहरीहरू मेरो घरमा आए र मलाई पक्राउ गरे। हत्या गर्न खोजेको आरोपमा मलाई पाँच वर्षको जेल सजाय सुनाइयो।

एक बिहान जेलको लाउडस्पिकरमा यहोवाका साक्षीहरूले बाइबलको कुरा छलफल गर्दै छन्‌ भनेर घोषणा गरियो। म त्यस कार्यक्रममा उपस्थित भएँ। त्यहाँ सुनेको कुराले मेरो मन छोयो। त्यसपछि मैले साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेँ। तिनीहरू अरूलाई खुसी पार्न बाइबलको कुरा बङ्‌ग्याउदैन थिए बरु तिनीहरूले मलाई बाइबलबाट परमेश्‍वरका उच्च नैतिक स्तरहरू देखाए।

कसैको मदतविना आफ्नो जीवन परिवर्तन गर्न सक्दिनँ भनेर मैले महसुस गरेँ। केही कैदीहरू मैले सिकिरहेको कुरा मन पराउँदैन थिए र मलाई धम्की दिन्थे। बल र बुद्धिको लागि मैले प्रार्थना गरेँ र यहोवाले मलाई मदत गर्नुभयो। तिनीहरूको धम्की सुनेर डराउनुको साटो उल्टै अरू कैदीहरूलाई बाइबलको कुरा बताउन मैले साहस बटुल्न सकेँ।

जेलबाट छुट्‌ने बेला मलाई साह्रै गाह्रो भएको थियो। म जेलमा अझै लामो समय बस्न चाहन्थेँ। छुटेर जाँदै गर्दा थुप्रै कैदीहरूले मलाई हात हल्लाउँदै बिदाइ गरेका थिए। कोही-कोहीले त मायालु तरिकामा, “घर जाऊ, सानो गुरु” पनि भने।

परमेश्‍वरले नडोऱ्‍याउनुभएको भए मेरो जीवन कस्तो हुन्थ्यो होला भनेर म सोच्न पनि सक्दिन। परमेश्‍वरले मलाई देखाउनुभएको माया र अनमोल ठान्‍नुभएको कुरा सम्झँदा मेरो हृदय कृतज्ञताले ओतप्रोत हुन्छ।a

a बाइबलको शिक्षाले गर्दा आफ्नो जीवनमा आमूल परिवर्तन गरेका व्यक्‍तिहरूको अनुभव jw.org मा पाइन्छ। लाइब्रेरी-मा जानुहोस्‌ अनि “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” श्रृङ्‌खलाबद्ध लेखहरू खोज्नुहोस्‌।

मुख्य बुँदा

यदि कुनै मानिस नम्र अनि इमानदार भई आफ्नो जीवनमा परिवर्तन गर्न चाहन्छन्‌ भने तिनलाई बाइबलले मदत गर्न सक्छ। बाइबलले थुप्रै मानिसहरूलाई आफ्नो जीवन सुधार्न मदत गरेको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने