प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ११५
  • पृथ्वीमा नयाँ प्रमोदवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीमा नयाँ प्रमोदवन
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?
    महान्‌ शिक्षकबाट सिकौं
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आर-मागेडोन पश्‍चात्‌, एउटा पार्थिव प्रमोदवन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ११५
प्रमोदवनमा जनावरहरूसित रमाउँदै गरेका मानिसहरू

कथा ११५

पृथ्वीमा नयाँ प्रमोदवन

ती अग्ला-अग्ला रूखहरू, राम्रा-राम्रा फूलहरू र ठूलठूला पहाडहरूलाई हेर त! आहा! यहाँ कत्ति मज्जा छ! लौ हेर, त्यो मृगले एउटा फुच्चे केटोको हातबाट के खाँदैछ? चौरमा बसिरहेका सिंह र घोडाहरूलाई पनि हेर त! तिमीलाई यस्तो ठाउँमा घर बनाएर बस्न मन लाग्छ?

पृथ्वीलाई सुन्दर बगैंचा बनाउनु भएपछि तिमी पनि सधैंभरि त्यहाँ बसोस्‌ भनेर परमेश्‍वर चाहनुहुन्छ। अहिले मान्छेहरूले भोगिरहेको कुनै पनि दुःख तिमीले त्यतिखेर भोगोस्‌ भनेर परमेश्‍वर चाहनुहुन्‍न। यो नयाँ बगैंचामा बस्ने मान्छेहरूलाई बाइबलले यो प्रतिज्ञा गरेको छ: ‘परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ। त्यहाँ फेरि कोही पनि मर्नु पर्नेछैन, रुनु पर्नेछैन अनि कसैलाई पीडा पनि हुनेछैन। पहिलेका कुराहरू बितिसकेका हुनेछन्‌।’

प्रमोदवनमा फुल टिपेर खुसी भइरहेकी केटी

यी सब अचम्मलाग्दा कामहरू येशूले गर्नुहुनेछ। तर कहिले, तिमीलाई थाह छ? पृथ्वीबाट सबै नराम्रो कुरा अनि खराब मान्छेहरूलाई हटाइसक्नुभएपछि। पृथ्वीमा हुनुहुँदा येशूले बिरामीहरूलाई निको पार्नुभएको थियो अनि मरेका मान्छेलाई समेत बिउँताउनुभएको थियो भनेर तिमीलाई याद छ? परमेश्‍वरको राज्यको राजा हुनुभएपछि पृथ्वीमा के गर्नुहुनेछ भनी देखाउन येशूले ती सबै चमत्कारहरू गर्नुभएको थियो।

यसो विचार गर त! पृथ्वी नयाँ प्रमोदवन बनेपछि कति रमाइलो हुनेछ! त्यसपछि येशू र उहाँले छान्‍नुभएका केही व्यक्‍तिहरू मिलेर स्वर्गबाट शासन गर्नुहुनेछ। उहाँहरूले पृथ्वीका सबै मान्छेको हेरविचार गर्नुहुनेछ र सबैलाई खुसी बनाउनुहुनेछ। तर नयाँ प्रमोदवनमा सधैंभरि बाँच्न हामीले के गर्नुपर्छ, अब अर्को कथा पढेर थाह लगाऔं है।

प्रकाश २१:३, ४; ५:९, १०; १४:१-३.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने