प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt chap. १५
  • येशूको प्रथम चमत्कार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको प्रथम चमत्कार
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु पहिलो चमत्कार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • कानामा दोस्रो चमत्कार
    येसु—बाटो, सत्य र जीवन
  • कानामा रहँदा दोस्रो चमत्कार
    सबैभन्दा महान्‌ पुरुष
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt chap. १५

अध्याय १५

येशूको प्रथम चमत्कार

अन्द्रियास, पत्रुस, यूहन्‍ना, फिलिप, नथनेल र सायद याकूबसमेत येशूका प्रथम चेलाहरू भएको एक-दुई दिन मात्र भएको छ। तिनीहरू अब गालील जिल्लातर्फ आफ्नो घर जाँदैछन्‌, जहाँका तिनीहरू बासिन्दा थिए। तिनीहरू नथनेलको जन्मस्थल काना भन्‍ने ठाउँमा जान लागेका छन्‌। यो ठाउँ येशू हुर्कनुभएको नासरत नजिकको पहाडमा अवस्थित छ। कानामा एउटा विवाहको भोजमा तिनीहरूलाई निम्त्याइएको छ।

त्यस विवाहमा येशूकी आमा पनि आएकी छिन्‌। विवाह हुनेहरूको पारिवारिक मित्र भएकी हुनाले पाहुनाहरूको खातिरदारी गर्नमा मरियम व्यस्त देखिन्छिन्‌। यसैकारण एक थोकको कमी देखेर झट्ट तिनले येशूलाई खबर गर्छिन्‌: “तिनीहरूसित दाखमद्य छैन।”

यथार्थमा दाखमद्यको अभाव भएकोले येशूले केही गर्नुपऱ्‍यो भनी मरियमले यसप्रकार सुझाव दिंदा येशू पहिले अनिच्छुक हुनुहुन्छ। उहाँ सोध्नुहुन्छ: “ए नारी, तिमीसित मेरो के सरोकार?” परमेश्‍वरद्वारा नियुक्‍त राजा भएकोले उहाँको गतिविधिबारे परिवार अथवा मित्रहरूले उहाँलाई निर्देशन दिनु आवश्‍यक छैन। त्यसकारण मरियमले बुद्धिमानीसाथ त्यस कुरालाई छोराको हातमा छाडिदिन्छिन्‌ र चाकरहरूलाई यति मात्र भन्छिन्‌: “उहाँले तिमीहरूलाई जसो भन्‍नुहुन्छ, त्यसै गर।”

त्यहाँ प्रायः चालीस लिटर अटाउने ढुङ्‌गाका छ वटा घ्याम्पाहरू राखिएका छन्‌। येशूले चाकरहरूलाई निर्देशन दिनुहुन्छ: “घ्याम्पाहरूमा पानी भर।” र चाकरहरूले चुली-चुली भरिदिन्छन्‌। अनि येशू भन्‍नुहुन्छ: “अब अलिकता उघाएर भोजका प्रबन्धककहाँ लैजाओ।”

भोजका प्रबन्धक दाखमद्यको राम्रो गुणस्तर देखेर प्रभावित हुन्छन्‌ तर यो दाखमद्य चमत्कारपूर्वक तयार पारिएको हो भनी तिनलाई थाहै छैन। दुलहालाई बोलाएर तिनी भन्छन्‌: “हरेक मानिसले पहिला असल दाखमद्य टक्राउँछ अनि जब मानिसहरू मात्तिसकेका हुन्छन्‌, तब कमसलचाहिं टक्राउँछ। तर तिमीले त असल दाखमद्य अहिलेसम्म जोगाइराखेका रहेछौ।”

येशूको यो प्रथम चमत्कार हो र यो देखेर नयाँ चेलाहरूको विश्‍वास बलियो हुन्छ। त्यसपछि उहाँ आफ्नी आमा, भाइहरू र चेलाहरूका साथ गालील समुद्र नजिक कफर्नहुम सहरतर्फ यात्रा गर्नुहुन्छ। यूहन्‍ना २:१-१२.

▪ येशूको सेवाको कुन बेलामा कानामा विवाह हुन्छ?

▪ येशूले आफ्नी आमाको सुझावको किन विरोध गर्नुहुन्छ?

▪ येशूले के चमत्कार गर्नुहुन्छ र यसबाट अरूहरूमाथि कस्तो असर पर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने