प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ११३
  • पावल रोममा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पावल रोममा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • फिलेमोन तथा ओनसिमस—मसीही भ्रातृत्वमा एकताबद्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • भ्रातृ प्रेम क्रियाशील छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “राम्ररी साक्षी दिए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ११३
रोमी सिपाहीले पहरा दिंदै गरेको बेला प्रेरित पावलले तिमोथीलाई पत्र लेख्न लगाउँछन्‌

कथा ११३

पावल रोममा

चित्रमा हेर त। पावलको दुवै हात सिक्रीले बाँधिएको छ। अनि उसको छेवैमा रोमी सिपाहीले पहरा पनि दिइरहेको छ। हो, रोममा पुगेपछि पावल कैदमा पर्छ। ऊ यो कोठामा बसेर रोमी सिजरको फैसला पर्खंदैछ। तर ऊ कैदमा परे तापनि मान्छेहरूले उसलाई भेट्‌न पाउँछन्‌।

रोम पुगेको दुई दिनपछि पावलले केही यहूदी धर्मगुरुहरूलाई बोलाउँछ। रोममा बस्ने थुप्रै यहूदीहरू उसलाई भेट्‌न आउँछन्‌। पावलले उनीहरूलाई परमेश्‍वरको राज्य र येशूबारे प्रचार गर्छ। उनीहरूमध्ये केहीले विश्‍वास गर्छन्‌ र मसीही पनि बन्छन्‌। तर अरूले चाहिं विश्‍वास गर्दैनन्‌।

पावलले पहरा दिन आउने बेग्लाबेग्लै सिपाहीहरूलाई पनि प्रचार गर्छ। दुई वर्ष कैदमा बसुन्जेल पावलले सकेसम्म सबैलाई प्रचार गर्छ। यसले गर्दा सिजरको परिवारले समेत राज्यको सुसमाचार सुन्छ र उनीहरूमध्ये कोही त मसीही बन्छन्‌।

तिमोथी पावलले भनेको कुराहरू लेख्दै

तर यहाँ टेबलमा बसेर लेखिरहने मान्छे को हो नि? के तिमी भन्‍न सक्छौ? हो, ऊ तिमोथी नै हो। परमेश्‍वरको राज्यबारे प्रचार गरेकोले तिमोथीलाई पनि जेलमा हालिएको थियो। तर जेलबाट छुट्‌ने बित्तिकै ऊ पावललाई सघाउन जान्छ। तिमोथीले के लेख्दैछ, तिमीलाई थाह छ?

हामीले ११० नम्बरको कथामा फिलिप्पी र एफिसस सहरहरूबारे पढेको तिमीलाई याद छ? पावलले ती सहरहरूमा मसीही मण्डली स्थापना गरेको थियो। अब अहिले कैदमा परेको बेला पावल त्यही मण्डलीका मसीहीहरूलाई चिठी लेख्दैछ। पावलले लेखेका चिठीहरू बाइबलमा छन्‌ र तिनलाई एफिसी र फिलिप्पी भनिन्छ। अहिलेचाहिं पावलले तिमोथीलाई फिलिप्पीमा बस्ने मसीही साथीहरूलाई चिठी लेख्न लगाउँदैछ।

फिलिप्पीका मान्छेहरू पावललाई असाध्यै माया गर्छन्‌। उनीहरू पावललाई कोसेली पठाउँछन्‌ अनि पावलले त्यसको लागि पनि धन्यवाद लेख्न लगाउँछ। पावललाई कोसेली पुऱ्‍याउने मान्छेको नाउँ इपाफ्रोडाइटस हो। सिकिस्त बिरामी भएर ऊ झन्डै मरेको थियो। अब सञ्चो भएर ऊ घर फर्कन लागेको छ। उसैले पावल र तिमोथीको चिठी फिलिप्पी पुऱ्‍याउँछ।

कैदमा परेको बेला पावलले अरू दुई वटा चिठी लेख्छ र ती पनि बाइबलमा छन्‌। पावलले कलस्सीका मसीहीहरूलाई लेखेको चिठीलाई कलस्सी भनिन्छ। पावलले अर्को चिठीचाहिं कलस्सीमै बस्ने फिलेमोन भन्‍ने मिल्ने साथीलाई लेख्छ। यो चिठीमा पावलले फिलेमोनको नोकर ओनसिमसबारे लेखेको छ।

ओनसिमस फिलेमोनको घरबाट भागेर रोम पुगेको थियो। उसले पावल कैदमा छ भनेर थाह पाउँछ। आफूलाई भेट्‌न आएको बेला पावलले उसलाई प्रचार गर्छ। केही समयभित्रै ओनसिमस पनि मसीही बन्छ। आफ्नो मालिकको घरबाट भागेर आएकोमा ओनसिमस पछुताइरहेको छ। पावलले फिलेमोनलाई के लेख्छ, तिमीलाई थाह छ?

ओनसिमसलाई माफ गर भनेर पावलले फिलेमोनलाई लेख्छ। पावल चिठीमा लेख्छ: ‘म उसलाई तिमीकहाँ पठाउँदैछु। तर अब ऊ तिम्रो नोकर मात्र होइन। ऊ असल मसीही भाइ पनि हो।’ कलस्सी फर्केर जाँदा ओनसिमसले पावलले कलस्सीका मसीही अनि फिलेमोनलाई लेखेका दुवै चिठीहरू आफूसित लैजान्छ। आफ्नो नोकर मसीही बनेको कुरा सुनेर फिलेमोन पक्कै पनि धेरै खुसी भएको हुनुपर्छ।

पावलले फिलिप्पी र फिलेमोनलाई खुसीको खबर पनि लेख्छ। पावल फिलिप्पीहरूलाई लेख्छ: ‘म तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तर म आफै पनि चाँडै भेट्‌न आउनेछु।’ अनि फिलेमोनलाई चाहिं यसो भनेर लेख्छ: ‘मेरो निम्ति पनि डेरा ठीक पारेर राख।’

कैदबाट छुटेपछि पावल आफ्ना मसीही भाइबहिनीहरूलाई भेट्‌न थुप्रै ठाउँ जान्छ। तर पछि पावल रोममा फेरि पक्राउ पर्छ। यस पालिचाहिं आफू पक्कै मारिनेछु भनेर पावलले महसुस गरिसकेको हुन्छ। यसकारण उसले तिमोथीलाई यसो भन्दै चाँडै भेट्‌न बोलाउँछ: ‘मैले विश्‍वासी भएर परमेश्‍वरको सेवा गरेको छु। उहाँले निश्‍चय पनि मलाई आफ्नो इनाम दिनुहुनेछ।’ पावल साँच्चै मारिन्छ र ऊ मारिएको केही वर्षपछि रोमीहरूले यरूशलेमलाई पनि ध्वस्त पार्छन्‌।

तर बाइबलमा अरू थुप्रै कुराहरू छन्‌। यहोवा परमेश्‍वरले प्रेरित यूहन्‍नालाई प्रकाशको किताब अनि बाइबलका अरू अन्तिम किताबहरू लेख्न लगाउनुहुन्छ। प्रकाशको किताबले भविष्यमा हुने कुराहरू बताउँछ। त्यसो भए अब भविष्यमा के हुन्छ, हामी थाह लगाऔं है त।

प्रेरित २८:१६-३१; फिलिप्पी १:१३; २:१९-३०; ४:१८-२३; हिब्रू १३:२३; फिलेमोन १-२५; कलस्सी ४:७-९; २ तिमोथी ४:७-९.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने