प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ४२
  • गधा बोल्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गधा बोल्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • बालामको गधा बोल्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • गधाहरू नभए के गर्ने होला?
    ब्यूँझनुहोस्‌!—२००७
  • येशू राजाझैं आउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • गन्ती विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ४२
स्वर्गदूतले बाटो छेकेकोले गधा बिलामसँग बोल्छ

कथा ४२

गधा बोल्छ

के तिमीले कहिल्यै गधा बोलेको सुनेका छौ? ‘अहँ छैन! जनावरले पनि कतै बोल्न सक्छ र?’ तर एउटा गधा बोल्यो भनेर बाइबल बताउँछ। कसरी? हामी हेरौं ल।

इस्राएलीहरू कनान देशमा जान तयार भइसकेका थिए। तर इस्राएलीहरू देखेर मोआबका राजा बालाक डराउँछ। यसकारण इस्राएलीहरूलाई सराप्न उसले बिलाम नाउँ भएको धूर्त मान्छेलाई बोलाउँछ। बालाकले बिलामलाई धेरै पैसा दिने वचन दिन्छ। त्यसकारण, बिलाम आफ्नो गधा चढेर बालाकलाई भेट्‌न जान्छ।

बिलामले इस्राएलीहरूलाई सरापेको यहोवा चाहनुहुन्‍न। त्यसैले बिलामलाई रोक्न उहाँले स्वर्गदूतलाई लामो तरबार बोकेर बाटो छेक्न पठाउनुहुन्छ। बिलामले स्वर्गदूतलाई देख्दैन तर उसको गधाले चाहिं देख्छ। स्वर्गदूतलाई देखेर गधा फर्कन मात्र खोज्छ र अन्तमा भुइँमै थचक्क बस्छ। बिलाम आफ्नो गधासित असाध्यै रिसाउँछ र लट्ठीले बेस्सरी पिट्‌छ।

तब यहोवाले चमत्कार गर्नुहुन्छ र बिलामले आफ्नो गधा बोलेको सुन्छ। गधाले सोध्छ: ‘मैले तपाईंलाई के गरेको छु र यसरी बेस्सरी पिट्‌नुहुन्छ?’

बिलामले भन्छ: ‘तँ मेरो बदनाम गर्न खोज्दैछस्‌। अहिले मसित तरबार भएको भए, तँलाई यहीं मार्ने थिएँ।’

गधाले फेरि सोध्छ: ‘के मैले पहिले कहिल्यै यस्तो व्यवहार गरेको थिएँ र?’

बिलामले भन्छ: ‘गरेको थिइनस्‌।’

त्यति नै खेर यहोवाले बिलामको आँखा खोलिदिनुहुन्छ र उसले लामो तरबार भिरेको स्वर्गदूत बाटोमा उभिरहेको देख्छ। स्वर्गदूतले बिलामलाई सोध्छ: ‘तँ किन आफ्नो गधालाई पिट्‌छस्‌? म तेरो बाटो छेक्न आएको हुँ। किनभने तँ इस्राएललाई सराप्न जान खोज्दैछस्‌। तेरो गधा फर्केर जान नखोजेको भए मैले तँलाई मारिसक्थें। तर तेरो गधालाई चाहिं कुनै हानि गर्ने थिइनँ।’

स्वर्गदूतको कुरा सुनेर बिलाम यसो भन्दै बिलौना गर्छ: ‘मैले पाप गरेछु। तपाईं बाटोमा उभिनुभएको मैले देखिनँ।’ त्यसपछि स्वर्गदूतले बिलामलाई जान दिन्छ अनि बिलाम बालाकलाई भेट्‌न जान्छ। बालाकको कुरा सुनेर बिलामले फेरि इस्राएललाई सराप्न खोज्छ। तर यहोवाले बिलामको मुखबाट सराप निस्कनै दिनुहुन्‍न। बरु उल्टो बिलामले तीन-तीन पटक इस्राएलीहरूलाई आशिष्‌ पो दिन्छ।

गन्ती २१:२१-३५; २२:१-४०; २३:१-३०; २४:१-२५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने