प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 No. १ pp. १२-१३
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको राज्य शासन
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 No. १ pp. १२-१३
अन्तरिक्षबाट पृथ्वीको दृश्‍य, जसमा सूर्यको चम्किलो किरण चारैतिर छरिएको छ

परमेश्‍वरको राज्यबारे सत्य कुरा

येसुले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो, “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌। तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ति ६:९, १०) परमेश्‍वरको राज्य भनेको के हो? यसले के गर्छ? अनि हामीले किन यो राज्य आओस्‌ भनेर प्रार्थना गर्नुपर्छ?

परमेश्‍वरको राज्यको राजा येसु हुनुहुन्छ।

लुका १:३१-३३: “तिमीले उहाँको नाम येसु राख्नू। उहाँ महान्‌ हुनुहुनेछ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”

येसुको शिक्षाको सार परमेश्‍वरको राज्य थियो।

मत्ति ९:३५: “सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।”

परमेश्‍वरको राज्य कहिले आउनेछ भनेर थाह पाउने केही चिन्हहरू येसुले चेलाहरूलाई बताउनुभयो।

मत्ति २४:७: “किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ अनि ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ।”

आज येसुका चेलाहरूले यस राज्यबारे संसारभरि नै प्रचार गर्दै छन्‌।

मत्ति २४:१४: “अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”

परमेश्‍वरको राज्यसित सम्बन्धित तथ्यहरू

राजधानी। यो राज्य परमेश्‍वरले स्वर्गमा स्थापना गर्नुभएको वास्तविक सरकार हो।—दानिएल २:४४; मत्ति ४:१७.

उद्देश्‍य। परमेश्‍वरको राज्यले पूरै पृथ्वीलाई एउटा सुन्दर बगैँचामा परिणत गर्नेछ। त्यहाँ सबै जना मिलेर बस्नेछन्‌ र कोही बिरामी हुनेछैनन्‌ वा मर्नेछैनन्‌।—भजन ३७:११, २९.

शासकहरू। परमेश्‍वरले येसुलाई राजाको रूपमा र पृथ्वीबाट किनिएका १ लाख ४४ हजारलाई सह-शासकको रूपमा नियुक्‍त गर्नुभएको छ। तिनीहरूले स्वर्गबाट शासन गर्नेछन्‌।—लुका १:३०-३३; १२:३२; प्रकाश १४:१, ३.

प्रजा। परमेश्‍वरको राज्यका प्रजा पृथ्वीमा बस्नेछन्‌। तिनीहरू येसुको शासनको अधीनमा रहनेछन्‌ र खुसीसाथ यस राज्यको नियम-कानुनअनुसार चल्नेछन्‌।—मत्ति ७:२१.

येसु किन मानिसजातिमाथि शासन गर्न योग्य हुनुहुन्छ?

पृथ्वीमा हुनुहुँदा येसुले आफूलाई मायालु अनि योग्य शासकको रूपमा साबित गर्नुभयो। किनभने उहाँले

  • गरिबहरूलाई दया देखाउनुभयो।—लुका १४:१३, १४.

  • भ्रष्टाचार र अन्यायलाई घृणा गर्नुभयो।—मत्ति २१:१२, १३.

  • प्राकृतिक शक्‍तिहरूमाथि नियन्त्रण गर्नुभयो।—मर्कुस ४:३९.

  • हजारौँलाई खुवाउनुभयो।—मत्ति १४:१९-२१.

  • बिरामीहरू देखेर टिठाउनुभयो र सबैलाई निको पार्नुभयो।—मत्ति ८:१६.

  • मरेकाहरूलाई फेरि जीवित पार्नुभयो।—युहन्‍ना ११:४३, ४४.

परमेश्‍वरको राज्यबाट तपाईँ अहिले कस्तो लाभ उठाउन सक्नुहुन्छ?

परमेश्‍वरको राज्यको प्रजा हुनुभयो भने तपाईँ अहिले पनि आनन्दित हुन सक्नुहुन्छ। उदाहरणको लागि, यस राज्यका प्रजाले निम्न आशिष्‌हरू पाउनेछ:

  • सबै मानिससितको शान्तिमय सम्बन्ध।—हिब्रू १२:१४.

  • परिवारमा शान्ति र एकता। किनभने तिनीहरू आफ्नो विवाहित जोडीलाई प्रेम र आदर गर्छन्‌।—एफिसी ५:२२, २३, ३३.

  • आनन्दित र अर्थपूर्ण जीवन। किनभने तिनीहरू “आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत” हुन्छन्‌।—मत्ति ५:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने