प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या १ पृ. ४
  • के-कस्ता कारणले तनाव हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के-कस्ता कारणले तनाव हुन्छ?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • असल तनाउ, खराब तनाउ
    ब्यूँझनुहोस्‌!—१९९८
  • तनाव भनेको के हो?
    ब्यूँझनुहोस्‌!—२०२०
  • के तपाईँ तनावमा हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या १ पृ. ४

तनावबाट मुक्‍ति पाउनुहोस्‌

के-कस्ता कारणले तनाव हुन्छ?

स्वास्थ्य उपचारसम्बन्धी चिरपरिचित संस्था मायो क्लिनिक यसो भन्छ, “प्रायजसो वयस्कहरूमा पहिलेभन्दा झन्‌ तनाव बढ्‌दै गइरहेको छ। अहिले जीवन द्रुत गतिमा परिवर्तन हुँदै छ र अनिश्‍चित छ।” आउनुहोस्‌, तनाव निम्त्याउने केही कारण विचार गरौँ:

  • सम्बन्धविच्छेद

  • प्रियजनको मृत्यु

  • गम्भीर रोग

  • गम्भीर दुर्घटना

  • अपराध

  • व्यस्त जीवन

  • प्रकोप—प्राकृतिक वा मानवीय

  • स्कुल वा काम गर्ने ठाउँमा आउने दबाब

  • काम र आर्थिक सुरक्षाको चिन्ता

“जागिर खोसिँदा”

अमेरिकन साइकोलोजिकल एसोसिएसन यसो भन्छ, “जागिर खोसिँदा त्यसको पीडा असह्‍य हुन्छ। बेरोजगार हुँदा दाम्पत्य जीवनमा समस्या, अत्यधिक चिन्ता र डिप्रेसन हुन सक्छ अनि उक्‍त व्यक्‍ति बिरामी पर्न सक्छ। यहाँसम्म कि उसमा आत्महत्या गर्ने सोचाइसमेत आउन सक्छ। जागिर खोसिँदा त्यसले जीवनको हरेक क्षेत्रमा असर पुग्छ।”

बाल्यावस्थामा हुने तनाव

केटाकेटीहरू तनावको सिकार हुनु कुनै नौलो कुरा होइन। कोही-कोही स्कुलमा दादागिरीको सिकार भएका हुन्छन्‌ भने कोही-कोहीले चाहिँ आमाबुबाको माया पाएका हुँदैनन्‌। अरू भने शारीरिक, मानसिक, यहाँसम्म कि यौन दुर्व्यवहारको समेत सिकार भएका हुन्छन्‌। धेरै केटाकेटीलाई स्कुलको जाँच र रिजल्टको चिन्ता हुन्छ। केही केटाकेटी भने आमाबुबाको सम्बन्धविच्छेद भएर परिवार टुक्रिएकोले तनावग्रस्त भएका हुन्छन्‌। तनावमा परेका केटाकेटीहरूमा विभिन्‍न समस्या देखा पर्न सक्छ। जस्तै: डरलाग्दो सपना देख्ने, लेखपढ गर्न गाह्रो हुने, डिप्रेसनको सिकार हुने वा अरूसित सङ्‌गत गर्न नचाहने। कोही-कोही भने आफ्नो भावनालाई काबूमा राख्न सक्दैनन्‌। तनावको सिकार भएका केटाकेटीहरूलाई तुरुन्तै मदत गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने