प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७५ p. १७८-p. १७९ par. ४
  • दियाबल येसुको परीक्षा लिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दियाबल येसुको परीक्षा लिन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी लोभमा फस्नु हुँदैन
    महान्‌ शिक्षकबाट सिकौं
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌
    येसु—बाटो, सत्य र जीवन
  • येशूका परीक्षाहरूबाट शिक्षा लिने
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७५ p. १७८-p. १७९ par. ४
येसु मन्दिरको सबैभन्दा अग्लो ठाउँबाट हाम फाल्न इन्कार गर्नुहुन्छ

पाठ ७५

दियाबल येसुको परीक्षा लिन्छ

येसु ढुङ्‌गाहरूलाई रोटी बनाउन इन्कार गर्नुहुन्छ

येसुले बप्तिस्मा गर्नुभएपछि पवित्र शक्‍तिले उहाँलाई निर्जनभूमिमा डोऱ्‍यायो। उहाँले ४० दिन केही नखानुभएकोले धेरै भोकाउनुभएको थियो। दियाबलले उहाँलाई प्रलोभनमा पार्न खोज्दै भन्यो: ‘तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।’ तर येसुले बाइबलमा लेखिएको कुरा यसरी बताउनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”

त्यसपछि दियाबलले येसुलाई यस्तो चुनौती दियो: ‘तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुन्छ भने मन्दिरको सबैभन्दा अग्लो ठाउँबाट हाम फाल्नुहोस्‌। तपाईँलाई जोगाउन परमेश्‍वरले स्वर्गदूतहरूलाई पठाउनुहुनेछ भनेर लेखिएको छ।’ यसपटक पनि येसुले बाइबलमा लेखिएको कुरा यसरी बताउनुभयो: ‘यस्तो लेखिएको छ, “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू।”’

सैतानले येसुलाई संसारको सबै राज्य दिन खोज्दा उहाँ इन्कार गर्नुहुन्छ

त्यसपछि सैतानले येसुलाई संसारको सबै राज्य अनि त्यसको सान र महिमा देखाउँदै भन्यो: ‘तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै राज्य र त्यसको महिमा म तपाईँलाई दिनेछु।’ येसुले भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ।’”

दियाबल गयो र स्वर्गदूतहरूले येसुलाई खानेकुरा दिए। त्यसपछि येसुले राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँलाई पृथ्वीमा यसै कामको लागि पठाइएको थियो। येसुको शिक्षा मानिसहरूलाई मन पऱ्‍यो र उहाँ जहाँ गए पनि तिनीहरू उहाँको पछि लागे।

“जब [दियाबलले] झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ किनकि त्यो झूटा हो र झूटको बुबा हो।”—युहन्‍ना ८:४४

प्रश्‍नहरू: दियाबलले येसुलाई कुन तीन प्रलोभनमा पार्न खोज्यो? येसुले दियाबललाई कस्तो जवाफ दिनुभयो?

मत्ति ४:१-११; मर्कुस १:१२, १३; लुका ४:१-१५; व्यवस्था ६:१३, १६; ८:३; याकुब ४:७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने