प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १३
  • येशूका परीक्षाहरूबाट शिक्षा लिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूका परीक्षाहरूबाट शिक्षा लिने
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌
    येसु—बाटो, सत्य र जीवन
  • हामी लोभमा फस्नु हुँदैन
    महान्‌ शिक्षकबाट सिकौं
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • दियाबल येसुको परीक्षा लिन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १३

अध्याय १३

येशूका परीक्षाहरूबाट शिक्षा लिने

येशूको बप्तिस्मा हुनासाथै परमेश्‍वरको शक्‍तिद्वारा उहाँ यहूदियाको उजाडस्थानमा लगिनुहुन्छ। उहाँले सोच्नुपर्ने धेरै कुराहरू छन्‌। उहाँले स्वर्गीय कुराहरूको विवेचना गर्न सकून्‌ भनेर नै उहाँको बप्तिस्मा हुने बेलामा “आकाश खुल्यो।” वास्तवमा उहाँले चिन्तन गर्नुपर्ने कुराहरू धेरै छन्‌!

येशू चालीस दिन र चालीस रात उजाडस्थानमा बिताउनुहुन्छ र ती समयभरि केही खानुहुन्‍न। अनि धेरै नै भोकाउनु भएपछि उहाँलाई परीक्षा गर्न दियाबल उहाँकहाँ आएर यसो भन्छ: “यदि तपाईं परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।” तर आफ्नो चमत्कारी शक्‍तिलाई आफ्नो व्यक्‍तिगत इच्छा पूरा गर्न प्रयोग गर्नु गलत हो भनी येशूलाई थाह छ। त्यसकारण परीक्षामा पर्न उहाँ अस्वीकार गर्नुहुन्छ।

तर दियाबल हार खाँदैन। उसले अर्को तरकिब चलाउँछ। परमेश्‍वरका दूतहरूले उहाँलाई बचाइहाल्नेछन्‌ भन्दै उसले येशूलाई मन्दिरको टुप्पोमाथिबाट हाम फाल्ने चुनौती दिन्छ। तर यसप्रकारको रवाफिलो प्रदर्शन गर्ने परीक्षामा पनि येशू पर्न चाहनुहुन्‍न। परमेश्‍वरलाई यसप्रकारले परीक्षामा पार्नु गलत हो भनी येशूले धर्मशास्त्रबाट उद्धरण गर्दै देखाउनुहुन्छ।

तेस्रो पटकको परीक्षामा दियाबलले येशूलाई कुनै चमत्कारपूर्ण ढङ्‌गले संसारका सबै राज्यहरू देखाउँदै भन्छ: “यदि तपाईंले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु।” तर परमेश्‍वरप्रति निष्ठावान्‌ रहने अठोट गर्दै गलत काम गर्ने परीक्षामा पर्न येशू फेरि पनि तिरस्कार गर्नुहुन्छ।

येशूका यी परीक्षाहरूबाट हामीले शिक्षा लिन सक्छौं। उदाहरणका लागि, यसबाट के देखिन्छ भने कुनै-कुनै मानिसहरूले दाबी गरेअनुसार दियाबल एउटा साधारण दुष्ट गुण मात्र नभएर त्यो एउटा वास्तविक अदृश्‍य व्यक्‍ति हो। येशूको परीक्षाबाट यो पनि बुझिन्छ कि संसारका सबै सरकारहरू दियाबलकै सम्पत्ति हुन्‌। त्यो सम्पत्ति दियाबलको नहुँदो हो त उसले ख्रीष्टलाई त्यो दिने कुरा एउटा वास्तविक परीक्षा कसरी हुन सक्थ्यो?

यसबारे पनि विचार गर्नुहोस्‌: येशूले घोप्टेर एक पटक मात्र ढोगेमा येशूलाई संसारका सबै राज्य इनामस्वरूप दिन दियाबल राजी थियो। यसैगरि सांसारिक धन, शक्‍ति वा ओहदा प्राप्त गर्ने अवसर हाम्रो सामुन्‍ने प्रस्तुत गरेर हामीलाई पनि दियाबलले परीक्षामा पार्न सक्छ। तर जस्तोसुकै परीक्षामा पर्दा पनि परमेश्‍वरप्रति विश्‍वासी भएर येशूको उदाहरण अनुसरण गर्नु हाम्रो लागि कत्ति बुद्धिमानी कुरा हुनेछ! मत्ती ३:१६; ४:१-११; मर्कूस १:१२, १३; लूका ४:१-१३.

▪ येशू ४० दिनसम्म उजाडस्थानमा हुँदा कस्तो कुराहरूको चिन्तन गर्नुहुन्छ?

▪ दियाबलले येशूको परीक्षा गर्ने कोसिस कसरी गर्छ?

▪ येशूमाथि आइपरेका परीक्षाहरूबाट हामी के सिक्न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने