प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या ३ पृ. १०-११
  • आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्या
  • बाइबल सिद्धान्त
  • आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउँदा कस्तो फाइदा हुन्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • पूर्वाग्रहमाथि विजय हासिल गरेकाहरू
    ब्यूँझनुहोस्‌!—२०२०
  • प्रेम देखाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२०
  • मित्रताको भोक मेट्‌ने
    ब्यूँझनुहोस्‌!—२००५
  • असल साथीहरू—खराब साथीहरू
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या ३ पृ. १०-११
फरक जातिका चार महिला हाँस्दै कुराकानी गर्दै छन्‌ अनि तिनीहरूका छोराछोरी पार्कमा खेल्दै छन्‌।

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌

समस्या

आफूले नकारात्मक सोचाइ राखेको समूहका मानिसहरूबाट टाढै रह्‍यौँ भने पूर्वाग्रही सोचाइलाई मलजल गरिरहेका हुन सक्छौँ। अनि यदि हामीले आफूजस्तै व्यक्‍तिहरूलाई मात्र साथी बनायौँ भने आफ्नो सोचाइ, भावना अनि तौरतरिका मात्र सही छ जस्तो हामीलाई लाग्न सक्छ।

बाइबल सिद्धान्त

“ठूलो मनका होओ।”—२ कोरिन्थी ६:१३.

यसबाट के सिक्न सक्छौँ? “मन”-ले हाम्रो भावनाहरूलाई बुझाउन सक्छ। यदि हामी आफूजस्तै व्यक्‍तिहरूसित मात्र नजिकियौँ भने आफ्नो मन सानो अथवा साँघुरो बनाइरहेका हुन्छौँ। यस्तो हुन नदिन हामी आफूभन्दा फरक व्यक्‍तिहरूलाई पनि साथी बनाउन इच्छुक हुनुपर्छ।

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउँदा कस्तो फाइदा हुन्छ?

अरूलाई व्यक्‍तिगत तवरमा चिनेपछि तिनीहरू किन हामीभन्दा फरक छन्‌ भनेर बुझ्न थाल्नेछौँ। अनि तिनीहरूसित नजिक हुँदै गएपछि तिनीहरू पनि हामीजस्तै रहेछन्‌ भनेर महसुस गर्नेछौँ। हामी तिनीहरूको अझ धेरै कदर गर्न थाल्नेछौँ र तिनीहरूप्रति समानुभूतिशील हुनेछौँ।

नाजेरीको उदाहरण विचार गर्नुहोस्‌। उनी पहिले आप्रवासीहरूप्रति पूर्वाग्रही सोचाइ राख्थिन्‌। त्यस्तो भावना हटाउन उनलाई केले मदत गऱ्‍यो? उनी यसो भन्छिन्‌: “मैले तिनीहरूसितै काम गरेँ अनि सङ्‌गत पनि गरेँ। अरूले फैलाएको अफवाहभन्दा मैले भेटेका मानिसहरू बिलकुलै फरक भएको पाएँ। फरक संस्कृतिको व्यक्‍तिलाई साथी बनाएपछि तिनीहरू सबै एउटै हुँदैनन्‌ भनेर बुझ्न सक्नेछौँ अनि तिनीहरू प्रत्येकलाई माया गर्न र तिनीहरूको मोल गर्न थाल्नेछौँ।”

होसियार हुनुहोस्‌!

केही मानिसहरू आफू अनि अरूलाई हानि पुऱ्‍याउने जीवनशैली अपनाउँछन्‌। त्यसैले हामी साथी छान्‍ने सन्दर्भमा होसियार हुनुपर्छ। विश्‍वासघाती अनि छाडा जीवन बिताउनेहरूलाई साथी नबनाउँदा हामी पूर्वाग्रही भइरहेका हुँदैनौँ। तर तपाईँलाई आफ्नो नैतिक स्तर तोड्‌न उक्साउने व्यक्‍तिहरूसित बदला लिन खोज्नु वा तिनीहरूलाई ‘यस्तो गर उस्तो गर’ भन्‍नुको साटो त्यस्ता व्यक्‍तिहरूलाई साथी नबनाउनु नै बुद्धिमानी हुन्छ।—हितोपदेश १३:२०.

तपाईँ के गर्न सक्नुहुन्छ?

फरक देश, पृष्ठभूमि वा भाषाका मानिसहरूसित कुराकानी गर्ने मौका खोज्नुहोस्‌। तपाईँ यी कुराहरू गर्न सक्नुहुन्छ

  • तिनीहरूलाई आफूबारे केही कुरा भन्‍न आग्रह गर्न सक्नुहुन्छ।

  • तिनीहरूलाई खाना खान बोलाउन सक्नुहुन्छ।

  • तिनीहरूले आफूबारे बताउँदा ध्यान दिएर सुन्‍नुहोस्‌ र तिनीहरूको लागि महत्त्वपूर्ण कुरा के रहेछ भनेर बुझ्नुहोस्‌।

जीवनमा घटेका घटनाहरूले तिनीहरूको व्यक्‍तित्वमा कस्तो असर पाऱ्‍यो भनेर बुझ्ने कोसिस गर्नुभयो भने त्यस समूहका मानिसहरूप्रति सकारात्मक मनोवृत्ति विकास गर्न सक्नुहुनेछ।

सत्य घटना: कान्डेसामी र सुकामा (क्यानाडा)

“हामी दक्षिण अफ्रिकामा हुर्कियौँ। त्यसबेला त्यहाँ रङ्‌गभेदको समस्या थियो। विभिन्‍न जातिका मानिसहरू छुट्टाछुट्टै समाजमा बस्न बाध्य थिए। त्यसले गर्दा विभिन्‍न जातिका मानिसहरूमा पूर्वाग्रहको भावना विकास हुन थाल्यो। हामी काला जातिका थियौँ र गोरा जातिलाई मन पराउँदैन थियौँ किनभने तिनीहरूमध्ये केहीले हामीलाई होच्याएर व्यवहार गरेका थिए। त्यतिबेला आफू पूर्वाग्रही भइरहेको जस्तो हामीलाई लाग्दैन थियो। बरु हामीचाहिँ पूर्वाग्रहको सिकार भइरहेका थियौँ जस्तो लाग्थ्यो।

“आफूमा भएको पूर्वाग्रही भावना हटाउन हामीले ठूलो मनको हुने र विभिन्‍न पृष्ठभूमिका मानिसहरूलाई साथी बनाउने प्रयास गऱ्‍यौँ। गोरा जातिका मानिसहरूसित सङ्‌गत गर्दै जाँदा तिनीहरू र हामीबीच थुप्रै कुरा समान रहेछन्‌ भनेर थाह पायौँ। हामी सबैले एउटै किसिमको अवस्था र चुनौतीहरूको सामना गर्नुपर्दो रहेछ।

“त्यसको साथै हामीले गोरा जातिको एउटा दम्पतीलाई आफ्नो घरमा लामो समयको लागि बास पनि दियौँ। सङ्‌गत गर्दै जाँदा उहाँहरूलाई राम्ररी चिन्दै गयौँ। केही समयमै हामीले एकअर्कालाई साथीको रूपमा समान दृष्टिकोणले हेर्न थाल्यौँ। यसले गर्दा हामी गोरा जातिका मानिसहरूप्रति अझ सकारात्मक हुन सक्यौँ।”

साँचो अर्थमा दाजुभाइ

जोनी र गिदियोन यहोवाका साक्षीहरूको सभाभवनबाहिर केटाकेटीसित कुराकानी गर्दै छन्‌।

छुट्टाछुट्टै जाति र राजनैतिक विचारधाराका भए तापनि जोनी र गिदियोनले आपसमा गहिरो मित्रता गाँसे।

जोनी र गिदियोन: पहिले शत्रु, तर अहिले दाजुभाइ भिडियो हेर्नुहोस्‌। jw.org/ne मा यो भिडियो खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने