प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १५ p. ४०-p. ४१ par. ६
  • येसु पहिलो चमत्कार गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु पहिलो चमत्कार गर्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूको प्रथम चमत्कार
    सबैभन्दा महान्‌ पुरुष
  • कानामा दोस्रो चमत्कार
    येसु—बाटो, सत्य र जीवन
  • कानामा रहँदा दोस्रो चमत्कार
    सबैभन्दा महान्‌ पुरुष
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १५ p. ४०-p. ४१ par. ६
कानाको विवाह-भोजमा येसु सेवकहरूलाई घ्याम्पाहरूमा पानी भर्न लगाउनुहुन्छ

अध्याय १५

येसु पहिलो चमत्कार गर्नुहुन्छ

युहन्‍ना २:१-१२

  • कानामा विवाह-भोज

  • येसु पानीलाई दाखमद्यमा परिणत गर्नुहुन्छ

नथनेल येसुको प्रथम चेलामध्ये एक भएको तीन दिन मात्र भएको छ। येसु र उहाँका नयाँ चेलाहरू उत्तरतर्फ भएको आफ्नो गृह जिल्ला गालिलतिर जाँदै हुनुहुन्छ। उहाँहरूको गन्तव्य नथनेलको जन्मस्थल काना भन्‍ने सहर हो। काना येसु हुर्कनुभएको ठाउँ नासरतको उत्तरतिरको डाँडामा अवस्थित छ। उहाँहरूलाई कानामा विवाह-भोजमा निम्त्याइएको छ।

येसुकी आमा पनि विवाह-भोजमा आएकी छिन्‌। विवाह गर्न लागेकाहरूको परिवारको साथी भएकीले तिनी पाहुनाहरूलाई स्वागत-सत्कार गर्नमा व्यस्त देखिन्छिन्‌। त्यसैले तिनी त्यहाँ दाखमद्य सिद्धिनै लागेको कुरा तुरुन्तै याद गर्छिन्‌ र येसुलाई यसो भन्छिन्‌: “तिनीहरूसित दाखमद्य छैन।”—युहन्‍ना २:३.

वास्तवमा दाखमद्य सिद्धिनै लागेकोले मरियम येसुले केही गरिदिनुभएको चाहन्छिन्‌। तर यस्तो उक्‍ति चलाउँदै येसु असहमति जनाउनुहुन्छ: “ए नारी, तिमीलाई र मलाई यसको के सरोकार?” (युहन्‍ना २:४) उहाँ परमेश्‍वरद्वारा नियुक्‍त राजा हुनुभएकोले आफ्नो परिवार वा साथीभाइको निर्देशनअनुसार होइन, स्वर्गमा बस्नुहुने बुबाको निर्देशनअनुसार चल्नुपर्छ। त्यसैले मरियमले यस मामिलालाई बुद्धिमानीसाथ आफ्नो छोराकै हातमा छोडिदिन्छिन्‌ र त्यहाँ सेवा गरिरहेकाहरूलाई यसो मात्र भन्छिन्‌: “उहाँले तिमीहरूलाई जसो भन्‍नुहुन्छ, त्यसै गर।”—युहन्‍ना २:५.

त्यहाँ ढुङ्‌गाका छ वटा घ्याम्पा छन्‌ र प्रत्येक घ्याम्पामा ४० लिटरभन्दा धेरै दाखमद्य अटाउँछ। येसु ती सेवकहरूलाई यसो भन्‍नुहुन्छ: “घ्याम्पाहरूमा पानी भर।” त्यसपछि उहाँ यसो भन्‍नुहुन्छ: “अब अलिकता उघाएर भोजका प्रबन्धककहाँ लैजाओ।”—युहन्‍ना २:७, ८.

दाखमद्यको गुणस्तर देखेर भोजका प्रबन्धकले दुलहाको प्रशंसा गर्छन्‌

दाखमद्य चाखेपछि भोजका प्रबन्धक दङ्‌ग पर्छन्‌ तर त्यो दाखमद्य चमत्कारपूर्ण तरिकामा तयार पारिएको हो भनेर तिनलाई थाह छैन। दुलहालाई बोलाएर तिनी यसो भन्छन्‌: “हरेक मानिसले पहिला असल दाखमद्य टक्राउँछ अनि जब मानिसहरू मात्तिन्छन्‌, तब कमसलचाहिँ टक्राउँछ। तर तिमीले त असल दाखमद्य अहिलेसम्म जोगाइराखेका रहेछौ।”—युहन्‍ना २:१०.

यो येसुले गर्नुभएको पहिलो चमत्कार हो। उहाँका नयाँ चेलाहरूले यो चमत्कार देखेपछि उहाँप्रतिको तिनीहरूको विश्‍वास अझ बलियो हुन्छ। त्यसपछि येसु, उहाँकी आमा र उहाँका भाइहरू गालिल समुद्रको उत्तर-पश्‍चिम किनारामा अवस्थित कफर्नहुम सहरतिर जानुहुन्छ।

  • येसुले सेवाको काम थाल्नुभएको कुन समयतिर उहाँ कानामा विवाह-भोजमा जानुहुन्छ?

  • येसुकी आमाले दाखमद्य सिद्धिनै लागेको कुरा बताउँदा उहाँ कस्तो प्रतिक्रिया देखाउनुहुन्छ?

  • येसु कुन चमत्कार गर्नुहुन्छ र त्यसले अरूलाई कस्तो प्रभाव पार्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने