प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ६३
  • बुद्धिमान्‌ राजा सुलेमान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमान्‌ राजा सुलेमान
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवा परमेश्‍वरको लागि मन्दिर
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • सुलेमान मन्दिर बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ६३
राजा सुलेमान आफ्नो सिंहासनमा

कथा ६३

बुद्धिमान्‌ राजा सुलेमान

सुलेमान राजा हुँदा, भर्खरको ठिटो थियो। ऊ यहोवालाई माया गर्थ्यो अनि र आफ्नो बुबा दाऊदले भनेको कुरा मान्थ्यो। यहोवा सुलेमानसित धेरै खुसी हुनुहुन्छ। त्यसकारण, एक रात उहाँले सुलेमानलाई सपनामा यसो भन्‍नुहुन्छ: ‘सुलेमान, म तँलाई के दिऊँ? मलाई भन्‌।’

सुलेमान यस्तो जवाफ दिन्छ: ‘हे यहोवा मेरो परमेश्‍वर, म बालकै छु। मलाई शासन गर्न आउँदैन। यसकारण तपाईंको प्रजालाई ठीकसित शासन गर्न मलाई बुद्धि दिनुहोस्‌।’

सुलेमानले मागेको कुरासित यहोवा खुसी हुनुहुन्छ। यसकारण उहाँले यसो भन्‍नुहुन्छ: ‘तैंले आफ्नो निम्ति लामो जीवन अथवा धन-सम्पत्ति नमागेर बुद्धि मागेको हुनाले म तँलाई यस्तो बुद्धि र समझ भएको मन दिनेछु कि तेरो समयअघि तँजस्तै नता कोही थियो न तेरो पछि अरू कोही हुनेछ। यसबाहेक, तैंले नमागेका कुरा अर्थात्‌ धन-सम्पत्ति र मान पनि म तँलाई दिनेछु।’

केही समयपछि, दुई जना आइमाई सुलेमानकहाँ एउटा गाह्रो समस्या लिएर आउँछन्‌। एउटी यसो भन्छे: ‘यो आइमाई र म एउटै घरमा बस्छौं। मेरो छोरो जन्मेको दुई दिनपछि यसले पनि एउटा छोरो जन्माई। एक रात यसको छोरो मऱ्‍यो। अनि म निदाएको बेला मेरो छेउबाट मेरो छोरो लगेर त्यसले आफ्नो काखमा राखिछे, र आफ्नो मरेको छोरोचाहिं मेरो काखमा राखिछे। म बिहान उठेर राम्ररी हेर्दा त त्यो मैले जन्माएको छोरो नै होइन रहेछ।’

उसको कुरा सुनेर अर्की आइमाई यसो भन्छे: ‘होइन! जिउँदो बच्चा मेरै हो, तेरोचाहिं मरेको हो!’ पहिलो आइमाई फेरि भन्छे: ‘होइन, मरेकोचाहिं तेरो हो।’ यसरी ती आइमाईहरू बाझ्न थाल्छन्‌। अब सुलेमानले के गर्छ होला?

उसले तरबार मगाउँछ र तरबार ल्याइसकेपछि ऊ भन्छ: ‘त्यो जिउँदो बच्चालाई दुई टुक्रा गरी काट, अनि आधा एउटालाई र आधा अर्कोलाई देऊ।’

बच्चा र तरबार बोकिरहेका सुलेमानका सेवकको छेऊमा ऊभिरहेका दुई आइमाई

यो सुन्‍ने बित्तिकै बच्चाकी असली आमा यसो भन्दै कराउँछे: ‘भो, भो। त्यसलाई नमार्नुहोस्‌। बरु त्यो बच्चा उसैलाई दिनुहोस्‌।’ तर अर्कीचाहिं यसो भन्दै कराउँछे: ‘त्यसलाई हामी दुवैले लैजान नपाऔं। त्यसलाई दुई टुक्रा पार्नुहोस्‌।’

अन्तमा सुलेमान यसो भन्छ: ‘बच्चालाई नमार! त्यो बच्चा पहिलो आइमाईलाई देऊ। बच्चाकी आमा त्यही हो।’ आफूले जन्माएको बच्चालाई आमाले धेरै माया गर्छे र बच्चालाई मार्नुभन्दा बरु अरू आइमाईलाई दिन नै ऊ तयार हुन्छे भनेर सुलेमानलाई थाह थियो। सुलेमानले यो समस्याको समाधान कसरी गरेछ भनेर थाह पाएपछि यति बुद्धिमान्‌ राजा पाएकोमा इस्राएलीहरू असाध्यै खुसी हुन्छन्‌।

सुलेमान राजाको पालोमा परमेश्‍वरले इस्राएलीहरूलाई आशिष्‌ दिनुहुन्छ। जसले गर्दा गहुँ, जौ, अंगुर, नेभारा र अरू खानेकुरा प्रशस्त मात्रामा उब्जनी हुन्छ। इस्राएलीहरू राम्रा-राम्रा लुगा लगाउँछन्‌ अनि सुन्दर घरमा बस्छन्‌। त्यतिखेर सबै इस्राएलीहरूले प्रशस्त मात्रामा असल थोकहरूको आनन्द उठाउन पाउँछन्‌।

१ राजा ३:३-२८; ४:२९-३४.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने