प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson २९ p. ७४-p. ७५ par. २
  • यहोवा परमेश्‍वरले यहोसुलाई रोज्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वरले यहोसुलाई रोज्नुभयो
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोशू नाइके बन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोशूको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • इस्राएलीहरू यर्दन नदी तर्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson २९ p. ७४-p. ७५ par. २
पुजारीहरू करारको सन्दुक बोकेर यर्दन नदी तर्दै छन्‌

पाठ २९

यहोवा परमेश्‍वरले यहोसुलाई रोज्नुभयो

यहोसु व्यवस्था पढ्‌दै छन्‌

इस्राएलीहरूलाई धेरै वर्षसम्म डोऱ्‍याइ सकेपछि मोसा आफ्नो जीवनको अन्तिम क्षणतिर आइपुगे। यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ‘इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा तिमीले लैजानेछैनौ। तर म तिमीलाई त्यो देश देखाउनेछु।’ त्यसपछि तिनले परमेश्‍वरलाई मानिसहरूको ख्याल राख्न एक जना अगुवा नियुक्‍त गर्न आग्रह गरे। तब उहाँले मोसालाई भन्‍नुभयो: ‘यहोसुकहाँ जाऊ र तिनलाई अगुवा नियुक्‍त गरिएको छ भनेर बताऊ।’

मोसाले इस्राएलीहरूलाई आफू छिट्टै मर्न लागेको र तिनीहरूलाई प्रतिज्ञा गरिएको देशतर्फ डोऱ्‍याउन यहोवाले यहोसुलाई रोज्नुभएको कुरा बताए। तिनले यहोसुलाई भने: ‘नडराऊ, यहोवा परमेश्‍वरले तिमीलाई मदत गर्नुहुनेछ।’ त्यसको केही समयपछि मोसा नेबो डाँडामा उक्ले। त्यहाँबाट यहोवा परमेश्‍वरले मोसालाई अब्राहाम, इसहाक र याकुबलाई दिने प्रतिज्ञा गर्नुभएको त्यो देश देखाउनुभयो। मोसाको १२० वर्षको उमेरमा मृत्यु भयो।

पुजारी र अरू मानिसहरूको अगाडि मोसा यहोसुलाई अगुवा नियुक्‍त गर्दै

यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: ‘यर्दनपारि कनान देशमा जाऊ। मोसालाई जस्तै म तिमीलाई पनि मदत गर्नेछु। व्यवस्थाको यो पुस्तक दिनदिनै पढ। नडराऊ, बलियो होऊ! जाऊ र मैले तिमीलाई आज्ञा गरेका कुराहरू होसियारीसाथ पालन गर।’

यहोसुले यरिहो सहरमा दुई जना जासुस पठाए। त्यसपछिको घटना हामी अर्को कथामा थाह पाउनेछौँ। जासुसहरू फर्किएपछि तिनीहरूले कनानमा जाने समय अहिल्यै हो भने। भोलिपल्ट यहोसुले इस्राएलीहरूलाई पाल उठाउन भने। तिनले पुजारीहरूलाई करारको सन्दुक बोकेर अघिअघि यर्दन नदीतिर पठाए। यर्दन नदी उर्लेर आइरहेको थियो। तर पुजारीहरूले यर्दन नदीमा टेक्नेबित्तिकै माथिबाट बग्दै आएको पानी रोकियो र तलतिरको पानी बगेर गयो। पुजारीहरू यर्दन नदीको बीचसम्म गए र सबैले नदी नतरुन्जेल त्यहीँ उभिरहे। यो चमत्कार देख्दा इस्राएलीहरूले लाल समुद्रमा यहोवाले गर्नुभएको चमत्कार सम्झिए कि, तिमीलाई कस्तो लाग्छ?

इस्राएलीहरू बल्ल प्रतिज्ञा गरिएको देशमा पुगे। अब तिनीहरूले घर र सहरहरू बनाउन सक्थे अनि खेती गर्न, अङ्‌गुर र अरू फलफूलको बगान लगाउन सक्थे। त्यो दूध र मह बहने देश थियो।

“यहोवाले सधैँ तिमीहरूलाई डोऱ्‍याउनुहुनेछ, उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ।”—यसैया ५८:११

प्रश्‍नहरू: मोसाको मृत्युपछि इस्राएलीहरूलाई कसले डोऱ्‍यायो? यर्दन नदीमा के भयो?

गन्ती २७:१२-२३; व्यवस्था ३१:१-८; ३४:१-१२; यहोसु १:१–३:१७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने