प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. २ pp. ४-५
  • आत्मसंयम देखाउनुका फाइदाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आत्मसंयम देखाउनुका फाइदाहरू
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आत्मसंयम भनेको के हो?
  • आत्मसंयम देखाउनु किन महत्त्वपूर्ण छ?
  • आत्मसंयमी हुन कसरी सिकाउने
  • छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • आत्मसंयम विकास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. २ pp. ४-५
छोराले चकलेट लिन खोज्दा आमाले ‘हुँदैन’ भन्छिन्‌

पाठ १

आत्मसंयम देखाउनुका फाइदाहरू

आत्मसंयम भनेको के हो?

आत्मसंयम भनेको

  • चाहेको सबै कुरा तुरुन्तै पाउन जिद्दी नगर्नु हो

  • भावनाहरूलाई काबूमा राख्नु हो

  • गर्नुपर्ने काम रुचि नलागे पनि पूरा गर्नु हो

  • आफूलाई भन्दा अरूलाई महत्त्व दिनु हो

आत्मसंयम देखाउनु किन महत्त्वपूर्ण छ?

आत्मसंयम भएका केटाकेटीहरूले प्रलोभनलाई सजिलै तिरस्कार गर्न सक्छन्‌, चाहे त्यो लोभलाग्दो नै किन नहोस्‌। तर आत्मसंयम नभएका केटाकेटी भने

  • छिटै रिसाउँछन्‌

  • निराश हुन्छन्‌

  • चुरोट, रक्सी अनि लागूपदार्थको दुर्व्यसनमा फस्छन्‌

  • जे पायो त्यही खान्छन्‌

एउटा अध्ययनले देखाएअनुसार आत्मसंयम भएका केटाकेटीहरूले हुर्केपछि स्वास्थ्य र आर्थिक समस्या भोग्ने सम्भावना कम हुन्छ। साथै तिनीहरूलाई नियम कानुन पालन गर्न पनि गाह्रो हुँदैन। पेन्सलभेनिया विश्‍वविद्यालयका प्राध्यापक एन्जेला डकओर्थले यो अनुसन्धान गरेकी थिइन्‌। तिनले निष्कर्षमा यसो भनिन्‌: “आत्मसंयम देखाउँदा कहिल्यै हानि हुँदैन।”

आत्मसंयमी हुन कसरी सिकाउने

“हुँदैन” भन्‍नुहोस्‌ र कुरा नफेर्नुहोस्‌।

बाइबलको सिद्धान्त: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌।”—मत्ति ५:३७.

कहिलेकाहीँ साना केटाकेटीहरू आफूले चाहेको कुरा पाएनन्‌ भने रुने कराउने गर्छन्‌। यदि आमाबुबाले तिनीहरूलाई चाहिएको कुरा सधैँ दिन थाले भने केटाकेटीहरूले आमाबुबाको ‘हुँदैन’-लाई कसरी ‘हुन्छ’ बनाउने भनेर सिक्छन्‌।

अर्कोतर्फ, आमाबुबाले छोराछोरीले मागेको हरेक कुरा दिएनन्‌ भने तिनीहरूले एउटा महत्त्वपूर्ण सत्य सिक्नेछन्‌। त्यो हो, आफूले चाहेको सबै कुरा हामी पाउन सक्दैनौँ। “यस्तो सत्य सिक्ने व्यक्‍ति आनन्दित हुन सक्छ” भनेर डा. डेभिड वाल्सले लेखे। तिनले अझै यस्तो लेखे: “हामीले छोराछोरीलाई चाहेको सबै कुरा पाउन सकिन्छ भनेर सिकायौँ भने हामी आफ्नो छोराछोरीलाई माया नगर्ने आमाबुबा भइरहेका हुन्छौँ।”a

अहिले छोराछोरीलाई “हुँदैन” भन्‍नुभयो भने पछि तिनीहरूले लागूपदार्थ खाने, विवाह अगाडि यौन सम्बन्ध राख्ने वा अन्य खराब काम गर्ने प्रलोभनहरूलाई नकार्न सक्नेछन्‌।

असल र खराब कामको नतिजा बुझ्न छोराछोरीलाई मदत गर्नुहोस्‌।

बाइबलको सिद्धान्त: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

हामी जस्तो काम गर्छौँ त्यस्तै नतिजा भोग्छौँ। आत्मसंयम नदेखाउँदा प्रायजसो दुःखदायी नतिजा भोग्नुपर्ने हुन्छ भनेर छोराछोरीले सिक्नुपर्छ। उदाहरणको लागि, यदि तपाईँको छोराछोरी झट्टै रिसाउँछ भने अरूहरू तिनीबाट टाढिन्छन्‌। तर आफ्नो रिसलाई काबूमा राख्दा मानिसहरू तिनीसँग नजिकिनेछन्‌। त्यसैले आत्मसंयम देखाउँदा नतिजा राम्रो हुन्छ भनेर छोराछोरीलाई सिकाउनुहोस्‌।

प्राथमिकता निर्धारण गर्न छोराछोरीलाई मदत गर्नुहोस्‌।

बाइबलको सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

आत्मसंयम विकास गर्नु भनेको खराब काम नगर्नु मात्र होइन। बरु यसमा महत्त्वपूर्ण काम पूरा गर्नु पनि समावेश छ, चाहे त्यो काम आफूलाई मन नपर्ने नै किन नहोस्‌। छोराछोरीहरूले प्राथमिकता निर्धारण गर्न र त्यो काम पूरा गर्न सिक्नु आवश्‍यक छ। उदाहरणको लागि, छोराछोरीलाई खेल्नुभन्दा अगाडि होमवर्क सिध्याउन लगाउनुहोस्‌।

उदाहरणीय व्यक्‍ति बन्‍नुहोस्‌।

बाइबलको सिद्धान्त: “मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।” —युहन्‍ना १३:१५.

कठिन अवस्थामा तपाईँ कस्तो व्यवहार गर्नुहुन्छ, त्यो छोराछोरीले याद गरिरहेका हुन्छन्‌। त्यसैले आत्मसंयम देखाउँदा राम्रो नतिजा हासिल हुन्छ भनेर आफ्नै उदाहरणबाट देखाउनुहोस्‌। उदाहरणको लागि, छोराछोरीले कुनै काम बिगार्दा तपाईँ रिसाउनुहुन्छ कि रिसलाई काबूमा राख्नुहुन्छ?

a No: Why Kids—of All Ages—Need to Hear It and Ways Parents Can Say It भन्‍ने किताबबाट साभार गरिएको।

 छोराले चकलेट लिन खोज्दा आमाले ‘हुँदैन’ भन्छिन्‌

अहिल्यैदेखि सिकाउनुहोस्‌

तपाईँले छोराछोरीलाई अहिले “हुँदैन” भन्‍नुभयो भने पछि तिनीहरूले लागूपदार्थ खाने वा अन्य खराब काम गर्ने प्रलोभनहरूलाई तिरस्कार गर्न सक्नेछन्‌।

आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌

  • कठिन अवस्थामा पनि मैले रिसलाई काबूमा राख्दै समस्याहरूको समाधान गरेको के मेरा छोराछोरीले देखेका छन्‌?

  • शान्त भई समस्याहरूको समाधान गर्नुको कारण के मैले छोराछोरीलाई बताएको छु?

  • छोराछोरीको नजरमा म कस्तो मान्छे हुँ—भावनाहरूलाई काबूमा राख्न नसक्ने र झट्टै रिसाउने व्यक्‍ति या आत्मसंयमी व्यक्‍ति?

हामीले यसो गऱ्‍यौँ . . .

“रिस उठे तापनि अरूको अगाडि रिस नपोखाउन हामीले छोरीलाई भन्यौँ। आफ्नो रिसलाई काबूमा राखेर शान्त नभएसम्म तिनी अरूसँग बोल्न पाउँदिन थिइन्‌।”—टेरेसा

“छोराछोरीले राम्रो काम गर्दा हामी खुसी हुन्थ्यौँ र त्यो कुरा तिनीहरूलाई बताउँथ्यौँ। तिनीहरूले गाह्रो अवस्थामा आत्मसंयम देखाउँदा हामी तिनीहरूको प्रशंसा गर्थ्यौँ।”—वेन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने