तपाईंलाई कसले सृष्टि गऱ्यो?
१ परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो।—उत्पत्ति १:१
२ परमेश्वरको एउटा नाम छ। उहाँको नाम यहोवा हो।—भजन ८३:१८
यहोवा स्वर्गमा बास गर्नुहुन्छ। उहाँ एउटा आत्मा हुनुहुन्छ। तपाईंले उहाँलाई देख्न सक्नुहुन्न।—यशैया ६६:१; यूहन्ना १:१८; ४:२४
३ यहोवा परमेश्वरले स्वर्गमा धेरै स्वर्गदूतहरू बनाउनुभयो। ती पनि आत्माहरू हुन्। उनीहरू सबै राम्रा थिए। बितेको समयमा उनीहरूले कहिलेकाहीं मानिसको रूप धारण गर्द थिए। उनीहरूलाई मानिसले पनि देख्न सक्थे।—हिब्रू १:७
४ मानिस सृष्टि गर्नुभन्दा धेरैअघि यहोवाले जनावरहरू बनाउनुभयो।—उत्पत्ति १:२५
५ यहोवाले एउटा मानिस र उसको स्वास्नी पनि बनाउनुभयो। मानिसको नाम आदम र उसकी स्वास्नीको नाम हव्वा थियो।—उत्पत्ति १:२७
परमेश्वरले उनीहरूलाई एउटा सुन्दर बगैंचा अथवा प्रमोदवनमा राख्नुभयो। उहाँले आदमको लागि एउटी मात्र स्वास्नी बनाउनुभयो। मानिस उसको एउटी स्वास्नीसँग बस्नु परेको थियो।—उत्पत्ति २:८, २१, २२, २४
६ मानिस प्राणी हो।—उत्पत्ति २:७
७ जनावरहरू पनि प्राणी हून्।—उत्पत्ति १:२४