प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g24 No. १ pp. ४-६
  • अरूप्रतिको आदर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूप्रतिको आदर
  • ब्यूँझनुहोस्‌!—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अरूलाई आदर देखाउनु किन महत्त्वपूर्ण छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?
  • अरूलाई आदर देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • आदर हराउँदै छ!
    ब्यूँझनुहोस्‌!—२०२४
  • सहिष्णुता देखाउन बाइबलले कसरी मदत गर्न सक्छ?
    थप लेखहरू
  • ४. हामीले किन अख्तियारको आदर गर्नुपर्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२४
g24 No. १ pp. ४-६
रेस्टुरेन्टमा एक जना मानिस वेटरलाई तथानाम गाली गरिरहेका छन्‌। वेटर भने माफी मागिरहेका छन्‌। तिनी कराइरहेको देखेर तिनीसँगै भएका मानिसहरू अप्ठ्यारो मानिरहेका छन्‌।

अरूप्रतिको आदर

अरूलाई आदर देखाउनु किन महत्त्वपूर्ण छ?

अरूलाई आदर देखाउँदा तनावपूर्ण अवस्थालाई साम्य पार्न सकिन्छ र अवस्था झनै बिग्रनदेखि जोगिन्छ।

  • अनादरपूर्ण बोली अनि व्यवहारले केवल आगोमा घिउ थप्ने काम गर्छ अनि यसको नतिजा अक्सर डरलाग्दो हुन्छ। त्यसैले बाइबलले यस्तो उपदेश दिन्छ: “मीठो जवाफले रिसलाई शान्त पार्छ तर कठोर बोलीले रिस उठाउँछ।”—हितोपदेश १५:१.

  • एक महान्‌ शिक्षकले यसो भन्‍नुभयो: “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (मत्ति १२:३४) हामी आफ्नो भन्दा फरक वर्ण, जाति, राष्ट्रियता अनि सामाजिक पृष्ठभूमिका व्यक्‍तिहरूबारे अनादरपूर्ण तरिकामा बोल्छौँ भने हाम्रो हृदयमा तिनीहरूप्रति पूर्वाग्रह छ भन्‍ने देखिन्छ। यो एउटा गम्भीर समस्या हो र यसलाई सच्याउनै पर्छ।

    हालै २८ वटा देशमा ३२ हजारभन्दा धेरै जनासित एउटा सर्वेक्षण गरिएको थियो। तिनीहरूमध्ये ६५ प्रतिशतले मानिसहरू पहिलेभन्दा झन्‌ धेरै अशिष्ट भएको र एकअर्काप्रतिको आदर पनि घट्‌दै गइरहेको बताए।

तपाईँ के गर्न सक्नुहुन्छ?

सबै मानिसलाई आदर गर्नुहोस्‌। यदि कसैसित तपाईँको विचार मिल्दैन भने पनि तिनको कुन कुरासित सहमत हुन सकिन्छ, पत्ता लगाउने प्रयास गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ तिनीप्रति बढ्‌तै आलोचनात्मक हुनुहुनेछैन।

“अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌।”—मत्ति ७:१.

अरूले तपाईँलाई जस्तो व्यवहार गरेको चाहनुहुन्छ, तपाईँ पनि तिनीहरूलाई त्यस्तै व्यवहार गर्नुहोस्‌। यदि तपाईँ अरूप्रति विचारशील हुनुहुन्छ र दयालु व्यवहार गर्नुहुन्छ भने तिनीहरूले पनि तपाईँलाई त्यस्तै व्यवहार गर्ने सम्भावना धेरै हुन्छ।

“मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—लुका ६:३१.

क्षमा दिनुहोस्‌। अरूले रुखो बोली बोल्दा वा नराम्रो व्यवहार गर्दा त्यसबारे मात्र सोचेर नबस्नुहोस्‌। तिनले जानाजानी त्यसो भनेका वा गरेका नहुन सक्छन्‌ भन्‍ने कुरा मनमा राख्नुहोस्‌।

“अन्तर्दृष्टि भएको मानिसले रिसलाई काबूमा राख्छ अनि दोषको वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।”—हितोपदेश १९:११.

सभा सुरु हुनुअघि यहोवाका साक्षीहरूको सभाभवनभित्रको दृश्‍य। विभिन्‍न उमेर अनि पृष्ठभूमिका मानिसहरू एकअर्कालाई न्यानो स्वागत गर्दै छन्‌ र कुराकानी गर्दै छन्‌।
सभा सुरु हुनुअघि यहोवाका साक्षीहरूको सभाभवनभित्रको दृश्‍य। विभिन्‍न उमेर अनि पृष्ठभूमिका मानिसहरू एकअर्कालाई न्यानो स्वागत गर्दै छन्‌ र कुराकानी गर्दै छन्‌।

हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?

हामी आफ्नो छरछिमेकमा अनि काम गर्ने ठाउँमा आदरपूर्ण व्यवहार गर्छौँ र अरूलाई पनि त्यसै गर्न सिकाउँछौँ।

हामी सबैलाई निश्‍शुल्क बाइबल अध्ययनको प्रस्ताव राख्छौँ। तर कसैलाई पनि हाम्रो विचार अनि आस्था अँगाल्न जबरजस्ती गर्दैनौँ। बरु परमेश्‍वरको वचनमा भनिएझैँ अरूप्रति “कोमल भाव र गहिरो आदर” देखाउँदै बाइबलको सन्देश सुनाउँछौँ।—१ पत्रुस ३:१५; २ तिमोथि २:२४.

हामी कसैलाई भेदभाव गर्दैनौँ बरु बाइबलको कुरा सिक्न चाहने सबै पृष्ठभूमिका मानिसहरूलाई हाम्रा कार्यक्रमहरूमा स्वागत गर्छौँ। मानिसहरूको आस्था अनि विचार हाम्रो भन्दा फरक भए पनि हामी तिनीहरूको “आदर” गर्छौँ।—१ पत्रुस २:१७.

हामी आफू बस्ने देशको सरकारको अधीनमा बस्छौँ र उच्च अख्तियारवालाहरूको आदर गर्छौँ। (रोमी १३:१) हामी नियमकानुन पालन गर्छौँ र कर तिर्छौँ। हामी राजनैतिक मामिलाहरूमा कसैको पनि पक्ष लिँदैनौँ तर यस्ता मामिलाहरूमा अरूको निर्णयको कदर गर्छौँ।

चित्रहरूको सँगालो: “वफादार प्रेमले घृणामाथि कहिले विजय हासिल गर्छ?” भिडियोबाट लिइएको दृश्‍य। १. एक अरबी पुरुष। २. एक यहुदी पुरुष।

थप जानकारी पाउनुहोस्‌

तपाईँ फरक जातिका मानिसहरूलाई घृणा गर्ने वातावरणमा हुर्कनुभएको छ भने तिनीहरूलाई आदर गर्न पक्कै सजिलो हुँदैन। तर फरक जातिका दुई पुरुषले कसरी एकअर्कालाई आदर गर्न सिके, थाह पाउनुहोस्‌। jw.org मा वफादार प्रेमले घृणामाथि कहिले विजय हासिल गर्छ? भिडियो खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने