परिचय
के तपाईँ बढ्दो महङ्गीको कारण चिन्तित हुनुहुन्छ? के तपाईँ आफ्नो गुजारा टार्न दिनरात नभनी काम गर्दै हुनुहुन्छ? के तपाईँले आफ्नो परिवारसित खासै समय बिताउन पाउनुभएको छैन? यदि त्यसो हो भने ब्यूँझनुहोस्! पत्रिकाको यस अङ्कमा भएका लेखहरूले तपाईँलाई मदत गर्नेछ। यसमा भएका व्यावहारिक सुझावहरूबाट तपाईँले गुणस्तरीय जीवन बिताउन र चिन्ताहरू कम गर्न मदत पाउनुहुनेछ। यस पत्रिकाको अन्तिम लेखमा भविष्यको सुन्दर आशाबारे बताइएको छ, जुन आशाले तपाईँलाई अहिले पनि सकारात्मक हुन मदत गर्नेछ।