प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. ३ pp. ८-९
  • परिवार तथा साथीभाइसितको सम्बन्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवार तथा साथीभाइसितको सम्बन्ध
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • निःस्वार्थ हुनुहोस्‌
  • विचार पुऱ्‍याएर साथी छान्‍नुहोस्‌
  • बाइबलका अरू सिद्धान्तहरू
  • समानुभूति—दया र अनुकम्पाको कुञ्जी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • समानुभूति देखाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • समानुभूति देखाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२०
  • के ईश्‍वर समानुभूति देखाउनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. ३ pp. ८-९
परिवार तथा साथीभाइ जमघट गर्दै

परिवार तथा साथीभाइसितको सम्बन्ध

थुप्रैलाई अरूसित राम्रो सम्बन्ध बनाइराख्न गाह्रो लाग्छ। त्यसोभए आउनुहोस्‌, अरूसित सुमधुर सम्बन्ध बनाइराख्न मदत गर्ने बाइबलका केही सिद्धान्त विचार गरौँ।

निःस्वार्थ हुनुहोस्‌

बाइबलको सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

यसको अर्थ के हो? अरूबाट के पाउन सक्छु नभई आफूले अरूलाई के दिन सक्छु भनेर विचार गऱ्‍यौँ भने हाम्रो अरूसितको सम्बन्ध बलियो हुन्छ। तर तपाईँ स्वार्थी हुनुभयो भने तपाईँको अरूसितको सम्बन्ध बिग्रन्छ। उदाहरणको लागि, श्रीमान्‌ वा श्रीमतीमध्ये कोही एक जना स्वार्थी छ भने तिनले आफ्नो जोडीलाई धोका दिन सक्छ। आफूसँग भएको वा आफूलाई थाह भएको कुराको फुइँ लगाउँदै हिँड्‌ने मान्छेलाई हामी आफ्नो साथी बनाउन चाहँदैनौँ। त्यसैले एउटा किताब यसो भन्छ, “खाली आफ्नै बारेमा मात्र सोच्ने मान्छेलाई धेरै समस्या आइपर्छ।”

तपाईँ के गर्न सक्नुहुन्छ?

  • अरूलाई मदत गर्नुहोस्‌। असल मित्रहरू एक अर्कालाई भरोसा गर्छन्‌ र मदत गर्न सधैँ तयार हुन्छन्‌। केही अध्ययनले देखाएअनुसार अरूलाई मदत गर्नेहरूलाई डिप्रेसन हुने सम्भावना कम हुन्छ र तिनीहरूको आत्मसम्मान पनि बढ्‌छ।

  • समानुभूति देखाउनुहोस्‌। समानुभूति भनेको अरूको पीडा आफैले महसुस गर्नु हो। समानुभूति देखायौँ भने अरूको चित्त दुखाउने कठोर बोली बोल्न वा ठट्टा गर्नबाट जोगिन सक्छौँ।

    समानुभूति देखाउँदा हामी खुला विचार राख्न सक्छौँ। यसले गर्दा हामी पूर्वाग्रही हुने छैनौँ र विभिन्‍न संस्कृति तथा पृष्ठभूमिका मानिसहरूलाई साथी बनाउन सक्नेछौँ।

  • अरूसित समय बिताउनुहोस्‌। तपाईँ अरूसित जति धेरै समय बिताउनुहुन्छ त्यति नै धेरै तिनीहरूलाई चिन्‍न सक्नुहुन्छ। कसैलाई साँचो मित्र बनाउन चाहनुहुन्छ भने तिनलाई चासो र महत्त्वपूर्ण लाग्ने विषयमा कुरा गर्नुहोस्‌। तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। आफ्नो साथीलाई चासो देखाउनुहोस्‌। हालैको एउटा अध्ययनले देखाएअनुसार “अर्थपूर्ण कुराकानी गर्ने मानिसहरू आनन्दित हुन सक्छन्‌।”

विचार पुऱ्‍याएर साथी छान्‍नुहोस्‌

बाइबलको सिद्धान्त: “नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरिन्थी १५:३३.

यसको अर्थ के हो? तपाईँ जोसँग धेरै समय बिताउनुहुन्छ त्यसले तपाईँको आनीबानीमा सकारात्मक वा नकारात्मक असर पार्न सक्छ। समाजशास्त्रीहरूले बताएअनुसार साथी सङ्‌गतले तपाईँको पूरै जीवनशैलीमा ठूलो प्रभाव पार्न सक्छ। उदाहरणको लागि, यदि तपाईँ धूम्रपान अनि सम्बन्धविच्छेद गर्नेहरूको सङ्‌गत गर्नुहुन्छ भने तपाईँलाई पनि धूम्रपान गर्न वा सम्बन्धविच्छेद गर्न कत्ति बेर पनि लाग्दैन।

तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँलाई मनपर्ने वा तपाईँले अनुकरण गर्न चाहने गुण भएका मानिसहरूलाई साथी बनाउनुहोस्‌। उदाहरणको लागि, कुशल, अरूको आदर गर्ने, उदार र अतिथि सत्कार गर्नेहरूलाई साथी बनाउनुहोस्‌।

बाइबलका अरू सिद्धान्तहरू

एक महिला आफ्नी छोरीलाई बाइबलआधारित भिडियो देखाउँदै

पारिवारिक जीवन आनन्दित बनाउन मदत गर्ने बाइबलआधारित भिडियोहरू हेर्नुहोस्‌। यी भिडियोहरू विवाहित जोडी, किशोरकिशोरीहरू र साना बच्चाहरूको लागि भनेर तयार पारिएका छन्‌

अरूको चित्त दुखाउने बोली नबोल्नुहोस्‌।

“सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ।”—हितोपदेश १२:१८.

उदार हुनुहोस्‌।

“मन खोलेर दिने मानिसको उन्‍नति हुन्छ।”—हितोपदेश ११:२५.

अरूसित राम्रो व्यवहार गर्नुहोस्‌।

“मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ति ७:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने