प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. २ pp. १०-११
  • जिम्मेवार हुन सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जिम्मेवार हुन सिकाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जिम्मेवार हुनुमा के समावेश छ?
  • जिम्मेवार हुनु किन महत्त्वपूर्ण छ?
  • जिम्मेवार हुन कसरी सिकाउने?
  • घरायसी कामको महत्त्व
    ब्यूँझनुहोस्‌!—२०१७
  • छोराछोरीसितको बिछोड सहन सिक्ने
    ब्यूँझनुहोस्‌!—१९९८
  • ८ उदाहरण बसाल्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • तपाईंको बच्चालाई प्रशिक्षण दिन के बाइबलले मदत गर्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. २ pp. १०-११
छोरालाई बिरुवामा पानी हाल्न मदत गर्दै एक बुबा

पाठ ४

जिम्मेवार हुन सिकाउनुहोस्‌

जिम्मेवार हुनुमा के समावेश छ?

जिम्मेवार व्यक्‍तिहरू भरोसायोग्य हुन्छन्‌। तिनीहरू आफूलाई सुम्पिइएको काम राम्रोसँग अनि समयमै सिध्याउँछन्‌।

सानै भए तापनि छोराछोरीहरू जिम्मेवार हुन सिक्न सक्छन्‌। एउटा किताब (Parenting Without Borders) यसो भन्छ, “बच्चाहरू १५ महिनाको भएपछि आमाबुबाले भनेको मान्‍न थाल्छन्‌। अनि १८ महिनाको भएपछि तिनीहरू आमाबुबाको सिको गर्न थाल्छन्‌। थुप्रै ठाउँमा आमाबुबाहरू आफ्नो पाँच-सात वर्षको छोराछोरीलाई घरको कामकाजमा हात बटाउन सिकाउँछन्‌। अनि सानै भए पनि तिनीहरू घरका थुप्रै कामहरू राम्रोसँग पूरा गर्न सक्छन्‌।”

जिम्मेवार हुनु किन महत्त्वपूर्ण छ?

कुनै-कुनै ठाउँमा हुर्किसकेका छोराछोरीहरू घर छाडेर एक्लै बस्न रुचाउँछन्‌। तर एक्लैले विभिन्‍न समस्याहरूको सामना गर्न नसकेपछि तिनीहरू फेरि आमाबुबाकहाँ नै फर्कन्छन्‌। किनभने आमाबुबाले तिनीहरूलाई पैसाको सदुपयोग कसरी गर्ने, घर कसरी चलाउने अनि दैनिक कामकुराप्रति कसरी जिम्मेवार हुने भनेर सिकाएका हुँदैनन्‌।

त्यसकारण छोराछोरीलाई सानैदेखि जिम्मेवार हुन सिकाउनुपर्छ। त्यसो गर्दा तिनीहरू पछि गएर जिम्मेवार व्यक्‍ति हुन सक्छन्‌। छोराछोरी हुर्काउने सन्दर्भमा लेखिएको एउटा किताब (How to Raise an Adult) यसो भन्छ, “छोराछोरीलाई १८ वर्षसम्म काखी च्यापेर त्यसपछि चाहिँ ‘आफ्नो खुट्टामा आफै उभिनुपर्छ’ भनेर संसारमा यत्तिकै नछोड्‌नुहोस्‌।”

जिम्मेवार हुन कसरी सिकाउने?

काम अह्राउनुहोस्‌।

बाइबलको सिद्धान्त: “मेहनतको फल मीठो हुन्छ।”—हितोपदेश १४:२३.

साना केटाकेटीहरू आफ्नो आमाबुबालाई सघाउन चाहन्छन्‌। त्यसैले तिनीहरूमा त्यस्तो चाहना हुँदा नै तिनीहरूलाई घरायसी काम अह्राउनुहोस्‌।

केही आमाबुबाहरू छोराछोरीलाई घरायसी कामकाज अह्राउँदैनन्‌ किनभने तिनीहरू यस्तो तर्क गर्छन्‌, ‘स्कुलको होमवर्क नै टन्‍नै हुन्छ त्यसमाथि घरको काम दिएर तिनीहरूको बोझ अझ किन बढाउनु?’

तर घरायसी काम गर्ने केटाकेटीहरूले पढाइमा राम्रो गर्ने सम्भावना पनि बढी हुन्छ। किनकि घरायसी काम गर्दा तिनीहरूले आफूलाई दिइएको काम स्विकार्न र त्यो राम्ररी पूरा गर्न सिकिरहेका हुन्छन्‌। एउटा किताब (Parenting Without Borders) यसो भन्छ, “छोराछोरीले घरको कामकुरामा हात बटाउन खोज्दा हामीले त्यसको बेवास्ता गऱ्‍यौँ भने तिनीहरूले अरूलाई मदत गर्नु पर्दैन रहेछ भनेर सोच्ने छन्‌। . . . अनि आफ्नो काम पनि अरूले गरिदिएको आशा गर्छन्‌।”

घरायसी काम गर्दा छोराछोरीले अरूलाई मदत गर्न र निःस्वार्थ हुन सिक्छन्‌। घरको काम गर्दा तिनीहरूले आफू पनि परिवारको महत्त्वपूर्ण सदस्य हुँ भनेर महसुस गर्नेछन्‌ र आफूलाई दिइएको कामप्रति जिम्मेवार हुन सिक्नेछन्‌।

आफ्नो गल्तीप्रति जिम्मेवार हुन सिकाउनुहोस्‌।

बाइबलको सिद्धान्त: “सल्लाह सुन र अनुशासन स्विकार; तब तिमी बुद्धिमान्‌ हुनेछौ।”—हितोपदेश १९:२०.

छोराछोरीले गल्ती गर्दा जस्तै, तिनले अरूको सरसामान बिगारिदिँदा तिनको गल्ती ढाकछोप नगर्नुहोस्‌। हुन सक्छ तिनले आफ्नो गल्ती स्विकार्न सक्छन्‌ र त्यसको परिणाम भोग्न पनि तयार हुन सक्छन्‌ अथवा त्यसको क्षति बेहोर्न पनि सक्छन्‌।

आफ्नो गल्तीप्रति जिम्मेवार हुने छोराछोरीले निम्न कुराहरू सिक्छन्‌:

  • इमानदार हुन अनि आफ्नो गल्ती स्विकार्न

  • अरूलाई दोष नलगाउन

  • बहाना नबनाउन

  • आवश्‍यक परेमा माफी माग्न

छोरालाई बिरुवामा पानी हाल्न मदत गर्दै एक बुबा

अहिल्यैदेखि सिकाउनुहोस्‌

जिम्मेवार हुन सिकेका केटाकेटीहरू वयस्क भएपछि आफ्नो जिम्मेवारी राम्ररी बहन गर्न सक्नेछन्‌

आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌

  • के म मेहनती, व्यवस्थित अनि समयनिष्ठ छु?

  • मैले घरायसी कामकुरा गरेको के मेरा छोराछोरीले देखेका छन्‌?

  • के म आफ्नो गल्तीहरू स्विकार्छु अनि आवश्‍यक परेको खण्डमा माफी माग्छु?

हामीले यसो गऱ्‍यौँ . . .

“मेरा छोराछोरीले मलाई सानैदेखि घरको कामकुरामा सघाउँथे। मैले खाना पकाउँदा तिनीहरू पनि मलाई मदत गर्थे। लुगा पट्याउँदा तिनीहरूले पनि पट्याउँथे। घर सफा गर्दा तिनीहरू पनि सफा गर्थे। तिनीहरूलाई काम गर्न रमाइलो लाग्थ्यो। म सँगसँगै काम गर्न पाउँदा तिनीहरू खुसी हुन्थे। यसरी तिनीहरू जिम्मेवार बन्दै गए।”—लारा

“आफन्तसित रुखो व्यवहार गरेकोमा मैले छोरालाई एकदिन माफी माग्न लगाएको थिएँ। आफ्नो बोली व्यवहारले गर्दा अरूको चित्त दुखाएकोले तिनले पछि पनि थुप्रै चोटि माफी माग्नु पऱ्‍यो। तर अहिले गल्ती गर्दा तिनी माफी माग्न हिचकिचाउँदैनन्‌।”—डेब्रा

गल्तीबाट पाठ सिक्न सकिन्छ

एउटा पत्रिकामा जेसिका लेहि भन्‍ने शिक्षिकाले यस्तो लेखिन्‌, “बच्चाहरू गल्ती गर्ने गर्छन्‌ तर तिनीहरूले त्यस गल्तीबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌ भनेर आमाबुबाले बिर्सनु हुँदैन। मलाई मन पर्ने विद्यार्थीहरू ती हुन्‌ जो आफ्नो गल्तीप्रति जबाफदेही हुन्छन्‌ र त्यसबाट पाठ सिकेर अघि बढ्‌छन्‌। तिनीहरू नै पछि गएर आनन्दित र सफल हुन सक्छन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने