प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g23 No. १ pp. १२-१४
  • हावा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हावा
  • ब्यूँझनुहोस्‌!—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वायु प्रदूषणका खतराहरू
  • कहिल्यै नाश नहुनेगरि बनाइएको ग्रह—पृथ्वी
  • सुधारका प्रयासहरू
  • बाइबलमा कस्तो आशा पाउँछौँ?
  • वातावरण संरक्षण हामी कत्तिको सफल भएका छौं?
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२०२३
g23 No. १ pp. १२-१४
एक दम्पती हिउँले ढाकेको उकालोमा हिँडिरहेको छ। तिनीहरू सफा निलो आकाश, वनजङ्‌गलले ढाकेका डाँडाहरू अनि ताल हेरिरहेका छन्‌।

के पृथ्वी रहिरहला?

हावा

हामीलाई सास फेर्नको लागि हावा चाहिन्छ। तर त्यति मात्र होइन, हावाले सूर्यबाट निस्कने धेरैजसो हानिकारक विकिरणलाई पृथ्वीसम्म आइपुग्नदेखि रोक्छ। हावा नभएको भए पृथ्वी जमेर बरफको ढिक्का बन्‍ने थियो।

वायु प्रदूषणका खतराहरू

वायु प्रदूषणले गर्दा पृथ्वीका जीवित प्राणीहरू सखाप हुन सक्छन्‌। विश्‍व स्वास्थ्य सङ्‌गठनले स्वच्छ हावाको मापदण्ड तोकेको छ। विश्‍व जनसङ्‌ख्याको एक प्रतिशत मानिसहरूले मात्र त्यस्तो हावामा सास फेरिरहेका छन्‌।

वायु प्रदूषणले गर्दा फोक्सोको क्यान्सर अनि श्‍वासप्रश्‍वास तथा मुटुसम्बन्धी रोग लाग्न सक्छ। प्रत्येक वर्ष वायु प्रदूषणले गर्दा लगभग ७० लाख मानिसको अकालमै मृत्यु भइरहेको छ।

कहिल्यै नाश नहुनेगरि बनाइएको ग्रह—पृथ्वी

पृथ्वीसित सबै जीवित प्राणीका लागि पर्याप्त मात्रामा स्वच्छ हावा उत्पादन गर्न सक्ने क्षमता छ। मानिसहरूले अत्यधिक रूपमा वातावरण प्रदूषण गरेनन्‌ भने मात्र यस प्राकृतिक चक्रले राम्ररी काम गर्न पाउँछ। केही उदाहरण विचार गरौँ:

  • वनजङ्‌गलले हावामा भएको कार्बन डाइअक्साइड सोस्छ भनेर प्रायः सबैलाई थाह छ। तर वनजङ्‌गलले भन्दा तटीय सिमसारहरूमा पाइने म्यानग्रुभ भन्‍ने रूखहरूले अझ धेरै कार्बन डाइअक्साइड सोस्छन्‌ भनेर कमैलाई मात्र थाह छ। म्यानग्रुभ रूखहरूले उष्ण प्रदेशीय क्षेत्रमा पाइने रूखहरूले भन्दा पाँच गुणा धेरै कार्बन डाइअक्साइड सोस्छन्‌।

  • हालैका अध्ययनहरूले देखाएअनुसार केल्पजस्ता लामा-लामा लेउहरूले हावामा भएको कार्बन डाइअक्साइड सोस्छन्‌। त्यति मात्र होइन, त्यसलाई समुद्रको पिँधमा दबाएर राख्छन्‌। केल्पका पातहरूमा हावाले भरिएका थैलीहरू हुन्छन्‌, जसले गर्दा ती तैरिएर टाढा-टाढासम्म पुग्न सक्छन्‌। समुद्री तटबाट टाढा पुगेपछि ती थैलीहरू फुट्‌छन्‌ र कार्बन डाइअक्साइडयुक्‍त केल्प डुबेर समुद्रको पिँधमा पुग्छ। अनि त्यहाँ ती केल्पहरू सयौँ वर्षसम्म दबिएर रहन्छन्‌।

  • हाम्रो वातावरणसित प्रदूषित हावालाई फेरि स्वच्छ पार्ने क्षमता छ भनेर कोभिड-१९ महामारीको बेला भएको लकडाउनमा स्पष्ट भयो। सन्‌ २०२० मा विश्‍वभरिका कलकारखानाहरू र सवारीसाधनहरू लगभग ठप्पै भए, जसले गर्दा हावामा प्रदूषण फैलिन पाएन र हावाको गुणस्तर केही समयमै राम्रो भयो। “विश्‍व वायु गुणस्तर प्रतिवेदन २०२०”-अनुसार वायुको गुणस्तर चेकजाँचमा भाग लिएका देशहरूमध्ये ८० % भन्दा धेरै देशले लकडाउन सुरु भएको छोटो समयमै हावाको गुणस्तर राम्रो भएको रिपोर्ट गरे।

    के तपाईँलाई थाह थियो?

    प्रदूषित हावा फेरि स्वच्छ हुन सक्छ

    भारतको नयाँ दिल्लीको हावामा सूक्ष्म कणहरूको मात्रा (पीएम २.५) देखाइएको रेखाचित्र। जनवरी २०२० मा त्यो मात्रा सबैका लागि अस्वस्थकर (१२८.१) थियो तर अगस्त २०२० मा त्यसको मात्रा मध्यम (३५.५) भयो।

    कोभिड-१९ महामारीको बेला भएको लकडाउनको दौडान भारतको नयाँ दिल्लीमा कलकारखानाहरू र सवारीसाधनहरू लगभग ठप्पै भएकोले वायु प्रदूषण अचम्मलाग्दो तरिकामा घट्यो। हावामा सूक्ष्म कणहरूको (पीएम २.५) मात्रा पनि स्वाट्टै घट्यो। यी सूक्ष्म कणहरूले (०.००२५ मि. मि. वा सानो) गर्दा श्‍वासप्रश्‍वाससम्बन्धी रोग र अन्य गम्भीर रोग लाग्न सक्छ। हुनत यस्तो स्वच्छ हावा लामो समयसम्म रहिरहेन। तर यसबाट के प्रस्ट भयो भने वातावरणसित प्रदूषित हावालाई छोटो समयमै स्वच्छ पार्ने क्षमता छ।

    सन्‌ २०१९ को अन्ततिर भारतको नयाँ दिल्लीमा अत्यधिक वायु प्रदूषणको कारण लागेको बाक्लो तुवाँलो।

    © Amit kg/Shutterstock

    सन्‌ २०१९ को अन्ततिर

    भारतको नयाँ दिल्लीमा कोभिड-१९ महामारीमा लागेको लकडाउनको कारण वायु प्रदूषण घट्यो र आकाश सफा भयो।

    © Volobotti/Shutterstock

    कोभिड-१९ लकडाउनको दौडान

सुधारका प्रयासहरू

कामबाट फर्केपछि एक पुरुष साइकल पार्क गर्दै छन्‌।

साइकल चढेर काम गर्ने ठाउँ र स्कुल जाँदा वायु प्रदूषण कम गर्न मदत पुग्छ

सरकारहरूले उद्योग, कलकारखाना चलाउने व्यवसायीहरूलाई वायु प्रदूषण न्यूनीकरण गर्न दबाब दिँदै आएका छन्‌। साथै वैज्ञानिकहरूले प्रदूषण हटाउन नयाँ-नयाँ तरिका आविष्कार गरिरहेका छन्‌। जस्तै: एउटा तरिका भनेको प्रदूषण फैलाउने तत्त्वहरूलाई अविषाक्‍त तत्त्वहरूमा परिणत गर्न सूक्ष्मजीवहरू प्रयोग गर्नु हो। साथै विशेषज्ञहरूले मानिसहरूलाई प्रदूषण फैलाउने सवारीसाधन चलाउनुको साटो पैदल हिँड्‌न वा साइकल चलाउन र घरमा ऊर्जाको खपत कम गर्ने उपायहरू खोज्न सुझाव दिएका छन्‌।

एक महिला आफ्नो सानो घरमा भुईँमा बसेर खाना पकाउँदै छिन्‌। तिनको चुलो साधारण भए पनि त्यसबाट धेरै धुवाँ निस्कँदैन।

केही ठाउँमा सरकारहरूले वायु प्रदूषण कम होस्‌ भनेर आफ्ना नागरिकहरूलाई आधुनिक चुलो वितरण गरेका छन्‌ तर थुप्रै मानिसले अझै त्यस्तो चुलो पाएका छैनन्‌

तर यति प्रयास पर्याप्त छैन भन्‍ने कुरा विश्‍व स्वास्थ्य सङ्‌गठन र विश्‍व बैँकलगायत अन्य अन्तरराष्ट्रिय सङ्‌घसंस्थाहरूले २०२२ मा निकालेको रिपोर्टले पनि देखाएको छ।

त्यस रिपोर्टअनुसार २०२० मा विश्‍व जनसङ्‌ख्याको लगभग एकतिहाइ मानिसले खाना पकाउनको लागि प्रयोग गर्ने इन्धन हावालाई प्रदूषित पार्ने खालको थियो। थुप्रै ठाउँका सीमित मानिसले मात्र वातावरणलाई प्रदूषित नबनाउने स्टोभ किन्‍न वा वैकल्पिक इन्धन प्रयोग गर्न सक्छन्‌।

बाइबलमा कस्तो आशा पाउँछौँ?

“यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ। . . . उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो। उहाँले नै पृथ्वीका मानिसहरूलाई . . . सास दिनुभयो।”—यसैया ४२:५.

मानिसहरूले सास फेर्न सकून्‌ भनेर परमेश्‍वरले हावा बनाउनुभयो र त्यसलाई स्वच्छ राख्न विभिन्‍न प्राकृतिक चक्र पनि बनाउनुभयो। साथै उहाँसित अथाह शक्‍ति छ र उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसोभए के उहाँले वायु प्रदूषण हटाउन कुनै कदम चाल्नुहुन्‍न होला र? “परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ” भन्‍ने लेख हेर्नुहोस्‌।

थप जानकारी पाउनुहोस्‌

अन्तरिक्षबाट देखिएको पृथ्वी।

हाम्रो वायुमण्डल कसरी बन्यो? jw.org मा के यो ब्रह्‍माण्ड सृष्टि गरिएको थियो? भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने