प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g23 सङ्‌ख्या १ पृ. १५
  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ
  • ब्यूँझनुहोस्‌!—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिकर्ताबाटको कहिल्यै नाश नहुने एउटा उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा
    ब्यूँझनुहोस्‌!—२०२३
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के यो पृथ्वी विनाश हुनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२३
g23 सङ्‌ख्या १ पृ. १५
ताल, वनजङ्‌गल अनि हिमाल।

Oleh_Slobodeniuk/E+ via Getty Images

परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ

“पृथ्वीसित हामीले सोचेभन्दा छिटो पहिलेकै अवस्थामा फर्कने क्षमता छ।”

यो तथ्य अनुसन्धानकर्ताहरूको अन्तरराष्ट्रिय टोलीले जलवायु परिवर्तनबारे निकालेको निष्कर्ष हो। यदि तपाईँ मानिसजातिको ख्याल राख्ने सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्नुहुन्छ भने यस निष्कर्षले तपाईँलाई एउटा कुरा सम्झाउँछ। त्यो हो: परमेश्‍वरले बनाउनुभएका विभिन्‍न प्राकृतिक चक्रले पृथ्वीलाई पहिलेकै अवस्थामा फर्कन मदत गर्छ।

तर मानिसहरूले पृथ्वीलाई यत्ति बिगारिसके कि पृथ्वी प्राकृतिक चक्रहरूको भरमा मात्र पहिलेकै अवस्थामा फर्कन असम्भव भइसकेको छ। त्यसोभए परमेश्‍वरले नै केही गर्नुहुनेछ भन्‍ने कुरामा हामी किन विश्‍वस्त हुन सक्छौँ?

पृथ्वी सधैँभरि रहिरहनेछ र यसको पर्यावरण झन्‌झनै राम्रो हुँदै जानेछ भनेर विश्‍वस्त बनाउने केही बाइबल पद विचार गरौँ।

  • परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुभयो। “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”—उत्पत्ति १:१

  • पृथ्वी परमेश्‍वरकै हो। “धर्ती र यसमा भएका सबै थोक यहोवाकैa हुन्‌।”—भजन २४:१

  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहनेगरि बनाउनुभयो। “उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभएको छ; त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।”—भजन १०४:५

  • परमेश्‍वरले पृथ्वीमा सधैँभरि जीवन सम्भव भइरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको छ। “साँचो परमेश्‍वर यहोवा . . . जसले पृथ्वी सृष्टि गर्नुभयो . . . उहाँले व्यर्थैमा त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।”—यसैया ४५:१८

  • मानिसहरू पृथ्वीमा सधैँभरि बाँच्नेछन्‌ भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ। “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९

परमेश्‍वरले पृथ्वीमा विभिन्‍न प्राकृतिक चक्र बनाउनुभएको छ। मानिसहरूले प्रकृतिको स्रोतसाधन विचारशील भएर प्रयोग गर्ने हो भने तिनीहरूले यसबाट आनन्द उठाइरहन सक्नेछन्‌। पृथ्वीमा जे-जति हानि पुगेको छ, त्यसलाई यहोवाले आफूले तोकेको समयमा सुधार्नुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ।—प्रकाश ११:१८

त्यसपछि उहाँले पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नुहुनेछ र “सबै जीवको इच्छा पूरा” गर्न आफ्नो मुठी खोल्नुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।—भजन १४५:१६

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने