प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ४४ p. १०८-p. १०९ par. ३
  • यहोवा परमेश्‍वरको लागि मन्दिर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वरको लागि मन्दिर
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुलेमान मन्दिर बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • त्यो भेटघाट जसबाट प्रशस्त इनाम पाइयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ४४ p. १०८-p. १०९ par. ३
स्वर्गबाट आएको आगोको मुस्लोले वेदीमाथि भएको भेटीलाई भस्म पार्छ

पाठ ४४

यहोवा परमेश्‍वरको लागि मन्दिर

राजा सुलेमान प्रार्थना गर्छन्‌

सुलेमान इस्राएलको राजा भएपछि यहोवा परमेश्‍वरले तिनलाई सोध्नुभयो: ‘मैले तिमीलाई के दिएको चाहन्छौ?’ सुलेमानले भने: ‘म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव छैन। कृपया तपाईँको प्रजाको ख्याल राख्न मलाई बुद्धि दिनुहोस्‌।’ परमेश्‍वरले भन्‍नुभयो: ‘तिमीले बुद्धि मागेकोले म तिमीलाई संसारकै सबैभन्दा बुद्धिमान्‌ मानिस बनाउनेछु। अनि म तिमीलाई धेरै धनसम्पत्ति दिनेछु। तिमीले मेरा आज्ञाहरू पालन गऱ्‍यौ भने म तिमीलाई दीर्घायु बनाउनेछु।’

सुलेमानले मन्दिर निर्माण गर्न सुरु गरे। तिनले निखुर सुन, चाँदी, काठ र ढुङ्‌गा प्रयोग गरे। यस काममा हजारौँ सिपालु पुरुष र स्त्रीले सघाए। सात वर्षपछि मन्दिर यहोवालाई समर्पण गर्नको लागि तयार भयो। त्यहाँ वेदी थियो र त्यसमाथि भेटीहरू राखिएका थिए। सुलेमानले वेदीसामु घुँडा टेकेर यसरी प्रार्थना गरे: ‘हे यहोवा, तपाईँको अगाडि यो मन्दिर न भव्य छ न त सुन्दर नै। तैपनि बिन्ती छ, हाम्रो उपासना स्विकार्नुहोस्‌ र हाम्रो प्रार्थना सुन्‍नुहोस्‌।’ यहोवाले सुलेमानको प्रार्थना सुनेपछि के गर्नुभयो? सुलेमानको प्रार्थना सिद्धिनेबित्तिकै स्वर्गबाट आगोको मुस्लो झऱ्‍यो अनि वेदीमाथिको भेटीलाई भस्म गऱ्‍यो। यसरी उहाँले मन्दिरलाई स्विकार्नुभयो। यो देखेर इस्राएलीहरू धेरै रमाए।

स्वर्गबाट आएको आगोको मुस्लोले वेदीमाथि भएको भेटीलाई भस्म पार्छ

राजा सुलेमान आफ्नो बुद्धिको लागि इस्राएलभरि र टाढाटाढाको ठाउँसम्म चिनिए। मानिसहरू समस्याहरू लिएर सुलेमानकहाँ आउँथे। सेबाकी महारानी पनि सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्‍नहरू लिएर आइन्‌। तिनको जवाफ सुनेपछि उनले भनिन्‌: ‘तपाईँबारे मानिसहरूले भनेको कुरामा मलाई पत्यारै लागेको थिएन तर तपाईँ त मैले सुनेभन्दा पनि कता हो कता बुद्धिमान्‌ हुनुहुँदो रहेछ। तपाईँका परमेश्‍वर यहोवाले तपाईँलाई आशिष्‌ दिनुभएको छ।’ इस्राएलका मानिसहरूको जीवन सुखमय थियो। तर परिस्थिति परिवर्तन हुनै लागेको थियो।

“हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।”—मत्ति १२:४२

प्रश्‍नहरू: यहोवा परमेश्‍वरले सुलेमानलाई किन अथाह बुद्धि दिनुभयो? यहोवा परमेश्‍वरले मन्दिरलाई स्विकार्नुभएको कसरी देखाउनुभयो?

१ राजा २:१२; ३:४-२८; ४:२९–५:१८; ६:३७, ३८; ७:१५–८:६६; १०:१-१३; २ इतिहास ७:१; ९:२२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने