प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ४३
  • यहोशू नाइके बन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोशू नाइके बन्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरले यहोसुलाई रोज्नुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मोशा पहरामा हिर्काउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • बाह्र जना जासुस
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ४३
यहोशू, मोशा र प्रधान पूजाहारी एलाजार

कथा ४३

यहोशू नाइके बन्छ

मोशा इस्राएलीहरूसित कनान देश जान चाहन्छ। त्यसैले यहोवालाई बिन्ती गर्दै ऊ यसो भन्छ: ‘हे यहोवा, बिन्ती छ, मलाई यर्दन नदी पारिको असल देशमा जान दिनुहोस्‌।’ तर यहोवा यो जवाफ दिनुहुन्छ: ‘बस, भयो! अब यस विषयमा मसँग अरू कुरा नगर्‌!’ यहोवाले किन त्यसो भन्‍नुभयो, तिमीलाई थाह छ?

मोशाले पहरामा हिर्काउँदा यहोवाको मान नगरेको हुनाले। मोशा र हारूनले त्यतिबेला पहराबाट पानी निकाल्ने यहोवा हुनुहुन्छ भनेर इस्राएलीहरूलाई भनेनन्‌। त्यसैकारण, यहोवाले ती दुवैलाई कनान देश जान दिनुभएन।

हारून मरेको केही महिनापछि यहोवाले मोशालाई यसो भन्‍नुहुन्छ: ‘यहोशूलाई लगेर प्रधान पूजाहारी एलाजार र इस्राएलीहरूको सामुन्‍ने उभ्याउनू। र त्यहाँ सबैको सामुन्‍ने यहोशू नै अबदेखि नयाँ नाइके हुनेछ भनेर सबैलाई भन्‍नू।’ चित्रमा हेर त, यहोवाले भन्‍नुभएझैं मोशाले गरिरहेको छ।

त्यसपछि यहोवाले यहोशूलाई यो कुरा भन्‍नुहुन्छ: ‘बलियो र सहासी हुनू, नडराउनू। मैले प्रतिज्ञा गरेको कनान देशमा तैंले इस्राएलीहरूलाई लैजानेछस्‌ र म तँसित हुनेछु।’

केही समयपछि यहोवाले मोशालाई मोआब देशको नबो डाँडा चढ्‌न अह्राउनुहुन्छ। डाँडामाथिबाट मोशाले यर्दन नदी पारि कनानको सुन्दर देश देख्छ। यहोवाले मोशालाई यसो भन्‍नुहुन्छ: ‘मैले अब्राहाम, इसहाक र याकूबका छोराछोरीलाई दिने प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई तेरै आँखाले हेर्न दिएँ तर तँ त्यहाँ जान पाउनेछैनस्‌।’

नबो डाँडामै मोशाको मृत्यु हुन्छ। मृत्यु हुँदा मोशा १२० वर्षको थियो। तर त्यतिखेरसम्म पनि ऊ बलियो थियो र उसको आँखा कमजोर भएको थिएन। मोशा मरेपछि इस्राएलीहरू धेरै दुःख मानेर रुन थाल्छन्‌। तर अब यहोशू आफ्नो नयाँ नाइके भएकोले उनीहरू खुसी छन्‌।

गन्ती २७:१२-२३; व्यवस्था ३:२३-२९; ३१:१-८, १४-२३; ३२:४५-५२; ३४:१-१२.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने