प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story २६
  • भक्‍त अय्यूब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भक्‍त अय्यूब
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • अय्युब को थिए?
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तपाईं एउटा विवादमा सामेल हुनु भएको छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story २६
पुन: स्वस्थ भएका अय्यूब आफ्नी पत्नी, छोराछोरी र साथीहरूसँग

कथा २६

भक्‍त अय्यूब

यो बिरामी मान्छेलाई हेर त, बिचरा! उसको नाउँ अय्यूब हो अनि ऊसँगै उभिरहेकी आइमाईचाहिं उसकी पत्नी हो। उसले अय्यूबलाई के भन्दैछे, तिमीलाई थाह छ? ‘परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ।’ तर उसले किन यस्तो कुरा गरी? अनि अय्यूबले यत्ति धेरै दुःख किन पायो? ल त, हामी थाह लगाऔं है।

अय्यूब यहोवाको आज्ञा मान्‍ने भक्‍त मान्छे थियो। ऊ कनाननजिकै ऊज भन्‍ने देशमा बस्थ्यो। यहोवा अय्यूबलाई धेरै माया गर्नुहुन्थ्यो। तर एक जनाले चाहिं उसलाई घृणा गर्थ्यो। त्यो को थियो, के तिमीलाई थाह छ?

हो, त्यो व्यक्‍ति शैतान थियो। शैतान, यहोवालाई घृणा गर्ने दुष्ट स्वर्गदूत हो भनेर हामीले पढेको तिमीलाई याद छ? त्यसले आदम र हव्वालाई यहोवाले नगर्नू भन्‍नुभएको काम गर्न लगाएको थियो। अब अरूलाई पनि यहोवाको आज्ञा नमान्‍ने मान्छे बनाउनसक्छु भनेर त्यसले सोच्यो। तर के त्यसले यसो गर्न सक्यो र? सकेन। किनभने यहोवाले भन्‍नुभएको कुरा मान्‍ने थुप्रै भक्‍त मान्छेहरूको विषयमा हामीले सिकिसक्यौं। उनीहरूमध्ये कति जनाको नाउँ तिमी भन्‍न सक्छौ?

मिश्रमा याकूब र यूसुफको मृत्यु भएपछि सारा पृथ्वीभरि यहोवाको सबैभन्दा भक्‍त मान्छे अय्यूब नै थियो। शैतानले सबैलाई खराब मान्छे बनाउन सक्दैन भनेर यहोवा बताउन चाहनुहुन्थ्यो। यसकारण उहाँले शैतानलाई यसो भन्‍नुभयो: ‘अय्यूबलाई हेर्‌। ऊ कत्ति निर्दोष अनि सोझो छ।’

तर शैतानले यस्तो जवाफ दियो: ‘ऊ सोझो छ किनभने तपाईंले उसलाई धेरै आशिष्‌ दिनुहुन्छ अनि ऊसित धेरै असल कुराहरू छन्‌। तर तपाईंले ती सबै खोस्नुभयो भने उसले तपाईंलाई सराप्नेछ।’

शैतानको कुरा सुनेर यहोवाले यसो भन्‍नुभयो: ‘तँलाई जे मन लाग्छ, त्यही गर्‌। उसको सबै कुरा खोसिदे। अय्यूबलाई जत्ति दुःख दिन मन लाग्छ, दे। त्यसपछि, उसले मलाई सराप्छ कि सराप्दैन, तैंले देख्नेछस्‌। तर तैंले त्यसको ज्यानचाहिं लिन पाउँदैनस्‌।’

बिमारीले गर्दा अय्यूबको हालत देखेर दिक्क मानिरहेकी तिनकी पत्नी

शैतानले अय्यूबका सबै गाईवस्तु अनि ऊँटहरू चोर्न लगायो। उसका सबै भेडा पनि मारिए। यसपछि त्यसले अय्यूबका १० जना छोराछोरीलाई आँधीबेहरी ल्याएर माऱ्‍यो। अनि शैतानले अय्यूबलाई डरलाग्दो रोग पनि लगाइदियो। अय्यूबले धेरै दुःख पायो। त्यसैकारण अय्यूबकी पत्नीले ‘परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ’ भनी। तर अय्यूबले त्यसो गर्न मानेन। यसबाहेक उसको तीन जना झूटा साथीहरूले पनि अय्यूबले नराम्रो काम गरेको भएर नै दुःख पाएको हो भनेर दोष लगाए। तैपनि, अय्यूबले यहोवालाई छोडेन।

यो देखेर यहोवा असाध्यै खुसी हुनुभयो र पछि अय्यूबलाई धेरै आशिष्‌ दिनुभयो। अर्को चित्रमा हेर त। उहाँले अय्यूबको रोग निको पार्नुभयो। उसले १० जना अझ सुन्दर छोराछोरी पाउनुका साथै पहिलेभन्दा दुई गुणा बढी गाई-वस्तु, भेडा-बाख्रा र ऊँटहरू पायो।

के तिमी पनि अय्यूबजस्तै सधैं यहोवाको भक्‍त भइरहन चाहन्छौ? त्यसो गऱ्‍यौ भने तिमीले पनि परमेश्‍वरको आशिष्‌ पाउनेछौ। परमेश्‍वरले पूरै पृथ्वीलाई अदनको बगैंचाजस्तै सुन्दर बनाउनुहुँदा, तिमी सधैंभरि त्यहाँ बाँच्न सक्नेछौ।

अय्यूब १:१-२२; २:१-१३; ४२:१०-१७.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने