प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. २३
  • कफर्नहुममा अझ बढी चमत्कारहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कफर्नहुममा अझ बढी चमत्कारहरू
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • याइरसको घर छाडेर फेरि नासरत जानुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • जायरसको घर छाड़ेर, फेरि नासरत तर्फ लाग्नुभएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. २३

अध्याय २३

कफर्नहुममा अझ बढी चमत्कारहरू

येशूले आफ्ना चार जना चेलाहरू—पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नालाई बोलाएपछिको विश्राम-दिनमा उहाँहरू सबै जना कफर्नहुमको स्थानीय सभाघरमा पस्नुहुन्छ। त्यहाँ येशूले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अख्तियार पाएको व्यक्‍तिले जस्तो शिक्षा दिन थाल्नुहुन्छ र मानिसहरू छक्क पर्छन्‌।

यस विश्राम-दिनमा दुष्ट स्वर्गदूतको वशमा परेको एक जना मानिस त्यहाँ उपस्थित छ। केही समयपछि त्यो यसो भन्दै चिच्याउँछ: “ए नासरी येशू, तपाईंको हामीसित के सरोकार? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ।”

त्यस मानिसलाई कब्जामा पार्ने दुष्ट स्वर्गदूत वास्तवमा सैतानका दूतहरूमध्ये एक हो। त्यस दुष्ट स्वर्गदूतलाई हप्काउँदै येशू भन्‍नुहुन्छ: “चूप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज!”

अनि दुष्ट स्वर्गदूतले त्यस मानिसलाई अँठ्याउँछ र ऊ ठूलो सोरले चिच्याउँछ। तर त्यस मानिसलाई कुनै चोट नपुऱ्‍याई त्यो दुष्ट स्वर्गदूत बाहिर निस्केर जान्छ। सबै जना छक्क पर्छन्‌ र यसो भन्दै आपसमा सोधासोध गर्छन्‌: “यो के हो? . . . उहाँले दुष्ट स्वर्गदूतहरूलाई समेत अख्तियार पाएको व्यक्‍तिले जस्तो आदेश दिनुहुन्छ र तिनीहरू उहाँले भनेको मान्दा रहेछन्‌।” यो खबर त्यस क्षेत्रभरि चारैतिर फैलिन्छ।

सभाघरबाट निस्केर येशू आफ्ना चेलाहरूका साथ सिमोन अर्थात्‌ पत्रुसको घरमा जानुहुन्छ। त्यहाँ पत्रुसकी सासू निस्लोट ज्वरोले थला परेकी छन्‌। तिनीहरूले ‘तिनलाई निको पारिदिन’ भनी येशूसँग बिन्ती गर्छन्‌। यसकारण येशू तिनको नजिक आएर तिनको हात समात्नुहुन्छ र तिनलाई जुरुक्क उठाउनुहुन्छ। तिनी तुरुन्तै निको भइहाल्छिन्‌ र तिनीहरूका लागि भोजन बनाउने तरखरमा लाग्छिन्‌!

पछि, घाम अस्ताउन लाग्दा चारैतिरबाट मानिसहरू बिरामीहरू लिएर पत्रुसको घरमा आउन थाल्छन्‌। सारा सहर नै ढोकामा जम्मा भएको हुन्छ! येशूले जस्तोसुकै रोग लागेका तिनीहरूका सबै बिरामीहरूलाई निको पारिदिनुहुन्छ। दुष्ट स्वर्गदूतको वशमा परेकाहरूलाई पनि छुटकारा दिनुहुन्छ। अनि दुष्ट स्वर्गदूतहरू यसो भनेर चिच्याउँदै थुप्रै मानिसबाट निस्कन्थे: “तपाईं परमेश्‍वरको छोरा हुनुहुन्छ।” तर येशूले तिनीहरूलाई हप्काउनुहुन्छ र तिनीहरूलाई बोल्नसमेत दिनु हुन्‍न किनभने उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूलाई थाह छ। मर्कूस १:२१-३४; लूका ४:३१-४१; मत्ती ८:१४-१७.

▪ येशूले आफ्ना चार जना चेलाहरू बोलाएपछिको विश्राम-दिनमा सभाघरमा के हुन्छ?

▪ सभाघरबाट निस्केर येशू कहाँ जानुहुन्छ र त्यहाँ के चमत्कार देखाउनुहुन्छ?

▪ पछि त्यही बेलुकी के हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने