प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson २८ p. ७०-p. ७१ par. १
  • बालामको गधा बोल्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बालामको गधा बोल्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • गधा बोल्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • गन्ती विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • गन्तीको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • गधाहरू नभए के गर्ने होला?
    ब्यूँझनुहोस्‌!—२००७
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson २८ p. ७०-p. ७१ par. १
परमेश्‍वरको स्वर्गदूतलाई देखेपछि बालामको गधा बाटोमा थचक्क बस्छ

पाठ २८

बालामको गधा बोल्छ

इस्राएलीहरूले झन्डै ४० वर्ष निर्जनभूमिमा बिताइसके। तिनीहरूले थुप्रै शक्‍तिशाली सहरलाई हराए। अहिले तिनीहरू यर्दन नदीको पूर्वतिर मोआबको बेँसीमा पाल टाँगेर बसेका थिए। तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने समय हुनै लागेको थियो। मोआबका राजा बालाक इस्राएलीहरूले आफ्नो देशमा कब्जा जमाउनेछन्‌ भनेर डराएका थिए। त्यसैले तिनले इस्राएलीहरूलाई सराप्न बालामलाई मोआबमा बोलाए।

तर यहोवा परमेश्‍वरले बालामलाई भन्‍नुभयो: ‘तिमीले इस्राएलीहरूलाई नसराप्नू।’ त्यसैले बालाम मोआब आउन मानेनन्‌। राजा बालाकले तिनलाई दोस्रो पटक बोलाउन पठाए र तिनले भनेको सबथोक दिने वाचा गरे। बालाम अझै आउन मानेनन्‌। त्यसपछि परमेश्‍वरले यसो भन्‍नुभयो: ‘तिमी जान सक्छौ। तर मैले भनेको कुरा मात्र बोल।’

तब बालाम गधा चढेर दक्षिणमा पर्ने मोआबतिर लागे। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई नसराप्नू भन्‍नुभएको थियो तर तिनले सराप्ने विचार गरे। स्वर्गदूत बाटोमा तीन-तीन चोटि देखा परे। बालामले स्वर्गदूतलाई देखेका थिएनन्‌ तर तिनको गधाले भने ती स्वर्गदूतलाई देख्यो। स्वर्गदूतलाई पहिलो चोटि देख्दा त्यो गधा खेततिर भाग्न खोज्यो। दोस्रो चोटि देख्दा पर्खालमा ढेसिन गयो र बालामको खुट्टा पर्खालमा चेपियो। तेस्रो चोटि भने त्यो बाटोको बीचमा थचक्क बस्यो। प्रत्येक चोटि बालामले गधालाई लौरोले पिटे।

तेस्रो चोटि भने परमेश्‍वरले त्यो गधालाई बोल्न लगाउनुभयो। त्यसले बालामलाई सोध्यो: ‘तपाईँ मलाई किन यसरी पिट्‌नुहुन्छ?’ बालामले भने: “तैँले मेरो खिल्ली उडाइस्‌। मेरो हातमा तरबार भएको भए तँलाई टुक्राटुक्रा पारिदिन्थेँ।” गधाले भन्यो: ‘मैले तपाईँलाई बोकेर हिँडेको वर्षौँ भइसक्यो। यसअघि मैले कहिल्यै यस्तो गरेको छु र?’

त्यसपछि यहोवा परमेश्‍वरले बालामको आँखा खोलिदिनुभयो र तिनले स्वर्गदूतलाई देख्न सके। ती स्वर्गदूतले भने: ‘इस्राएलीहरूलाई नसराप्नू भनेर यहोवा परमेश्‍वरले तिमीलाई भन्‍नुभएको थिएन?’ बालामले भने: ‘मैले गल्ती गरेँ। म यहीँबाट घर फर्कन्छु।’ तर स्वर्गदूतले भने: ‘तिमी मोआब जान त जाऊ तर यहोवा परमेश्‍वरले जे भन्‍नुहुन्छ, त्यही मात्र बोल्नू।’

के बालामले पाठ सिके? सिकेनन्‌। पछि पनि बालामले इस्राएलीहरूलाई तीन चोटि सराप्न खोजे। तर हरेक चोटि यहोवाले सरापलाई आशिष्‌मा बदलिदिनुभयो। पछि इस्राएलीहरूले मोआबलाई आक्रमण गरे र बालाम पनि मारिए। बालामले परमेश्‍वरको कुरा पहिल्यै सुनेको भए कत्ति राम्रो हुन्थ्यो!

“हरप्रकारको लोभबाट आफूलाई जोगाओ किनभने मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”—लुका १२:१५

प्रश्‍नहरू: बालाम किन मोआब गए? त्यहाँ जाँदै गर्दा बाटोमा के भयो?

गन्ती २२:१–२४:२५; ३१:८; नहेम्याह १३:२; २ पत्रुस २:१५, १६; यहुदा ११

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने