प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g22 सङ्‌ख्या १ पृ. १३-१५
  • ४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?
  • बाइबलले भरपर्दो आशा दिन्छ
  • म कहाँ आशा पाउन सक्छु?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्रीको परिचय
  • नयाँ आशाका साथ २०२४ को सुरुवात​—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२२
g22 सङ्‌ख्या १ पृ. १३-१५
फूलदानीको नजिकै एउटा बाइबल खोलेर राखिएको छ।

डामाडोल संसारमा

४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌

यस विषयमा किन चासो राख्नुपर्छ?

यस संसारको बिग्रँदो अवस्थाले गर्दा धेरैलाई शारीरिक अनि भावनात्मक तवरमा नराम्रो असर परेको छ। थुप्रैलाई यस्तो अवस्था कहिल्यै सुध्रिँदैन जस्तो लाग्छ। तिनीहरू कस्तो महसुस गर्छन्‌?

  • केही मानिसहरू भविष्यबारे सोच्नै चाहँदैनन्‌।

  • अरू भने तनावमुक्‍त हुन लागूपदार्थ वा रक्सीको सहारा लिन्छन्‌।

  • कोही भने ‘बाँच्नुभन्दा मर्नु बेस’ भन्ठान्छन्‌ अनि आत्महत्या गर्नसमेत पछि पर्दैनन्‌।

तपाईँले के बुझ्नुपर्छ?

  • तपाईँले भोगिरहनुभएका केही समस्याहरू सधैँभरि रहँदैनन्‌ अनि आसै नगरेको तरिकामा ती समाधान हुन सक्छन्‌।

  • तपाईँको अवस्था परिवर्तन नभए तापनि त्यस्तो गाह्रो अवस्थामा तपाईँले गर्न सक्ने केही न केही पक्कै हुन्छ।

  • बाइबलले भरपर्दो आशा दिन्छ, त्यो हो—अहिले हामीले भोगिरहेका समस्याहरूको अन्त्य हुनेछ।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?

बाइबल भन्छ: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।”—मत्ति ६:३४.

भोलिको चिन्ता गरेर आजको दिन खेर नफाल्नुहोस्‌।

नराम्रो होला भनेर चिन्ता गरिरहँदा तनाव अझै बढ्‌नेछ अनि उज्ज्वल भविष्यको आशा डगमगाउनेछ।

के गर्न सकिन्छ? केही सुझाव

सकारात्मक कुरामा ध्यान दिनुहोस्‌

एउटी स्त्री ढुक्क भएर झ्यालबाहिर हेर्दै छिन्‌।

बाइबल भन्छ: “दुःखमा परेकाहरूलाई हरेक दिन दुःखै हुन्छ तर हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।” (हितोपदेश १५:१५) नकारात्मक सोचाइ राख्नुभयो भने समस्याको समाधान तपाईँकै आँखाअगाडि भए पनि देख्न सक्नुहुन्‍न। त्यसको विपरीत सकारात्मक दृष्टिकोण राख्नुभयो भने समस्या समाधान गर्ने विभिन्‍न तरिका देख्न सक्नुहुन्छ।

  • नराम्रा खबरहरू हेरेर वा सुनेर धेरै समय खेर नफाल्नुहोस्‌।

  • हरेक दिनको अन्तमा आफू धन्यवादी हुनुपर्ने दुई-तीन वटा कुरा लेख्नुहोस्‌।

  • आफूले गर्नुपर्ने कामको सूची बनाउनुहोस्‌। अनि त्यस सूचीमा आज गर्नुपर्ने काम मात्र लेख्नुहोस्‌, भोलि वा पर्सि गर्ने काम नलेख्नुहोस्‌। कुनै ठूलो काम गर्नुपर्ने छ भने त्यसलाई स-सानो अंशमा विभाजन गर्नुहोस्‌। त्यसो गर्नुभयो भने स-सानो काम सिद्धिएको देख्दा दिनको अन्तमा तपाईँ खुसी हुनुहुनेछ।

अरूको मदत लिनुहोस्‌

एक पाको व्यक्‍ति एक जना युवकलाई ढाडस दिँदै छन्‌।

बाइबल भन्छ: ‘अरूदेखि अलग्गै बस्न खोज्नेले अरूले दिएको बुद्धिमानी सल्लाह सुन्दैन।’ (हितोपदेश १८:१) तपाईँ गहिरो खाडलमा खस्नुभएको छ भने आफै त्यहाँबाट बाहिर निस्कन सक्नुहुन्‍न, अरूको मदत चाहिन्छ।

  • परिवार वा साथीभाइसित मदत माग्नुहोस्‌।

  • अरूबाट मदत लिने मात्र होइन, तिनीहरूलाई पनि कसरी मदत दिने, त्यसबारे सोच्नुहोस्‌। तपाईँले अरूलाई मदत गर्नुभयो भने सबै समस्या आफूलाई मात्र आइपरेको हो जस्तो लाग्नेछैन।

  • तपाईँ निराशाको भुमरीमा फस्नुभएको छ र ‘जिउनुको कुनै अर्थ छैन’ जस्तो लाग्छ भने डाक्टरको परामर्श लिनुहोस्‌। असाध्यै निराश हुनु भनेको कहिलेकाहीँ स्वास्थ्य समस्याको सङ्‌केत हुन सक्छ, जस्तै: डिप्रेसन। थुप्रैले डाक्टरको परामर्श लिएर निराशा कम गर्न मदत पाएका छन्‌।a

a ब्यूँझनुहोस्‌! पत्रिकाले कुनै खास उपचारको सिफारिस गर्दैन।

बाइबलले भरपर्दो आशा दिन्छ

परमेश्‍वरका एक जना सेवकले यसरी प्रार्थना गरे: “तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।” (भजन ११९:१०५) वास्तवमा परमेश्‍वरको वचन अर्थात्‌ बाइबलले हामीलाई त्यसै गर्न मदत गर्छ। कसरी?

राती अन्धकारमा हिँड्‌नुपर्दा बत्तीले ठीक ठाउँमा पाइला चाल्न मदत गर्छ। त्यसरी नै बाइबलको सल्लाहले हामीलाई सही बाटोमा डोऱ्‍याउँछ अनि गाह्रो अवस्थामा बुद्धिमानी निर्णयहरू गर्न मदत गर्छ।

चहकिलो ज्योतिले पूरै बाटो उज्यालो बनाइदिन्छ र टाढासम्म देख्न सकिन्छ। त्यसरी नै बाइबलले हामीलाई भविष्यको उज्ज्वल आशा दिन्छ।

बाइबल एउटा पवित्र ग्रन्थ हो। यसले मानिसजातिको सुरुवातबारे बताउनुका साथै भविष्यको लागि भरपर्दो आशा पनि दिन्छ। बाइबलले निम्न प्रश्‍नहरूको जवाफ दिन्छ:

दुःखकष्टको सुरुवात कसरी भयो?

बाइबल भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”—रोमी ५:१२.

मानिसले किन समस्या समाधान गर्न सकेका छैनन्‌?

बाइबल भन्छ: “आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।” (यर्मिया १०:२३) यो भनाइ सत्य हो भनेर अहिले संसारमा भइरहेको अवस्थाले प्रस्ट पार्छ।

परमेश्‍वरले समस्या समाधान गर्न के गर्नुहुनेछ?

बाइबल भन्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

“बाइबल किन पढ्‌नुपर्छ?” भिडियोको एउटा दृश्‍य। पत्नी आफूले बाइबलमा पढेको कुरा पतिलाई बताउँदै छिन्‌।

थप जानकारी पाउनुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने