एउटा दुष्ट संसारलाई परमेश्वरले नाश गर्नुभयो
१८ आदमको धेरै सन्तान भयो। तर उनीहरू अति नराम्रो भयो। परमेश्वरले उनीहरूलाई नाश गर्ने फैसला गर्नुभयो।—उत्पत्ति ६:१, ५, ७
१९ तर त्यहाँ नूह नामको एउटा असल मानिस थियो।—उत्पत्ति ६:८, ९
उसलाई यहोवा परमेश्वरले एउटा ठूलो जहाज बनाउन अह्राउनुभयो। नराम्रो मानिसहरू नाश हुँदा, नूह र उसको परिवार त्यो जहाजभित्र पसेर बाँच्ने भयो। त्यो जहाजको आकार एउटा ठूलो बाकस जस्तो थियो। त्यसलाई आर्क भन्थ्यो।—उत्पत्ति ६:१३, १४
२० तिनीहरूले जहाजभित्र निकै जनावरहरू लगे।—उत्पत्ति ६:१९-२१
२१ यहोवाले ठूलो पानी पराउनुभयो। सबै नराम्रा मानिसहरू मरे। जहाजभित्र बसेकाहरू बाँचे। तपाईंलाई थाह छ किन?—उत्पत्ति ६:१७; ७:११, १२, २१; १ पत्रुस ३:१०-१२