प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 No. १ pp. ५-७
  • तनाव भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तनाव भनेको के हो?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • फाइदाजनक र हानिकारक तनाव
  • असल तनाउ, खराब तनाउ
    ब्यूँझनुहोस्‌!—१९९८
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
  • तनाउ—“मन्द विष”
    ब्यूँझनुहोस्‌!—१९९८
  • के तपाईँ तनावमा हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 No. १ pp. ५-७
सहरको एक जना व्यापारी अफिस भवनमा जान दौडेर सिँढी उक्लँदै।

तनावबाट मुक्‍ति पाउनुहोस्‌

तनाव भनेको के हो?

तनाव भनेको गाह्रो परिस्थितिको सामना गर्नुपर्दा शरीरले देखाउने प्रतिक्रिया हो। तनाव हुँदा हाम्रो मस्तिष्कले शरीरको विभिन्‍न अङ्‌गमा हर्मोनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ। त्यसले मुटुको धड्‌कन बढाउने, रक्‍तचाप घटबढ गर्ने, फोक्सोलाई आवश्‍यकताभन्दा धेरै फुलाउने वा खुम्चाउने अनि मांसपेशीलाई कडा बनाउने गर्छ। हाम्रो मस्तिष्कले वास्तवमा के भइरहेको हो भनेर ठम्याउनुअघि नै हाम्रो शरीरले यस्तो प्रतिक्रिया देखाउन थालिसकेको हुन्छ। अनि तनावको अवधि सिद्धिएपछि हाम्रो शरीर फेरि सामान्य अवस्थामै फर्कन्छ।

फाइदाजनक र हानिकारक तनाव

तनाव भनेको शरीरले देखाउने स्वाभाविक प्रतिक्रिया हो, जसले चुनौतीपूर्ण वा खतरनाक अवस्थाको सामना गर्न तयार बनाउँछ। यो प्रतिक्रिया मस्तिष्कबाट सुरु हुन्छ। फाइदाजनक तनावले तपाईँलाई तुरुन्तै प्रतिक्रिया देखाउन उत्प्रेरित गर्छ। केही हदसम्म तनावले तपाईँलाई लक्ष्यहरू हासिल गर्न मदत गर्छ। जस्तै: स्कुलको परीक्षा दिँदा, जागिरको लागि अन्तरवार्ता दिँदा वा खेल खेल्दा उत्पन्‍न हुने तनावले तपाईँलाई आफ्नो तर्फबाट अझ राम्रो गर्न प्रोत्साहन दिन्छ।

तर अचाक्ली तनाव वा लामो समयदेखि पिरोलिरहेको तनावले हानि पुऱ्‍याउँछ। हरसमय वा बारम्बार अचाक्ली तनावमा डुबिरहनुभयो भने त्यसले तपाईँलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर गर्न थाल्छ। तपाईँको आनीबानी र व्यवहारमा समेत परिवर्तन आउन सक्छ। लामो समयदेखि पिरोलिरहेको तनावको कारण मानिसहरू लागूपदार्थ सेवन गर्छन्‌ अनि स्वास्थ्यलाई हानि गर्ने अन्य कामहरू गर्छन्‌। साथै यसले अन्य ठूलठूला समस्यासमेत निम्त्याउन सक्छ, जस्तै: डिप्रेसन हुने, जीवनदेखि दिक्क लाग्ने वा आत्महत्याको सोचाइ आउने।

तर तनावले सबैलाई एउटै किसिमले असर गर्छ भन्‍ने छैन। यसले विभिन्‍न रोग निम्त्याउन सक्छ अनि हाम्रो शरीरको प्रायः सबै भागमा असर गर्छ।

तनावले शरीरलाई कस्तो असर गर्छ?

स्नायु प्रणाली।

एक जना मानिस तनाव भएकोले पुर्पुरोमा हात राखेका छन्‌।

स्नायु प्रणालीले अड्रेनलिन र कोर्टिजोलजस्ता हर्मोन निकाल्छ। यी हर्मोनहरूले मुटुको धड्‌कन, रक्‍तचाप अनि रगतमा ग्लुकोजको मात्रा बढाउँछ, जसले गर्दा तपाईँ खतरा आइपर्दा तुरुन्तै प्रतिक्रिया देखाउन सक्नुहुन्छ। अचाक्ली तनावले यी समस्याहरू निम्त्याउँछ:

  • चिढचिढापन, चिन्ता, डिप्रेसन, टाउको दुख्ने र निद्रा नलाग्ने

मांसपेशी तथा अस्थिपञ्जर प्रणाली।

तपाईँको मांसपेशी कडा हुन्छ, जसले तपाईँलाई चोटपटक लाग्नदेखि जोगाउँछ। अचाक्ली तनावले यी समस्याहरू निम्त्याउँछ:

  • जीउ दुख्ने, टाउको दुख्ने र मांसपेशी बटारिने

श्‍वासप्रश्‍वास प्रणाली।

धेरै अक्सिजन लिन तपाईँ छिटोछिटो सास फेर्नुहुन्छ। अचाक्ली तनावले यी समस्याहरू निम्त्याउँछ:

  • स्वाँस्वाँ हुने र सास फेर्न गाह्रो हुने अनि यी समस्या भएकाहरूलाई एकाएक डरले छोप्छ

रक्‍तसञ्चार प्रणाली।

पूरै शरीरमा रगत सञ्चार हुन मुटुको धड्‌कन छिटोछिटो चल्छ। यस्तो अवस्थामा शरीरको कुनै-कुनै भागमा रगतको मात्रा धेरै पठाउनुपर्छ, जस्तै: मांसपेशीमा। अनि ती भागहरूमा रगत पठाउन रक्‍त नलीहरू फुल्ने वा खुम्चने गर्छ। अचाक्ली तनावले यी समस्याहरू निम्त्याउँछ:

  • उच्च रक्‍तचाप, हृदयघात र मस्तिष्कघात

एन्डोक्राइन प्रणाली।

ग्रन्थीहरूले अड्रेनलिन र कोर्टिजोलजस्ता हर्मोन निकाल्छ, जसले गर्दा तपाईँको शरीरले तनाव हुनेबित्तिकै प्रतिक्रिया देखाउँछ। अनि तपाईँलाई अझ धेरै उर्जा दिन कलेजोले रगतमा चिनीको मात्रा बढाउँछ। अचाक्ली तनावले यी समस्याहरू निम्त्याउँछ:

  • मधुमेह, रोग प्रतिरोधात्मक क्षमता घट्‌ने र रोग लाग्ने, मुड परिवर्तन हुने र वजन बढ्‌ने

ग्यासट्रोइन्टेसटाइनल प्रणाली।

तनावले गर्दा शरीरमा खानेकुरा पचाउने प्रकियामा असर पुग्छ। अचाक्ली तनावले यी समस्याहरू निम्त्याउँछ:

  • शिथिल हुने, बान्ता गर्ने, पखाला लाग्ने र कब्जियत हुने

प्रजनन प्रणाली।

तनावले यौनइच्छा र क्रियामा असर गर्छ। अचाक्ली तनावले यी समस्याहरू निम्त्याउँछ:

  • पुरुषमा यौन शक्‍तिको कमी; अनियमित महिनावारी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने